Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
विश्व
  • Home
  • विश्व
  • जो बाइडनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि
जो बाइडनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ५, २०८२

एजेन्सी- मेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक’ रुप देखिएको छ । यसको प्रभाव उहाँको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । शुक्रबार सङ्क्रमण पुष्टि भएपछि बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बाइडेनको समस्याबारे जानकारी गराएको थियो ।

विज्ञप्तिमा भनिएको छ, “८२ वर्षीय डेमोक्र्याट नेता बाइडेनका छोरा बो बाइडेनको क्यान्सरका कारण मृत्यु भएको थियो । पूर्व राष्ट्रपति बाइडेनलाई पिसाबमा प्रोस्टेट नोड्यूल (क्यान्सरको एक लक्षण) देखिएपछि सङ्क्रमण पुष्टि गरिएको हो । “पिसाबमा प्रोस्टेट नोड्यूल देखा पर्नु यो रोगको अधिक आक्रामक रूप हो । यसबाट क्यान्सर हार्मोन–संवेदनशील देखिन्छ र यसको प्रभावकारी उपचारको आवश्यक पर्छ ।

राष्ट्रपति र उनका परिवारले आफ्ना चिकित्सकहरूसँग उपचारको विकल्पहरूको समीक्षा गरिरहेका छन्। लामो समयदेखि राजनीतिक प्रतिद्वन्द्वी बाइडेनको संज्ञानात्मक क्षमताबारे आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचारले आफूलाई ‘दुःखी’ बनाएको बताएको छ । “हामी जोको शीघ्र र सफल स्वास्थ्य लाभको कामना गर्दछौँ र उहाँकी पत्नी जिल र परिवारका अन्य सदस्यप्रति विशेष सहानुभूति व्यक्त गर्दछौँ,” ट्रम्पले ट्रुथ सोसलमा बाइडेनकी पत्नी जिल बाइडेनलाई सम्बोधन गर्दै भनेका छन् ।

Hardik health

“जो एक लडाकु हुन्,” बाइडेनकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडेनले क्यान्सरको सहजै सामना गर्नुहुनेछ भन्ने सुभेक्षा प्रकट गर्नुभएको छ । ह्यारिसले गत वर्षको राष्ट्रपतीय चुनावबाट बाइडेनले नाम फिर्ता लिएपछि ट्रम्पविरुद्धको लडाइँमा राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवारका रुपमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। “मलाई थाहा छ, उहाँले यस चुनौतीको सामना उही शक्ति, लचिलोपन र आशावादका साथ गर्नुहुनेछ जसले सधैँ उहाँको जीवन र नेतृत्वलाई परिभाषित गरेको छ। हामी पूर्ण र शीघ्र स्वास्थ्यलाभको लागि कामना गर्दछौँ,” उनले भने । अमेरिकी क्यान्सर सोसाइटीका अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा क्यान्सरको सबैभन्दा सामान्य रूप हो र यो संयुक्त राज्य अमेरिकामा आठ मध्ये एक पुरुषले आफ्नो जीवनकालमा सामना गर्ने गरेका छन् ।

यो रोगको प्रारम्भिक पहिचान भएमा उपचार गर्न सकिने भए तापनि पुरुषमा हुने क्यान्सर र मृत्युको दोस्रो प्रमुख कारण भएको समाजले जनाएको छ । हर्मोन थेरापी एक सामान्य उपचार हो जसले ट्यूमरलाई सङ्कुचित गर्न सक्छ र क्यान्सरको वृद्धिलाई ढिलो गर्छ तर यो समस्या (रोग) पूर्णरूपमा निको पार्ने विधि होइन। विज्ञप्तिमा बाइडेनको क्यान्सरमा ‘९ (ग्रेड समूह ५) को ग्लेसन स्कोर’ रहेको पाइएको छ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार ‘धेरै असामान्य’ देखिने प्रोस्टेट क्यान्सरको उच्चतम खतराको दरलाई पाँचौँ ग्रेडमा राखिएको छ । बाइडनको रोगको गम्भीरतालाई सङ्केत गर्ने ‘ग्लेसन स्कोर’ १० सम्म पुग्छ ।


प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP