Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • कांग्रेस नेता पौडेल बने गभर्नर
कांग्रेस नेता पौडेल बने गभर्नर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ७, २०८२
  • अघिल्लो गभर्नर महाप्रसाद अधिकारीमाथि एमाले कार्यकर्ता भएको भन्दै घोचपेच गर्ने कांग्रेस यसपटक हाकाहाकी आफ्नो नेतालाई गभर्नर बनाउन सफल
  • पार्टीको नेता गभर्नर बनाएको आरोप खेपेका प्रधानमन्त्री केपी शर्मा ओली डा. विश्व पौडेललाई गभर्नर दिएर कांग्रेस पनि ‘कम्तीको छैन’ भनेर देखाउन सफल

काठमाडौं– सरकारले लामो रस्साकस्सीपछि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।राष्ट्र बैंकको १८औं गभर्नर बनेका पौडेल नेपाली कांग्रेसका नेता हुन् । जसकारण उनको नियुक्तिको विषयमा प्रश्न उठेको छ । वित्तीय क्षेत्रको नेतृत्व गर्ने संस्थामा राजनीतिक व्यक्तिलाई नियुक्त गरेपछि सरकारको आलोचनासमेत सुरु भएको छ ।

यद्यपि, उनको नियुक्ति रोक्न भन्दै पुगेको रिटलाई सर्वोच्च अदलातले मंगलबार नै दरपीठ गरिदिएको थियो ।सत्ता साझेदार दल नेपाली कांग्रेसको दबाबमा पौडेल गभर्नर नियुक्त भएका हुन् । गभर्नर नियुक्ति लामो समय गिजोलिएपछि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर दबाब दिएका थिए । यद्यपि, देउवा र ओलीबीच पौडेललाई गभर्नर बनाउने सहमति जुटेको सार्वजनिक गरियो ।

त्यसलगत्तै बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेल, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले एक नम्बरमा रहेका पौडेलको नाम अनुमोदन गरेको हो । ‘उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बनेको तीन सदस्यीय समितिको सिफारिसमा तीन जना व्यक्तिहरु डा. विश्वनाथ पौडेल, नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईमध्ये मन्त्रिपरिषद् बैठकले डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ,’ सञ्चारमन्त्रीसमेत रहेका प्रवक्ता गुरुङले बताए ।

सत्तामा रहेको दुई ठूला दल कांग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिको विषयमा रस्साकस्सी चलेको थियो । जसकारण बहालवाला गभर्नरको कार्यकाल सकिन एक महिनाअघि नै नयाँ नियुक्त गर्नुपर्नेमा डेढ महिना बित्दासम्म नियुक्त हुन सकेन । गभर्नर नियुक्तिकै विषयले सत्ता गठबन्धन टुट्ने संकेत देखिएपछि अन्ततः प्रधानमन्त्री ओली कांग्रेसले भनेकै उम्मेदवारलाई गभर्नर बनाउन तयार भएका हुन् । ओलीले भने कामु गभर्नर नीलमलाई गभर्नर बनाउन चाहेका थिए ।

Hardik health

चैत ११ गतेको मन्त्रिपरिषद्ले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिति गठन गरेको थियो । उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल (जो शुक्रबार आफैं गभर्नर बने) थिए । गभर्नर नियुक्तिमा दुई दलको रस्साकस्सीले छनोट समितिको बैठक भने जेठ ६ मा मात्र बस्यो ।

गभर्नरमा नयाँ–नयाँ उम्मेदवारको नाम ट्रायलमा आइरहेपछि पूर्वगभर्नर विजयनाथले यो समिति वैशाख ९ गते नै छाडे । छनोट समितिको सदस्यमा मन्त्रिपरिषद्ले वैशाख १८ गते पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय ग¥यो । यो बेलासम्म गुणाकर भट्ट गभर्नर बन्ने बताइएको थियो । गभर्नर बन्नकै लागि उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए । तर उनको राजीनामा राष्ट्र बैंकले स्वीकृत गरिदिएन । कार्यवाहक गभर्नरको जिम्मेवारी सम्हालेकी नीलमले उनको राजीनामा रोकेकी थिइन् । जसमा प्रधानमन्त्री ओलीले साथ दिएको बताइन्छ । 

सबैभन्दा पहिले गभर्नर बन्ने भन्दै ज्ञानेन्द्र ढुंगानाको नाम चर्चामा आएको थियो । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)बाट चैत १२ गते राजीनामा दिएका उनलाई कांग्रेसको आधिकारिक उम्मेदवार भनियो । त्यतिबेला उनको नाम गभर्नरमा लगभग पक्कापक्कीजस्तै भएको बताइन्थ्यो ।त्यसपछि रवीन्द्र पाण्डे र पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको नाम गभर्नर बन्ने भन्दै चर्चामा आयो ।

सरकारले उनीहरुलाई गभर्नरमा ल्याउन उमेर हद नै हटाइदियो । तर ६५ वर्षे उमेर हद हटाइएको मापदण्ड तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश दिएसँगै गभर्नरको दौडमा रहेका पाण्डे र क्षेत्री आउट भए । गभर्नरको मापदण्डमा ३० वर्ष र कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।यहीबीच अहिलेकी कायममुकायम गभर्नर निलमको नाम पनि गभर्नर बन्ने चर्चा भयो । यद्यपि उनी एमालेनिकट भन्दै कांग्रेसले आफ्नै निकटकालाई उक्त पदमा ल्याउने कोसिस जारी राख्यो । कांग्रेसले आफ्नो आधिकारिक उम्मेदवार बनायो गुणाकरलाई ।

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा रहेका उनले पदबाट राजीनामा दिए पनि । तर उनको राजीनामा होल्डमा राखियो । देशको अर्थतन्त्रलाई ट्र्याकमा राख्ने मुख्य निकायको प्रमुख ल्याउन सरकारलाई हम्मे परेपछि यसबारे कांग्रेसमा चर्कै असन्तुष्टि छायो । कांग्रेस संस्थापनइतरले सभापति देउवालाई छास्न थाले । देउवाको चर्को आलोचना हुन थाल्यो । गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई फनफनी घुमाएको आरोप उनीमाथि लागेको थियो ।

त्यसपछि वैशाख २३ गते ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा देउवाले भने– ‘ओलीजीका कारण गभर्नर नियुक्ति ढिलाइ भएको हैन । उहाँले त कांग्रेसलाई दिन्छु भनिसक्नुभएको छ ।’ यसपछि धेरैले अनुमान गरे– गुणाकर नै अबको गभर्नर बन्ने छन् । तर बिचौलियाहरुको एक समूहले उनलाई कांग्रेसले मन पराए पनि एमालेका नेताहरुले मन नपराउने भन्दै ट्रायल चलाए । त्यसपछि भने गुणाकरको ठाउँमा डा. पौडेलको नाम आयो ।

एकैदिन तीन बैठक, एकै दिन अनुमोदन
डा. पौडेललाई दलको ट्याग लागेको भन्दै प्रधानमन्त्री ओलीले आनाकानी गरेपछि सोमबारको मन्त्रिपरिषद्समेत स्थगित भयो । कांग्रेस सभापति देउवालाई यस विषयमा छलफल गर्न ओलीले बालुवाटार डाकेका थिए । तर देउवा बालुवाटार गएनन् । सत्तारुढ दलबीच गभर्नरकै विषयमा तिक्तता बढेपछि अन्ततः ओली देउवाकै उम्मेदवार पौडेललाई स्वीकार्न बाध्य भए । 

त्यसपछि दुई शीर्ष नेताबीच मंगलबार बिहान भेटवार्ता भयो । लगत्तै गभर्नर छनोट समितिको बैठक बस्यो र पौडेलको नाम सिफारिस भएसँगै साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकियो । सोही मन्त्रिपरिषद्ले गभर्नरको नाम डा. पौडेल फाइनल गरेको खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । यसअघि कांग्रेस नेताहरुले आफ्नो दलले गभर्नर पाउनुपर्ने भन्दै विभिन्न भाषणबाजी गरेका थिए ।

यसअघि कांग्रेसका नेताहरुले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई अर्थ विभागको सदस्य राखेको भन्दै आरोप लगाउँदै आएका थिए । २०७९ असार २९ गते मौद्रिक नीतिबारे व्यंग्य कस्दै भनेका थिए, ‘मैले गरेको यी सबै अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागको सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नुभएमा क्षमा चाहन्छु ।’

‘राष्ट्र बैंकजस्तो गरिमामय संस्थामा जुन नेतृत्वको ऐतिहासिक भुल गरिँदै छ, विगतमा दलीयकरणको बाछिटा राष्ट्र बैंकमा परेको थियो । अर्थ मन्त्रालय र राष्ट्र बैंकको द्वन्द्व सतहमै आएको थियो,’ चितवन–१ बाट निर्वाचित सांसद हरि ढकालले केही दिनअघि संसद्मा भनेका थिए, ‘दलबाट नै हाम्रा दलको तर्फबाट जुन अभ्यास भयो । त्यो एकदमै निन्दनीय छ ।’ यसअघि कांग्रेसबाट अर्थमन्त्री बनेका डा. प्रकाशशरण महत र गभर्नर अधिकारीबीच द्वन्द्व हुँदा अर्थतन्त्रमा समस्या निम्तिएको थियो । 


को हुन् विश्व पौडेल ?
चितवन–१ बाट २०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार बनेका डा. विश्व पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका थिए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल काठमाडौं विश्वविद्यालयका प्राध्यापकसमेत हुन् । उनले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट विद्यावारिधि गरेका छन् । विश्व बैंकमा अल्पकालीन परामर्शदाता र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) मा आर्थिक सल्लाहकारको भूमिकामासमेत पौडेलले काम गरेका थिए । 

राष्ट्र बैंकमा राजनीतिक दलका नेता कार्यकर्ता गभर्नर बन्न पाउँदैनन् । तर, कांग्रेसबाट चुनाव लडेका कारण उनको विरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो । तर सर्वोच्च अदालतले उक्त मुद्दा दर्ता गर्न मानेन । न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ कायम हुने आदेश मंगलबार सुनाएसँगै पौडेल गभर्नर बन्ने बाटो खुलेको हो । जेठ ५ गते अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालत प्रशासनको दरपीठ खारेजको माग गर्दै निवेदन दिएका थिए । नवनियुक्त गभर्नर पौडेलले आफ्नो पहिलो प्राथमिकता बलियो सुपरीवेक्षण हुने बताएका छन् । 

गभर्नर नियुक्ति टाइमलाइन
चैत ११ – अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलसहितको तीन सदस्यीय गभर्नर सिफारिस समिति गठन ।
चैत २४ – निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको अवकाश ।
वैशाख ९ – सिफारिस समितिको सदस्यबाट विजयनाथ भट्टराईको राजीनामा ।
वैशाख १८ – विजयनाथको ठाउँमा पूर्वगभर्नर महाप्रसाद अधिकारी सदस्य नियुक्त ।
वैशाख २८ – छनोट समितिको सदस्यबाट डा. विश्व पौडेलको राजीनामा ।
जेठ १ – गभर्नर छनोट समिति पुनर्गठन, विश्वको ठाउँमा पोषराज पाण्डे नियुक्त ।
जेठ ६ – डा. विश्व पौडेल गभर्नर नियुक्त ।
 


प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०९:४४
#गभर्नर #विश्व_पौडेल
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीयवासीद्वारा मध्यपहाडी सडक अन्तर्गत छहरे खण्ड अवरुद्ध
स्थानीयवासीद्वारा मध्यपहाडी सडक अन्तर्गत छहरे खण्ड अवरुद्ध शुक्रबार, कात्तिक २१, २०८२
राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छः अर्थमन्त्री खनाल
राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छः अर्थमन्त्री खनाल शुक्रबार, कात्तिक २१, २०८२
सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह
सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह शुक्रबार, कात्तिक २१, २०८२
बुझायो त्रिवेणी सिन्थेटिकले बिजुलीको बक्यौता
बुझायो त्रिवेणी सिन्थेटिकले बिजुलीको बक्यौता शुक्रबार, कात्तिक २१, २०८२
धान बेच्न चार दिन, किसान रातभर लाइनमा
धान बेच्न चार दिन, किसान रातभर लाइनमा शुक्रबार, कात्तिक २१, २०८२
वीरगञ्ज नाकाबाट निर्यात बढ्यो
वीरगञ्ज नाकाबाट निर्यात बढ्यो शुक्रबार, कात्तिक २१, २०८२
कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली
कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP