Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संसद्मा प्रधानमन्त्रीको असुहाउँदो प्रस्तुति
संसद्मा प्रधानमन्त्रीको असुहाउँदो प्रस्तुति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २९, २०८२

आइतबार प्रतिनिधिसभामा सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रश्न गरे । कसैले कर्णालीको विकासबारे सोधे, कसैले भ्यु टावर बनाएकोबारे । कोही सांसदले पुराना कार्यक्रमलाई निरन्तरता नदिएकोमा गुनासो गरे । कसैले नयाँ कार्यक्रम खोजे । मुलुकलाई ‘ग्रे लिस्ट’बाट कसरी बाहिर ल्याउने भन्दै कार्ययोजना मागे । समावेशी कार्यक्रमहरु नआएकोमा गुनासो गरे । व्यवस्थाप्रति र सुशासनप्रति प्रश्न गरे ।

सदनप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नै यी प्रश्नको जवाफ फर्काए । तर रुखो शैलीमा, कसैलाई मजाकको शैलीमा त कसैलाई हेपाहा पारामा । लगभग कुनै बेलाको मास्टरी पारा देखाउँदै ओलीले सांसदहरुलाई जवाफको साटो पाठ सिकाउन भ्याए । महिला सांसदहरुलाई समावेशी कार्यक्रम खोजेको भन्दै ओलीले गिज्याउन भ्याए । नयाँ सांसदहरुले ठूलो स्वर गरेको र आइन्दा अब यसरी नबोल्न उपदेश दिए ।

हुम्ला सदरमुकाममा सडक पुग्ने भाषण ओलीले धेरै अघिबाट गरेका थिए । आइतबार पनि ओलीले चाँडै यहाँ सडक जोडिने दाबी गरे । आफूले कर्णालीका मार्सी चामल खाएको भन्दै कटाक्ष गर्न भ्याए । प्रधानमन्त्री ओलीले राप्रपाकी सांसद बिना तामाङलाई रुवीभ्यालीबारे पाठ पढाउन भ्याए । बिनाले रुवीभ्यालीमा प्रधानमन्त्री पुगेको बेला विकासका गफ दिएको तर त्यो पूरा नभएको बताएकी थिइन् । जवाफमा ओलीले आफू पुग्दैमा झिलीमिली भइनहाल्ने भन्दै व्यंग्य कसे ।

Hardik health

रास्वपा सांसद विनिता कठायतलाई भर्खरै भर्खरै संसद्मा आएर ठूलो स्वर गरेको भन्न भ्याए । ग्रे लिस्टबाट कसरी उम्कने भन्ने प्रश्नमा माओवादीमाथि खनिए । जबकि माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एमाले नै दुईपटक सरकारमा थियो । पुराना कार्यक्रमले निरन्तरता नपाएको गुनासोमा प्रधानमन्त्री ओलीको जवाफ रुखो थियो । कोर्स करेक्सनमा अर्को दलको सरकारले ल्याएको कार्यक्रम हटाउन सक्ने ओलीको तर्क थियो ।

ओलीले कतिपय सांसदलाई नीति तथा कार्यक्रम पूरा पढ्नसमेत सुझाए । यसरी नै ओलीले आइतबारको संसद् बैठकमा सोधिएका प्रश्नको जवाफभन्दा पनि खिसी गर्ने, मजाक गर्ने शैलीमा प्रस्तुत भए । सांसदहरुले योजना माग्दा आफ्नो सरकारले गरेको प्रगति विवरण सुनाए । सदन जनताको प्रतिनिधिको हो । यहाँ जनताबाट चुनिएर आएका माननीय छन् । उनीहरुप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्छ । तर आइतबार ओलीको शैली मास्टरी थियो, त्यो पनि परम्परागत शैलीको मास्टरको । यो पटक्कै सुहाएन । प्रधानमन्त्रीको यो प्रवृत्ति फेरि नदोहोरियोस् ।
 


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP