Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • साउदीमा कामविहीन नेपालीहरुलाई न्याय दिलाऊ
साउदीमा कामविहीन नेपालीहरुलाई न्याय दिलाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ४, २०८२

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको प्रमुख रोजगार गन्तव्य खाडीका राष्ट्रहरु हुन् । जसमध्ये साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार प्रमुख हुन् । यी मुलुकमा लाखौं संख्यामा नेपालीहरु कार्यरत छन् । खाडी मुलुकमा जाने नेपालीहरु विभिन्न समस्यामा पर्दै आएका छन् । त्यहाँको अत्यधिक गर्मी मौसम त्यतिकै पनि प्रतिकूल छ, नेपालीहरुका लागि । सोही कारण विभिन्न स्वास्थ्य समस्या भोग्न बाध्य छन् । अर्कोतर्फ कहिले तोकिएको सेवा सुविधा नपाउने, समयमा तलब नपाउने, कम्पनी परिवर्तन गर्न नपाउने, कम्पनी टाट पल्टिनेलगायतका समस्या नेपालीहरुले भोग्दै आइरहेका छन् । यस्तो समस्यामा परेका घटना नियमितजसो आइरहेका हुन्छन् । पछिल्लो समय साउदी अरेबियामा एक कम्पनी टाट पल्टिने अवस्थामा पुगेपछि त्यहाँ कार्यरत सयौं नेपालीहरु कामविहीन बनेको खबर बाहिर आएको छ । 

साउदीस्थित नेपाली राजदूतावासले त्यहाँको जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनी टाट पल्टिने अवस्थामा पुगी ४६९ नेपाली नागरिक कामविहीन भएका जानकारी दिएको छ । उनीहरुमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन दूतावाससँग अनुरोध गरेका थिए । कामदारको अनुरोधपछि दूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ ।

नेपाल फर्कन चाहनेको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजातसमेत पठाइसकिएको नेपाली दूतावासले जनाएको छ । साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकलाई र विशेषगरी सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरतलाई यथाशक्य बहिर्गमन भिसा जारी गरिदिन अनुरोध गर्दै आवश्यक पहल गरिसकिएको दूतावासले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

Hardik health

नेपाल फर्कन चाहनेको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानुनी आधार पूरा गरी फर्काउने तथा साउदी अरबका अन्य कम्पनीमा स्थानान्तरण भई रोजगार गर्न चाहनेका लागि आवश्यक प्रक्रियालाई सहजीकरण गर्न साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता तथा छलफल सकारात्मक रूपमा अगाडि बढेको दूतावासको भनाइ छ । समस्यामा परेका नेपाली नागरिकलाई धैर्यताका साथ रहन तथा खाना, आवास र स्वास्थ्यसम्बन्धी समस्या परेमा दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

समस्यामा परेका कामदारहरुलाई नेपाल फर्काउन तथा उनीहरुले पाउनुपर्ने बाँकी तलब भत्ता दिलाउन दूतावासले थालेको पहल स्वागतयोग्य छ । नेपाली कामदारहरुलाई न्याय दिलाउन दूतावासको पहल प्रभावकारी बनाउन जरुरी छ । नेपाल फर्कन चाहनेलाई नेपाल फर्काउन तथा त्यहीँ अन्य रोजगारदाता कम्पनीसँग आबद्ध हुन चाहनेलाई त्यसका लागि सहजीकरण गर्ने कार्य प्रभावकारी बनाउनुपर्छ । साथै, पटक–पटक दोहारिरहने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि सरकारको तहबाटै पहल गर्न आवश्यक छ ।
 


प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आवेशमा होइन, संयमतापूर्वक अघि बढौं
आवेशमा होइन, संयमतापूर्वक अघि बढौं बुधबार, असोज २२, २०८२
संविधानप्रति प्रतिबद्ध प्रधानमन्त्री
संविधानप्रति प्रतिबद्ध प्रधानमन्त्री शुक्रबार, असोज १०, २०८२
चाडपर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाऊ
चाडपर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाऊ बिहीबार, असोज ९, २०८२
दमनकारी नेतृत्व र सुरक्षा प्रमुखहरुलाई उन्मुक्ति नदेऊ
दमनकारी नेतृत्व र सुरक्षा प्रमुखहरुलाई उन्मुक्ति नदेऊ बुधबार, असोज ८, २०८२
लोकप्रियताको लागि जथाभावी निर्णय नहोस्
लोकप्रियताको लागि जथाभावी निर्णय नहोस् मंगलबार, असोज ७, २०८२
सडक सुरक्षामा सरकारको ध्यान पुगोस्
सडक सुरक्षामा सरकारको ध्यान पुगोस् सोमबार, असोज ६, २०८२
जेन–जी आन्दोलनको ‘म्याण्डेट’मा केन्द्रित होऊ
जेन–जी आन्दोलनको ‘म्याण्डेट’मा केन्द्रित होऊ आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP