Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #वरिष्ठ बलराम
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
  • #कार्तिक_नाच
Search Here
माैसम
  • Home
  • माैसम
  • सरदरभन्दा बढी वर्षा हुने, अधिकतम र न्यूनतम तापक्रम पनि बढ्ने 
आगामी मनसुनको आकलन  सरदरभन्दा बढी वर्षा हुने, अधिकतम र न्यूनतम तापक्रम पनि बढ्ने 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ८, २०८२
  • वर्षासँगै अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ६५ प्रतिशतसम्म
  • विपद् जोखिम बढ्नसक्ने भन्दै पूर्वतयारीमा जुट्न सरकारलाई विज्ञहरुको सुझाव

काठमाडौं– आगामी मनसुनमा देशभर तापक्रम बढ्ने तथा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार आगामी मनसुनको हावापानी आकलन सार्वजनिक गर्दै यस्तो बताएको हो ।

विभागले यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागका महानिर्देशक कमलराम जोशीले बताए । 

‘यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश ‘भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ,’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।’

त्यसैगरी मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको उनले बताए । देशका बाँकी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको महानिर्देशक जोशीले बताए ।

Hardik health

अधिकतम तापक्रम पनि उच्च हुने
उक्त अवधिमा अधिकतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भू–भाग, कर्णाली प्रदेशको उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग, गण्डकी प्रदेशको पश्चिमी भू–भाग, मधेस प्रदेशको पश्चिमी भू–भाग र बागमती प्रदेशको मध्य भू–भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको विभागका महानिर्देशक जोशीले बताए ।

‘मधेस प्रदेशको पूर्वी भू–भाग र गण्डकी प्रदेशको मध्य भू–भागमा सरदरभन्दा बढी रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ र देशका बाँकी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ,’ उनले भने ।

न्यूनतम तापक्रम पनि बढ्ने आकलन
विभागले न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको जनाएको छ । ‘कर्णाली र बागमती प्रदेशका अधिकांश भू–भाग, लुम्बिनी प्रदेशको मध्य भू–भाग, मधेस प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशको तराई भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिण–पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग र कोशी प्रदेशको उत्तरी भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।’

विभागका अनुसार यस आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपहरूको आकलन र दक्षिण एसियाली जलवायु मौसमी दृष्टिकोण मञ्च आकलनको आधारमा तयार गरेको हो । विभागले सार्वजनिक गरेको उक्त प्रक्षेपणप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सरदरभन्दा बढी वर्षा हुने तथा अधिकतम तथा न्यूनतम ताक्रमसमेत बढी हुने प्रक्षेपणले मुलुकमा विपद् जोखिम उच्च हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन व्यवस्थापनको पूर्वतयारीमा ध्यान दिन सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् ।  

बाढीको पूर्वसूचना प्रणाली विकासका लागि समझदारी 
जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)बीच जलविद्युत् आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्नेसम्बन्धी एक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । बुधबार राष्ट्रिय मनसुन दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ऊर्जामन्त्री दीपक खड्का, मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडीको उपस्थितिमा विभागका तर्फबाट महानिर्देशक कमलराम जोशी र इप्पानकातर्फबाट अध्यक्ष गणेश कार्कीले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको मौसम विज्ञान विभाग र निजी क्षेत्रका ६०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीको छाता संस्था इप्पानबीच भएको यो समझदारीले जलविद्युत् आयोजनामा हुने बाढीपहिरोको क्षति रोक्न महŒवपूर्ण भूमिका खेल्ने विभागका महानिर्देशक कमलराम जोशीले बताए । उनले निजी क्षेत्रबाट प्रवद्र्धित जलविद्युत् आयोजनामा जडान गरिएका र आगामी दिनमा जडान हुने बाढीपहिरोको पूर्वसूचना प्रणालीलाई जल तथा मौसम विज्ञान विभागको नेटवर्कसँग आबद्ध गर्दै विद्युत् आयोजना स्थलमा वर्षा, बाढी र पहिरोको जोखिमको सूचना समयमै प्रवाह गरी सुरक्षा सतर्कता अपनाउने र मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले इप्पान र विभागबीच यो सम्झौता भएको बताए । 

इप्पानका अध्यक्ष गणेश कार्कीले यस सम्झौतापछि जलविद्युत् आयोजनामा विगतको जस्तो बाढीपहिरोको असरले ठूलो भौतिक तथा मानवीय क्षति हुन नपाउने विश्वास व्यक्त गरे । उनले गत वर्ष काठमाडौंमा आएको बाढीले २८ किलोमिटर पर रहेको एउटा जलविद्युत् आयोजनासमेत बचाउन नसकिएको बताउँदै बाढीपहिरोपछि बिमा दाबी भुक्तानीका सन्दर्भमा पनि अर्को समस्या रहिरहेको बताए ।
 


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
थप माैसम
देशमा पश्चिमी वायूको र न्यून चापीय प्रणालीको प्रभाव : मौसम पूर्वानुमान महाशाखा
देशमा पश्चिमी वायूको र न्यून चापीय प्रणालीको प्रभाव : मौसम पूर्वानुमान महाशाखा सोमबार, कात्तिक १०, २०८२
मंगलबारसम्म धेरै ठाउँको मौसम घमाइलो,बुधबारदेखि पूर्वी नेपालमा वर्षाको सम्भावना
मंगलबारसम्म धेरै ठाउँको मौसम घमाइलो,बुधबारदेखि पूर्वी नेपालमा वर्षाको सम्भावना शुक्रबार, कात्तिक ७, २०८२
देशभर मौसम सफा रहने
देशभर मौसम सफा रहने शुक्रबार, असोज ३१, २०८२
आज कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा
आज कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा सोमबार, असोज २७, २०८२
उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन: जल तथा मौसम विज्ञान विभाग
उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन: जल तथा मौसम विज्ञान विभाग आइतबार, असोज २६, २०८२
मनसुन क्रमशः कमजोर हुँदै
मनसुन क्रमशः कमजोर हुँदै बिहीबार, असोज २३, २०८२
मनसुन क्रमशः कमजोर हुँदै
मनसुन क्रमशः कमजोर हुँदै बुधबार, असोज २२, २०८२
लोकप्रिय
  • Week
  • Month
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP