Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कन्सल्टेन्सीको बदमासी, मारमा विद्यार्थी
कन्सल्टेन्सीको बदमासी, मारमा विद्यार्थी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १, २०८२

पछिल्लो वर्षहरुमा मुलुकबाट अध्ययनका लागि बाहिरिने विद्यार्थीको संख्या बढ्दो छ । यसरी विदेसिनेहरुको प्रमुख गन्तव्य युरोप, अमेरिका, जापानलगायत देश बन्दै आएका छन् । दक्षिण कोरियामा पनि नेपालीहरु अध्ययनका लागि जाने गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाका अनुसार सन् २०२३÷२४ मा छ हजार ८८९ जनाले कोरिया अध्ययनका लागि अनुमति लिएको देखिन्छ ।

दक्षिण कोरिया रोजगारीको आकर्षक गन्तव्य हो, जहाँ नेपाल सरकार आफैंले इपिएस प्रणालीमार्फत कामदार पठाउँदै आएको छ । रोजगारीका लागि जाने एउटै माध्यम इपिएस नै हो । तर, पछिल्लो समय अध्ययनको नाममा गएकाहरुसमेत रोजगारीमा केन्द्रित हुन थालेको पाइएको छ । यही कारण सरकारले कोरियाका लागि एनओसी दिने कार्य स्थगित गरेको छ । शिक्षा मन्त्रालयले मंगलबार सूचना जारी गर्दै हाललाई दक्षिण कोरियाका लागि एनओसी स्थगित गरिएको जानकारी दिएको हो । अध्ययनका लागि जानेहरु काममा बढी केन्द्रित भएको मन्त्रालयको भनाइ छ । 

मन्त्रालयका अनुसार ‘डी–टु’ र ‘डी–फोर’ भिसामा अध्ययन गर्न जानेहरु (विशेषगरी ग्र्याजुएट कोर्स अध्ययनमा) सुरुआतदेखि नै रोजगारीलाई बढी प्राथमिकतामा राख्दा अध्ययनमा निरन्तरता नदिने, अध्ययनको समय थोरै दिए पुग्ने विश्वविद्यालयमा भर्ना हुनेजस्ता प्रवृत्तिहरु देखिन थालेकोले एनओसी बन्द गर्नुपरेको हो । पैसा कमाउने कामलाई बढी महŒव दिँदा अध्ययनमा समय दिन नसक्ने र काम नपाएको खण्डमा डिप्रेसनजस्ता मानसिक समस्यामा पर्ने गरेको भेटिएको मन्त्रालयले उल्लेख गरेको छ । साथै, नेपाली विद्यार्थीहरुलाई कालो सूचीमा परेका विश्वविद्यालयमासमेत पठाएको पाइएकाले कोरिया अध्ययनको व्यवस्थालाई व्यवस्थित एवं नियमन गर्नुपर्ने देखिएको मन्त्रालयले उल्लेख गरेको छ । 

Hardik health

मन्त्रालयले एनओसी स्थगित गर्दा कोरिया अध्ययनका लागि जाने तयारीमा जानेहरु प्रभावित बनेका छन् । उसो त यसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुको बद्मासी रहेकोसमेत बाहिर आएको छ । अध्ययनसँगै रोजगारीको प्रलोभन देखाउँदै मोटो रकम असुलेर विद्यार्थी पठाउने धन्दा कन्सल्टेन्सीहरुले चलाउँदै आएको कुरा लुकेको छैन । सरकारले एनओसी बन्द गरेकै दिन कन्सल्टेन्सी सञ्चालकहरु शिक्षामन्त्री दबाब दिन मन्त्रालय पुगे । यसले पनि उनीहरुको छटपटी प्रस्ट हुन्छ । दक्षिण कोरियास्थित नेपाली दूतावासले कन्सल्टेन्सीहरुको बदमासी उल्लेख गर्दै गरेको पत्राचारकै आधारमा एनओसी बन्द गरिएको बुझिन्छ । 

यो विषयमा सरकारले छिटोभन्दा छिटो वास्तविकता पत्ता लगाई कारबाही गर्नु आवश्यक छ । रोजगारीको प्रलोभन देखाउँदै कालो सूचीमा रहेका विश्वविद्यालयमा विद्यार्थी पठाउने कन्सल्टेन्सी सञ्चालकहरुलाई कारबाहीको दायरामा ल्याउनैपर्छ । विद्यार्थीबाट लाखौं असुलेर भइरहेको यस्तो गैरकानुनी कार्य बन्द गर्नुपर्छ । तर, अध्ययनकै उद्देश्यले कोरिया जान लागेको विद्यार्थीहरुलाई भने एनओसी खुलाउनुपर्छ । कन्सल्टेन्सीको बदमासीको मार विद्यार्थीलाई नपारियोस् ।
 


प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP