Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बधाइ नेपाली महिला क्रिकेट टोलीलाई 
बधाइ नेपाली महिला क्रिकेट टोलीलाई 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ६, २०८२

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला क्रिकेट टोलीले सोमबार इतिहास रचेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले हराउँदै आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटका लागि ठाउँ सुरक्षित गर्दै इतिहास रचेको हो ।

एसिया छनोटअन्तर्गत सुपर–३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । नेपाल यसरी ग्लोबल छनोटमा पुगेको पहिलोपटक हो । अब नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्ने छ । ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुने छन् । उक्त प्रतियोगितामा शीर्ष चार स्थानबनाउने टोलीले सन् २०२६ मा इंग्ल्याण्डमा हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने छन् ।

अब नेपालले सुपर–३ को अन्तिम खेल मंगलबार थाइल्याण्डसँग खेल्ने छ । उक्त खेल जिते नेपाल एसिया छनोटको विजेता बन्ने छ ।
नेपाली महिला क्रिकेटले व्यावसायिक खेल सुरु गरेको धेरै भएको छैन । सन् २००७ बाट अहिलेसम्म पुरुष टोलीले वाहवाही कमाइसकेको छ । यसअघि महिला यु–१९ टोलीले विश्वकप खेलिसकेको छ । तर महिला सिनियर टोली भने एसिया छनोटमै सीमित थियो । सन् २०१६ देखि विश्वकप छनोटमा भिड्न थालेको नेपाल उक्त वर्ष थाइल्याण्डसँग पराजित भएसँगै ग्लोबल छनोटमा पर्न सकेन ।

Hardik health

सन् २०१७ को एसिया छनोटमा तेस्रो हुँदा विश्वकप यात्रामा ‘ब्रेक’ लागेको थियो । सन् २०१९ मा थाइल्याण्ड तथा सन् २०२१ मा हङकङ र युएईसँग पराजित हुँदा ग्लोबल छनोटमा पर्न सकेन । सन् २०२३ को एसिया छनोटअन्तर्गत सेमिफाइनलमा थाइल्याण्डसँगै पराजित हुँदा ग्लोबल छनोटको यात्रा तय गर्न सकेको थिएन । यसपटक भने नेपाली महिला क्रिकेट टोलीले अथक मिहेनत गरेको देखिन्छ ।

नेपालमा खेल क्षेत्रमा लागेर के हुन्छ ? भन्ने एक किसिमको भाष्य निर्माण भइरहेको छ । देशको आर्थिक अवस्था निरन्तर ओरालो लागिरहँदा खेल क्षेत्र पनि यसबाट अछुतो छैन । खेलाडीहरु विदेश पलायन हुने क्रम उस्तै छ । सरकारले रोजगारीको बन्दोबस्ती गर्न नसक्दा र खेल क्षेत्रलाई चलयमान बनाउन नसक्दा यस्ता निराशा सिर्जना भएका हुन् । यस्तो अवस्थामा पनि महिला क्रिकेट टोलीले उज्यालो यात्रा तय गरेको छ । यो लामो समयदेखिको  प्रतीक्षा थियो । विश्वकप खेल्ने नेपालको सपना थियो । पक्कै पनि मिहेनत गरे सफल भइन्छ, यो यसपटक देखिएको छ । नेपाली महिला क्रिकेट टोलीलाई हार्दिक बधाइ तथा आगामी यात्राका लागि शुभकामना ।
 


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP