Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #विश्वकप एसिया छनोट
  • #हुलाकी_राजमार्ग
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #नीति तथा कार्यक्रम
Search Here
विश्व
  • Home
  • विश्व
  • पुटिनद्वारा अर्को हप्ता रुस–युक्रेनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव
पुटिनद्वारा अर्को हप्ता रुस–युक्रेनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २८, २०८२
RBB RBB

मस्को - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार किएभ र युरोपेली नेताहरूले सोमबारदेखि बिना शर्त ३० दिने युद्धविरामको आह्वान गरेको केही घण्टापछि मे १५ (जेठ १ गते) मा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राखेका छन् ।

युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए ।क्रेमलिनमा १ः०० (शनिबार २३०० जिएमटी) बजेपछिको आफ्नो बयानमा पुटिनले त्यो आह्वानलाई स्पष्ट रूपमा सम्बोधन गर्नुभएन बरु यसको सट्टा ताजा रूस–युक्रेन वार्ताका लागि प्रति–प्रस्ताव प्रस्तुत गरे ।

 “हामी किएभ अधिकारीहरूलाई सन् २०२२ मा टुटेको वार्ता पुनः सुरु गर्न प्रस्ताव गर्दछौँ र त्यस्तो वार्ता कुनै पनि पूर्व शर्तबिना होस् भन्ने म जोड दिन्छु”, पुटिनले भने ।रुसी र युक्रेनी वार्ताकारहरूले द्वन्द्वको पहिलो हप्तामा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए, तर लडाइँ रोक्न सहमत हुन सकेनन् । त्यसपछि द्वन्द्व निरन्तर जारी छ ।

“हामी इस्तानबुलमा बिहीबार मे १५ मा ढिलाइ नगरी (वार्ता) सुरु गर्ने प्रस्ताव गर्दछौँ”, पुटिनले भने । उनले वार्तालाई सहज बनाउन सहयोग माग्न टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग चाँडै कुरा गर्ने बताए ।उनले ‘युक्रेनसँग गम्भीर वार्तामा प्रतिबद्ध’ रहेको र ‘द्वन्द्वका मूल कारणहरू हटाउन र दीर्घकालीन शान्ति स्थापना गर्न’ वार्ता चाहेको बताए ।

रुसको ‘द्वन्द्वका मूल कारणहरू’ सम्बन्धी सन्दर्भहरूले सामान्यतया किएभ र पश्चिमसँगका कथित गुनासोहरूलाई जनाउँछ, जुन मस्कोले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरु गर्न औचित्यका रूपमा प्रस्तुत गरेको छ ।यसमा युक्रेनलाई ‘डि–नाजिफाई’ गर्ने, देशको पूर्वमा रूसी भाषीहरूको रक्षा गर्ने, नाटो विस्तारको विरुद्धमा पछाडि धकेल्ने र युक्रेनको पश्चिमतर्फको भूराजनीतिक बहाव रोक्ने प्रतिज्ञाहरू समावेश छन् ।

रुसको आक्रमण साम्राज्यवादी शैलीको भूमि कब्जा बाहेक अरू केही नभएको भन्दै किएभ र पश्चिमले ती सबैलाई अस्वीकार गरेका छन् ।रुसले आफ्नो आक्रमण सुरु गरेदेखि दशौँ हजारको मृत्यु भएको छ भने लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

 “हामी यो वार्ताका क्रममा केही नयाँ युद्धविरामको सहमति हुन सक्ने कुरा अस्वीकार गर्दैनौँ”, पुटिनले भने ।उनले युक्रेनका पश्चिमी समर्थकहरूलाई ‘रुससँग युद्ध जारी राख्न चाहेको’ आरोप लगाए र – ३० दिने युद्धविरामका लागि विशेष युक्रेन–युरोपेली प्रस्तावको उल्लेख नगरी – युरोपेली ‘अल्टिमेटम’ र ‘रुस–विरोधी बयानबाजी’ को आलोचना गरे।


प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विश्व
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की आइतबार, वैशाख २८, २०८२
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु आइतबार, वैशाख २८, २०८२
पुटिनको प्रस्तावित युक्रेन वार्ता ‘पर्याप्त छैन’ : म्याक्रोन
पुटिनको प्रस्तावित युक्रेन वार्ता ‘पर्याप्त छैन’ : म्याक्रोन आइतबार, वैशाख २८, २०८२
पहिलो त्रैमासमा अरामकोको खुद नाफा ४.६ प्रतिशतले घट्यो
पहिलो त्रैमासमा अरामकोको खुद नाफा ४.६ प्रतिशतले घट्यो आइतबार, वैशाख २८, २०८२
भारत र पाकिस्तानबीच युद्धविराम
भारत र पाकिस्तानबीच युद्धविराम आइतबार, वैशाख २८, २०८२
नेपाल-भारत सीमाक्षेत्र नजान आफ्ना नागरिकलाई चिनियाँ दूतावासको आग्रह
नेपाल-भारत सीमाक्षेत्र नजान आफ्ना नागरिकलाई चिनियाँ दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP