Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भारत–पाकिस्तान युद्धविराम स्वागतयोग्य
भारत–पाकिस्तान युद्धविराम स्वागतयोग्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २८, २०८२

भारत–पाकिस्तानबीचको सैन्य तनावमा विराम लागेको छ । एक–अर्काविरुद्ध आक्रामकरुपमा उत्रिएका यी दुई देश युद्धविरामका लागि शनिबार सहमत भएका हुन् । युद्धोन्मुख द्वन्द्वले विश्वजगत चिन्तित थियो । सुरक्षा मामिलाका जानकारहरूका अनुसार दक्षिण एसियामा क्षेत्रीय अशान्ति फैलिने सम्भावना बढेको थियो । यस्तोमा युद्धविरामका लागि सहमत हुनु स्वागतयोग्य कदम हो । यससँगै स्थल, जल र हवाई आक्रमण दुवैतर्फबाट रोकिएको छ ।

यस क्षेत्रमा शान्तिबहालीको सन्दर्भमा यो सहमतिले महŒवपूर्ण भूमिका खेल्ने छ । त्राहिमाम दुवै देशका नागरिकमा खुसीयाली छाएको छ । पाकिस्तानमा त्यहाँका नागरिकले आपसमा मिठाइ बाँडेर हर्ष साटासाट गरेका छन् । युद्धविरामपछि दुई देश तटस्थ क्षेत्रमा वार्तामा जुट्दै छन् । वार्ता दुई देशीय स्थायी शान्ति र सुरक्षा कायम गर्ने सन्दर्भमा अर्थपूर्ण बन्नुपर्छ । यसमा दुवै देशका प्रधानमन्त्री लचक बन्नुपर्छ । शान्तिका लागि सार्थक निर्णयमा पुग्नुपर्छ । 

युद्धको घानमा निहत्था जनता परेका छन् । भौतिक संरचना ध्वंश भएका छन् । यसले गर्दा युद्ध भयानक मात्र होइन, जनधनको क्षतिको दृष्टिले गर्दा क्रुर पनि हुन्छ । त्यसो हुनाले भारत–पाकिस्तानले तय गरेको युद्धविराम सहमतिको गन्तव्य दीर्घकालीन बन्न सकोस् । भारत–पाकिस्तानबीचको सैन्यस्तरमा फैलिएको द्वन्द्वको बाछिटा नेपालमा प¥यो । युरोपसँगै खाडीका केही राष्ट्रमा चार दिनसम्म उडान प्रभावित बन्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मध्यस्थतामा दुवै देश युद्धविरामका लागि सहमत भएको सार्वजनिक गरेका थिए । भारत र पाकिस्तानका अधिकारीहरुले उक्त कुरा पुष्टि गरिसकेका छन् । 

Hardik health

युद्धविराम हुँदा भारत–पाकिस्तान सीमा क्षेत्रका जनता मात्रै होइन समग्र विश्व खुसी भएको छ । अनाहक युद्ध लम्बिए कति मानवीय क्षति हुने थियो ? कति आर्थिक र भौतिक क्षति हुने थियो ? यो आकलन गर्नै नसकिने विषय हो । त्यसैले युद्ध रोक्नुको विकल्प थिएन । युद्ध गरेर एकले अर्कोलाई धेरै क्षति पु¥याउन सक्लान् तर क्षति दुवैतर्फ हुन्छ । यसलाई दुवै देशले बुझेका छन् । बुझेर नै युद्धविराममा सहमति जनाएको हुनुपर्छ । जे जसरी, जसको पहलमा सहमति गरे यो बुद्धिमतापूर्ण निर्णय हो । दुवै देशले अब आपसी वार्तामार्फत द्वन्द्व समाधान गर्नुपर्छ । युद्धविरामलाई दीर्घकालीन बनाउन थप सहमति जुटोस् ।
 


प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP