Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • हप्तैपिच्छे फेरिँदै गभर्नरको उम्मेदवार
हप्तैपिच्छे फेरिँदै गभर्नरको उम्मेदवार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २९, २०८२
  •  ज्ञानेन्द्र ढुंगाना, रवीन्द्र पाण्डे, पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, गुणाकर भट्ट हुँदै डा. विश्व पौडेलसम्म
  • गभर्नर छनोट समितिबाट दुई जनाको राजीनामा, महाप्रसाद अधिकारीविरुद्ध रिट
  • एक महिनाअघि नै छनोट गर्नुपर्ने गभर्नर नहुँदा राष्ट्र बैंक नेतृत्वविहीन

काठमाडौं– दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका नेताहरुबीच सहमति हुन नसक्दा चैत २४ देखि नेपाल राष्ट्र बैंक नेतृत्वविहीन छ । वैशाख सकिनै लाग्दा शीर्ष तहकै नेताहरुले हप्तैपिच्छे गभर्नरका नयाँ–नयाँ उम्मेदवार ‘मिडिया ट्रायल’मा ल्याइरहेका छन् ।

चैत ११ गतेको मन्त्रिपरिषद्ले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय गभर्नर छनोट समिति गठन गरेको थियो । उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल थिए । गभर्नर नियुक्तिमा दुई ठूला दलको रस्साकस्सी जारी रहे पनि छनोट समितिको बैठक भने एकपटक पनि बस्न सकेको छैन ।

बरु हप्तैपिच्छे नयाँ–नयाँ उम्मेदवारको नाम ट्रायलमा आइरहेका छन् । जसकारण विजयनाथले यो समिति वैशाख ९ गते नै छाडे । छनोट समितिको सदस्यमा मन्त्रिपरिषद्ले वैशाख १८ गते पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय ग¥यो । यो बेलासम्म गुणाकर भट्ट गभर्नर बन्ने पक्कापक्की थियो ।
कांग्रेसको सिफारिस पाएकाले पनि उनी गभर्नर बन्नेमा ढुक्का थिए । तर उनको राजीनामा राष्ट्र बैंकले स्वीकृत गरिदिएन । कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाले उनको राजीनामा रोकेपछि कांग्रेसले डा. पौडेललाई गभर्नर पदमा सिफारिस गरेको बताइन्छ । जबकि पौडेल आफैं छनोट समितिका सदस्य हुन् । आइतबार दिनभर उनको नाम अबको गभर्नर रुपमा चर्चामा आएसँगै पौडेलले छनोट समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

को–को आए चर्चामा ?
सबैभन्दा पहिले गभर्नर बन्ने भन्दै चर्चामा आएको नाम हो ज्ञानेन्द्र ढुंगाना । नबिल बैंकको सिइओबाट चैत १२ गते राजीनामा दिएका उनलाई कांग्रेसको आधिकारिक उम्मेदवार भनियो । त्यतिबेला उनको नाम गभर्नरमा लगभग पक्कापक्कीजस्तै भएको बताइन्थ्यो ।त्यसपछि रवीन्द्र पाण्डे, पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको नाम गभर्नर बन्ने भन्दै चर्चामा आयो । सरकारले उनीहरुलाई गभर्नरमा ल्याउन उमेर हद नै हटाइदियो । तर ६५ वर्षे उमेर हद हटाइएको मापदण्ड तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश दिएसँगै गभर्नरको दौडमा रहेका पाण्डे, पूर्वमुख्यसचिव क्षेत्री आउट भए । गभर्नरको मापदण्डमा ३० वर्ष र कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । 

Hardik health

यहीबीच अहिलेकी कायममुकायम गभर्नर नीलमको नाम पनि गभर्नर बन्ने चर्चा भयो । यद्यपि उनी एमालेनिकट भन्दै कांग्रेसले आफ्नै निकटकालाई उक्त पदमा ल्याउने कोसिस जारी राख्यो । कांग्रेसले आफ्नो आधिकारिक उम्मेदवार बनायो गुणाकर भट्टलाई । राष्ट्र बैंकको कार्यकारी निर्देशकमा रहेका उनले पदबाट राजीनामा दिए पनि । तर उनको राजीनामा ‘होल्ड’मा राखियो । देशको वित्तीय क्षेत्रको नेतृत्व गर्ने राष्ट्रबैंकमा राख्ने मुख्य निकायको प्रमुख ल्याउन सरकारलाई हम्मे परेपछि यसबारे नेपाली कांग्रेसमा चर्कै असन्तुष्टि छायो । कांग्रेस संस्थापनइतरले सभापति शेरबहादुर देउवालाई दबाब दिन थाले । देउवाको चर्को आलोचना हुन थाल्यो । गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई फनफनी घुमाएको आरोप उनीमाथि लागेको थियो ।

त्यसपछि वैशाख २३ गते ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा देउवाले भने– ओलीजीका कारण गभर्नर नियुक्ति ढिलाइ भएको हैन । उहाँले त कांग्रेसलाई दिन्छु भनिसक्नुभएको छ । यसपछि धेरैले अनुमान गरे– गुणाकर नै अबको गभर्नर बन्ने छन् । तर बिचौलियाहरुको एक समूहले भट्टलाई कांग्रेसले मन पराए पनि एमालेका नेताहरुले मन नपराउने भन्दै ट्रायल चलाए । त्यसपछि भने भट्टको ठाउँमा अहिले डा. पौडेलको नाम आएको छ ।

को हुन् विश्व पौडेल ?
चितवन–१ बाट २०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार बनेका पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । अहिले उनी काठमाडौं विश्वविद्यालयमा पढाउँछन् । राजनीतिक दलका नेता कार्यकर्ता गभर्नर बन्न पाउँदैनन् । यद्यपि यतिबेला उनले कांग्रेसको क्रियाशील सदस्यता नलिएको भन्दै मिडियाबाजी भने भइरहेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि पौडेलको नाममा एमालेसमेत सहमत रहेको बताउँछन् । ‘उहाँको नाममा अब विवाद नहुनुपर्ने हो । एमालेदेखि विपक्षीलेसमेत उहाँलाई मन पराएको सुनिन्छ,’ महतले भने । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट विद्यावारिधि गरेका उनलाई अर्थशास्त्रीका रुपमा मानिँदै आएको छ ।

उनले गभर्नर छनोट समितिबाट राजीनामा दिएसँगै सरकारले फेरि यो समितिमा अर्को सदस्य नियुक्त गर्नुपर्छ । अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको छनोट समिति पूर्ण हुन अझै केही समय लाग्ने देखिन्छ । यो समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्छ । तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गर्छ ।

यद्यपि, यहीबीचमा निवर्तमान गभर्नर अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । छनोट समितिका सदस्यसमेत रहेका अधिकारीविरुद्ध आइतबार दर्ता भएको रिट सर्वोच्चले ३० वैशाखलाई पेसी तोकेको छ । छनोट समितिमा गैरकानुनी तवरले राखेको भन्दै उनीविरुद्ध रिट दर्ता भएको हो । यदि अधिकारी पनि छनोट समितिबाट हटे अर्को हप्ता डा. पौडेलको ठाउँमा अर्को उम्मेदवारको नाम चर्चामा आउन बेर छैन । 
 


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP