Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले
गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २६, २०८२

दोधारा चाँदनी -  राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन । 

सरकारले आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माण कार्यले तीव्रता पाएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख योगेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार आयोजनाको हालसम्मको प्रगति २६ प्रतिशत मात्रै रहेको छ । 

“बजेट अभाव, मुआब्जा वितरण र वनको समस्याका कारण आयोजनाको कामले गति लिन सकेको थिएन”, उनले भने, “२०७६÷७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि सरकारको प्राथमिकतामा परेको हो । त्यसपछि मात्रै आयोजनाका लागि बजेट आउन थालेको हो ।”  

प्रमुख मिश्रले टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने भए पनि २८ किलोमिटर मूल नहर मात्रै निर्माण सम्पन्न भएको छ । बाँकी २० किलोमिटर नहर निर्माणको काम भइरहेको छ । “निर्माण सम्पन्न भएको २८ किलोमिटर मूल नहरबाट सिँचाइका लागि २२ शाखा नहर निर्माणको काम अन्तिम चरणमा पुगेको छ,” उनले भने “यसै वर्षदेखि चार हजार हेक्टर जमिनमा सिँचाइ उपलब्ध गराउने गरी हाम्रा संरचना तयार भएका छन् ।” 

Hardik health

विक्रम संवत् २०७७ माघमा भएको निर्णयअनुसार २०८७ सालसम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ ।  लक्ष्यअनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । प्रमुख मिश्रका अनुसार हालसम्म रु नौ अर्ब खर्च भइसकेको छ । चालु आवमा पनि आयोजनाका लागि करिब रु दुई अर्ब बजेट विनियोजन भएको थियो । 

“नहर निर्माण गर्न १० हजार रूख कटान गर्नुपर्नेछ । यसका लागि गत वर्ष मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ, हामीले पनि विभागसँग सम्झौता गरेका छौँ”, आयोजना प्रमुख मिश्रले भने, “एक हप्ताभित्रै रूख कटानको आदेश आउने प्रक्रियामा छ ।”  नेपालतर्फ पाँच हजार हेक्टरमा सिँचाइ गर्ने संरचना तयार भए पनि भारतीय पक्षले मूल नहरमा पानी नछोड्दा समस्या भएको प्रमुख मिश्रले बताए । भारतीय पक्षले टनकरपुबाट पानी छोडे ब्रह्वदेव क्षेत्रका किसानलाई सिँचाइ सुविधा उपलब्ध हुने उनको भनाइ छ । आयोजनाबाट कञ्चनपुरको ९० प्रतिशत खेतीयोग्य जमिनममा सिचाँइ सुविधा पुग्छ ।

खेतीयोग्य जमिनमा सिचाँइ सुविधा उपलब्ध नहुँदा यहाँका किसानहरु हरेक वर्ष आकासे पानीको भरमा खेती गर्न बाध्य छन् ।  “मैले सात बिघा जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छु अन्यखेती भन्दा उखुमा बढी पानी आवश्यक भएकाले यहाँ सिँचाइको समस्या हुन्छ ।” स्थानीय तेजबहादुर चन्दले  भने, “यो क्षेत्रमा दुईवटा सुगर मिल छन्, उखुखेती धेरै हुन्छ, बोरिङबाट सिँचाइ गर्दा लागत धेरै लाग्ने गरेको छ ।” 

विसं २०४५ देखि खेती गर्दै आएका बेदकोट नगरपालिका–७ का विष्णु भट्टले महाकाली सिँचाइ तेस्रो चरणबाट सिँचाइ उपलब्ध भए यहाँका किसानहरुलाई धेरै राहत पुग्ने बताए । “सिचाँइ सुविधा नहुँदा हामीले आकासे पानीको भरमा रोपाइँ गर्नुपर्छ,” उनले भने, “नहरमा पानी आए हामीलाई धेरै सुविधा पुग्छ, कम खर्चिलो पनि हुन्छ ।” 

कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा कुल खेतीयोग्य एक लाख ६१ हजार ७४१ हेक्टर जमिन रहेको छ । जसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ । यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । 

विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ  । पहिलो र दोस्रो चरणको सिचाँइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ । तर सुक्खा याममा भारतले नेपालतर्फ थोरै पानी छोड्ने भएका कारण बेलौरी नगरपालिकासम्म पानी पुग्दैन जसका कारण यहाँका किसानहरुले पानी नपाउने समस्या झेल्दै आएका छन् ।


प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP