एजेन्सी- मलेसियन एयरलाइन्सको एम एच वान सेभेन,MH17 विमान खसाल्ने घटनामा रुस दोषी ठहर भएकाे संयुक्त राष्ट्रसंघीय निकायको निर्णय,आइकाओले जनाएकाे छ ।
सन् २०१४ को जुलाई महिनामा पूर्वी युक्रेनको आकाशमा खसालिएको मलेसियन एयरलाइन्सको MH17 विमान दुर्घटनाको जिम्मेवार रुस रहेको संयुक्त राष्ट्रसंघको नागरिक उड्डयन निकाय ,आइकाओ (International Civil Aviation Organization - ICAO) ले ठहर गरेको हाे ।
२९८ जना यात्रु तथा चालक दल सवार रहेको उक्त विमान रुसमै बनेको मिसाइलद्वारा खसालिएको पुष्टि भएको छ। मृतकहरूमध्ये १९६ जना नेदरल्याण्डका नागरिक थिए। त्यसैगरी, अष्ट्रेलियाका ३८ जना, बेलायतका १० जना, र बेल्जियम तथा मलेसियाका नागरिकहरू पनि विमानमा सवार थिए।
घटनापछि क्रेमलिनले सधैं यो हवाई दुर्घटनामा कुनै संलग्नता नभएको दाबी गर्दै आएको थियो। तर, सोमबार आइकाओको परिषद्ले अन्तर्राष्ट्रिय हवाई कानून अन्तर्गत रुसले आफ्ना दायित्वहरू पूरा गर्न असफल भएको ठहर गर्दै निर्णय सुनाएको हो।
यो निर्णयसँगै पीडित परिवारहरूलाई अन्तर्राष्ट्रिय न्याय प्राप्त हुने आशा गरिएको छ। साथै,आइकाओको यो ठहरले भविष्यमा यस्ता घटनाबाट सुरक्षा सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण कदम हुने विश्वास गरिएको छ ।