Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नैतिकताको पाठ आफू पनि सिक्ने कि गृहमन्त्रीज्यू ?
नैतिकताको पाठ आफू पनि सिक्ने कि गृहमन्त्रीज्यू ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १२, २०८२

गृहमन्त्री रमेश लेखक यतिबेला आफू कसरी निर्दोष छु भन्ने प्रमाण देखाउनमा तल्लीन् छन् । लेखकले आफूनिकटका सबैलाई आफ्नो पक्षमा बोल्नसमेत बाध्य बनाएका छन् । रोजगारीको सिलसिलामा विदेश हिँडेकाबाट हजारौं असुलेर आफ्नो खल्ती बलियो पार्ने थलो बनेको अध्यागमन विभागलाई गृहमन्त्रीको रजाइँ गर्ने ठाउँका रुपमा हेरिन्छ ।

यही ठाउँका हाकिम गत बुधबार अख्तियारको फन्दामा परे । गृहमन्त्री लेखककै तजविजमा अध्यागमनको हाकिम बनेका तीर्थराज भट्टराईले पक्राउ परेसँगै गृहमन्त्रीलाई पनि असुल गरेको रकम बुझाउनुपर्ने बयान दिइसकेका छन् । यस्तो अवस्थामा गृहमन्त्री लेखक भने मन्त्रालयमा हजारौं कर्मचारी हुने र एकजना पक्राउ पर्दैमा आफूले राजीनामा दिनुनपर्ने दाबी गर्दै आएका छन् ।

कानुनका जानकार लेखक यसअघि गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नैतिकताको पाठ सिकाउँथे । तर अहिले आफू भने कुनै पनि हालतमा पद नछाड्ने मुडमा देखिन्छन् । लेखक अहिले कांग्रेस सभापति शेरबहादुर देउवाका दाहिने हुन् । हुन त कांग्रेस सरकारमा प्रकाशमान सिंहको नेतृत्वमा सहभागी छ । तर देउवाले उनैलाई सम्पूर्ण जिम्मेवारी छाडेका छन् सरकारको । 

Hardik health

यस्तो अवस्थामा लेखक बलिया देखिन्छन् । त्यसैले आफू निर्दोष छु भन्दै बच्न खोजिरहेका छन् । तर विमानस्थलमा केही कमाउन हिँडेका नागरिकलाई यसरी दैनिक लुटिँदा गृहमन्त्रीले के हेरिरहेका थिए ? विमानस्थलमा मात्र हैन हरेक दिन विभिन्न बाहनामा नागरिक लुटिएका छन् । यस्तो अवस्थामा गृहमन्त्री लेखक के हेरिरहेका थिए ? गत असोजमा काठमाडौं, काभ्रे क्षेत्रमा बाढी आउँदा पनि गृहमन्त्री लेखकको अक्षमता प्रस्ट भइसकेको थियो । 

तर शक्तिमा पुगेका व्यक्तिलाई धेरैले पूजा गर्न थाले । वाहवाही पाउँदा गृहमन्त्री उन्मुक्त हुँदै गए । अहिले आफैंले पठाएको हाकिमले लाखौं कुम्ल्याउने खुलेपछि रातारात गृहमा तान्न मन्त्री लेखक आफैं लागेका थिए । तर उनको त्यो चाला थाहा पाएर अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिइहाल्यो । यस्ता खालका तिकडम रचेर बच्न खोज्ने अनि अरुलाई नैतिकताको पाठ कहिलेसम्म सिकाइरहने गृहमन्त्रीज्यू ? प्रश्न उठेपछि आफूलाई स्वतन्त्र रुपमा अनुसन्धान अघि बढाउन मार्गप्रशस्त गराउनु बुद्धिमान कि पदमा टाँसिइरहनु बुद्धिमान ? दुईतिहाइको दम्भ देखाएर पद नछाड्ने अड्डी कसे यो भोलिका लागि भारी पर्न सक्छ । त्यसैले गृहमन्त्रीज्यू, आफूले सिकाएको पाठ आफैंमा पनि लागू गर्ने कि ?
 


प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP