Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
Search Here
विश्व
  • Home
  • विश्व
  • भारत र पाकिस्तानबीच युद्धविराम
भारत र पाकिस्तानबीच युद्धविराम
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २८, २०८२

 

  • सैन्य कारबाही रोक्न सहमत भएको दुवै देशद्वारा पुष्टि
  • अमेरिकाको मध्यस्थताले युद्धविराम सम्भव भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ
  • सैन्य अपरेसनका महानिर्देशकहरूबीच सोमबार वार्ता हुने

काठमाडौं– भारत र पाकिस्तानबीचको सैन्य तनाव तत्काललाई रोकिने भएको छ । पहलगाम घटनालाई लिएर एक–अर्काविरुद्ध आक्रमणमा उत्रिएका दुई देश शनिबार सैन्य कारबाही रोक्ने सहमतिमा पुगेका हुन् । दुवै देशका विदेशमन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् ।

भारतीय विदेशसचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरे । मिश्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र भोलि मे १२ को मध्याह्नमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डिजिएमओ) स्तरीय अर्को चरणको वार्ता हुने छ ।

‘पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डिजिएमओ) र भारतीय डिजिएमओबीच शनिबार अपराह्न फोनवार्ता भएको र उनीहरुबीच भारतीय समयअनुसार साँझ ५ बजेदेखि जमिन, आकाश र समुद्रमा सबै प्रकारका गोलाबारी र सैन्य कारबाही रोक्ने सहमति भएको छ,’ विदेशमन्त्री मिश्रीले भने, ‘दुवै पक्षलाई आजैदेखि यो समझदारीलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ । सैन्य अपरेसनका महानिर्देशकहरूबीच सोमबार (मे १२) मध्याह्न १२ बजे फेरि कुरा गर्ने छन् ।’ 

Hardik health

यसअघि शनिबार एक प्रेस ब्रिफिङका क्रममा मिश्रीले पाकिस्तानले भारतविरुद्ध गरिरहेको कारबाहीलाई ‘उत्तेजक’ प्रकृतिको रूपमा हेरिएको बताएका थिए ।पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले पनि युद्धविरामको पुष्टि गर्दै भने, ‘पाकिस्तान र भारत तत्काल लागू हुनेगरी युद्धविराम गर्न सहमत भएका छन् ।’ उनले भने, ‘पाकिस्तानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरी यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि सधैं प्रयास गर्दै आएको छ ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले दुवै देश युद्धविरामका लागि सहमत भएका सार्वजनिक गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा शनिबार अपराह्न पोस्ट गर्दै अमेरिकाको मध्यस्थताले यो सम्भव भएको भन्दै दुवै देशलाई बधाइ दिएका थिए । उनले लेखेका छन्, ‘रातभरिको निरन्तर कुराकानी र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबीच पूर्णरूपमा र तुरुन्तै युद्ध विराम गर्न सहमति भएको घोषणा गर्न पाउँदा म खुसी छु । विवेक र सही विचारसहितको यस कदमका लागि म दुवै देशलाई बधाइ र धन्यवाद दिन चाहन्छु ।’

अमेरिकी विदेशमन्त्री रुबियोले दुवै देश तटस्थस्थलमा व्यापक विषयमा वार्ता सुरु गर्न सहमत भएको बताएका थिए । अमेरिकी विदेशमन्त्री रूबियोले भने, ‘बितेका ४८ घण्टामा उपराष्ट्रपति भान्स र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ, भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकर, सेनाप्रमुख असिम मुनीर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र असिम मलिकलगायत भारत र पाकिस्तानका वरिष्ठ अधिकारीसँग कुराकानी गरेका छौं ।’

उनले अगाडि भने, ‘भारत र पाकिस्तानका सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थलमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ । हामी प्रधानमन्त्री मोदी र सरिफलाई शान्तिको बाटो रोज्ने बुद्धिमत्ता, विवेक र राजनेताको प्रशंसा गर्दछौं ।’यसअघि गत मे २ मा पहलगाममा भएको आतंककारी हमलाको जवाफमा भारतले मे ७ मा ‘अपरेसन सिन्दूर’ चलाएको थियो । उक्त आक्रमणमा परी २६ जना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको थियो । पाकिस्तानले पनि जवाफी कारबाही चलाएको थियो जसका कारण भारतीय सर्वसाधारणसहित केही सुरक्षाकर्मीको हताहत भएको थियो ।

(एजेन्सीको सहयोगमा)
 


प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
पहिलाे पटक  न्यूयोर्क सिटीको मेयरमा मुस्लिम नेता माम्दानी चयन
पहिलाे पटक न्यूयोर्क सिटीको मेयरमा मुस्लिम नेता माम्दानी चयन बुधबार, कात्तिक १९, २०८२
अनिल अम्बानीको सम्पत्ति जफत
अनिल अम्बानीको सम्पत्ति जफत बुधबार, कात्तिक १९, २०८२
युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग जर्मनीले गर्ने
युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग जर्मनीले गर्ने बुधबार, कात्तिक १९, २०८२
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP