Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
  • #घरजग्गा_कारोबार
Search Here
समाचार
  • Home
  • समाचार
  • भारतले किन राखे पाकिस्तानमाथिकाे आक्रमणलाई ‘अपरेसन सिन्दूर’
भारतले किन राखे पाकिस्तानमाथिकाे आक्रमणलाई ‘अपरेसन सिन्दूर’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २४, २०८२

काठमाडौं-  भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तानमाथि हमला सुरु गरेको छ । पुरुषहरू मारिँदा तिनका श्रीमतीहरूको सिन्दूर पुछिएकाले उनीहरूको ‘न्याय’ का निम्ति भारतले सैन्य कारबाहीको नाम ‘अपरेसन सिन्दूर’ राखेको एबीपी न्युजले लेखेको छ ।

शक्ति राष्ट्रहरूले कुनै पनि सैन्य कारबाही गर्नुअघि, अपरेसन कहाँ हुने, कसरी हुने, कसलाई लक्षित गर्ने भनेर रणनीति बनाइन्छ । भारतले पनि यही गरेको हो । यसअनुसार सैन्य कारबाहीको महत्वलाई ख्याल गरेर हमला वा मिसनको नाम राख्छन् । नामकरण पछाडि गोप्यता, प्रेरणा वा मनोवैज्ञानिक मानसिकतासमेत जोडिन्छ ।

सैन्य कारबाहीको मिसनमा कोडमा आधारित नामहरू समेत तय गरिन्छ । प्रतीकात्मक नामकरण गर्ने अभ्यास संसारभरि छ । देशभित्रै आन्तरिक कारबाही चलाउँदा समेत यो अभ्यास हुन्छ ।भारतीय सञ्चारमाध्यमले पहलगाम आक्रमणमा कैयन निर्दोष व्यक्तिहरू मारिएकोसँग यसको सम्बन्ध जोडेका छन् । भारतीय भूमितर्फ पर्ने कश्मिरको पहलगाम २२ अप्रिलको दिन पर्यटकलाई लक्षित गरी आतंकवादी आक्रमण हुँदा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

Hardik health

नेपाल र भारतीय समाजमा हिन्दु संस्कार अनुसार विवाह गर्दा वरले बधुको सिउँदोमा सिन्दूर लगाइदिने चलन छ । विवाह पश्चात श्रीमानको मृत्यु भएमा श्रीमतीले सिउँदोको सिन्दूर पुछ्ने गर्छन् ।पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु एबीपी न्युजका अनुसार २२ अप्रिलको दिन पहलगाम आक्रमणमा मारिएका निर्दोष व्यक्तिका श्रीमतीको सिन्दूर पुछिएको भनेर भारतले पाकिस्तानमाथिको सैन्य कारबाहीको नाम नै ‘अपरेसन सिन्दूर’ राखेको हो ।

तर, यही कारण यो नाम राखिएको हो भनेर एबीपी न्युजले कुनै सरकारी अधिकारीमार्फत् पुष्टि गरेको छैन ।अलजजिराले पनि ‘अपरेसन सिन्दूर’लाई सांस्कृतिक र भावनात्मक सन्दर्भसँग जोडेर व्याख्या गरेको छ ।सिन्दूर हिन्दू महिलाहरूले श्रीमान जीवित रहेको संकेतस्वरूप निधारमा लगाउने रातो रंगलाई जनाइने उल्लेख गर्दै अलजजिराले श्रीमानको मृत्यु भएपछि सिन्दूर लगाउने प्रथा रोकिने हिन्दुहरूको धार्मिक/सांस्कृतिक परम्पराबारे उल्लेख गरेको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल अम्बानीको सम्पत्ति जफत
अनिल अम्बानीको सम्पत्ति जफत बुधबार, कात्तिक १९, २०८२
युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग जर्मनीले गर्ने
युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग जर्मनीले गर्ने बुधबार, कात्तिक १९, २०८२
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP