Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गिजोलियो जनमत–नाउपा एकता
गिजोलियो जनमत–नाउपा एकता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, वैशाख २२, २०८२

अहिले त पदाधिकारीदेखि संसदीय दलमा पनि टुंग्याएर जाऔं भन्ने छ । त्यसले एकता घोषणा मिति तोक्न सकेका छैनौं ।
अब्दुल खान
उपाध्यक्ष, जनमत पार्टी 

काठमाडौं– मधेस र पश्चिम तराई आधारभूमि रहेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकता घोषणा अनिश्चित भएको छ । दुवै दलका नेताहरू संवादमा बसेर फेरि पार्टी एकता घोषणा मिति तोक्न अक्षम देखिएका छन् ।

यसअघि यही १७ वैशाखमा एकता घोषणासभा राखिएको थियो । त्यसैदिन नाउपा संरक्षक रेशमलाल चौधरी पक्राउ परे । साढे पाँच घण्टा थुनामा बसेर रिहा भए । यसरी उनको अप्रत्यासित पक्राउ र रिहाले दुई पार्टीको एकता भाँडियो ।

त्यसैदिन अबेर नयाँ बानेश्वरको एक होटलमा दुवै पार्टीका शीर्षस्थ नेताहरू छलफलमा जुटे । तर, फेरि एकता घोषणासभाको मिति तोक्न असफल भए । हालसम्म मिति तोकिएको छैन । जनमतका उपाध्यक्ष अब्दुल खानका अनुसार पार्टी एकताअघि प्याकेजमै नेतृत्व, सचिवालय, पदाधिकारी, केन्द्रीय कार्यकारिणीदेखि संसदीय दलमा जिम्मेवारी बाँडफाँट गर्नुपर्ने आवाज दुवै पार्टीमा उठेको छ । यसअघि पार्टीको सैद्धान्तिक पाटोदेखि पार्टी नाम र नेतृत्वदायी जिम्मेवारीमा रहने तीन नेताको पदमा टुंगो लागेको थियो । अन्य नेताको जिम्मेवारीबारे छलफल भएको थियो । यतिबेला पनि त्यो विषय उठेको उपाध्यक्ष खानले बताए । त्यसो हुँदा एकता घोषणा मिति छिटो तोकेर अघि बढ्न नसकिएको बताए । 

Hardik health

हामीले जे–जे गर्न बाँकी छ, गरिरहेका छौं । तपाईंहरूले यही महिना पार्टी मिलेको देख्न पाउनुहुन्छ । 
ठाकुरसिंह थारु
महासचिव, नाउपा

‘अस्ति पार्टी नाम के हुने ? संरक्षक, कार्यकारी अध्यक्ष र सहअध्यक्ष को–को हुने ? त्यसमा सहमति जुटेको थियो र एकता घोषणासभा आयोजना ग¥यौं तर त्यसदिन हाम्रो नेता रेशमलाल चौधरीको पक्राउले एकता घोषणा गर्नै पाएनौं,’ उनले प्रभावसँग भने, ‘अहिले त पदाधिकारीदेखि संसदीय दलमा पनि टुंग्याएर जाऔं भन्ने छ । त्यसले एकता घोषणा मिति तोक्न सकेका छैनौं ।’

दुई पार्टीबीच एकता भएपछि नाम नागरिक जनमत पार्टी हुने भएको छ । यसमा दुवै पार्टीको एकता कार्यदलले सहमति जुटाएको हो । पार्टी संरक्षक रेशम नै हुने भएका छन् । कार्यकारी अध्यक्ष डा. सिके राउत र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने भएकी छन् । सचिवालय, पदाधिकारी, केन्द्रीय कार्यकारिणी कति जना रहने ? त्यही विषयमा सहमति जुटेको छैन ।

हाल बहसको क्रममा जनमत पक्षका नेताहरूले पदाधिकारी ३० भन्दा बढी हुनसक्ने बताएका छन् । नाउपा पक्षले बढीमा २५ जना हुनुपर्ने भन्दै आएको छ । केन्द्रीय समितिको आकारलाई लिएर पनि दुवै दलबीच मतभिन्नता छ । जनमतका नेताहरूले केन्द्रीय समितिमा ४०० भन्दा बढी हुनुपर्ने राय राख्दै आएका छन् । नाउपाका नेताहरूले दुवै पक्षबाट १७५÷१७५ गरी ३५० जनाभन्दा बढी हुन नहुने भन्दै आएका छन् । यी दुईवटा पार्टीको कमिटीमै संख्यालाई लिएर मतभेद कायम रहँदा एकता घोषणा झन अनिश्चयतिर धकेलिएको हो । 

संसदीय दलको नेता डा. राउत हुने देखिएको छ । उनी पार्टी अध्यक्ष हुनाले दलको नेताको सम्भावना देखिएको हो । प्रमुख सचेतक र सचेतक भने कुन दलबाट को हुने ? टुंगिएको छैन । हाल प्रतिनिधिसभामा जनमत पार्टीका छ जना सांसद छन् । नाउपाका चार जना सांसद छन् । प्रदेशमा जनमतको १६ जना र नाउपाको १२ जना सांसद छन् । संसदीय गणितमा नाउपाभन्दा जनमत अगाडि देखिन्छ । अब संसदीय दलदेखि पार्टी सचिवालय, पदाधिकारीदेखि केन्द्रीय समितिसम्मै सहमति जुटाएर एकता घोषणा गर्नुपर्ने अवस्थामा आइपुगेको नाउपा महासचिव ठाकुरसिंह थारुले बताए । उनको दाबीअनुसार यही महिनाभित्र एकता घोषणा हुन्छ । 

‘हामीले जे–जे गर्न बाँकी छ, गरिरहेका छौं । तपाईंहरूले यही महिना पार्टी मिलेको देख्न पाउनुहुन्छ,’ उनले भने । पार्टीको चुनाव चिह्नबारे भने सहमति जुटेको छ । सहमतिमा चुनाव चिह्न ‘ढकिया’ हुने भनिएको छ । पार्टी संगठन पनि भूगोलका आधारमा बाँडफाँट भएको छ । चितवन पूर्व डा. राउत र चितवन पश्चिम श्रेष्ठले हेर्ने भनिएको छ ।

दुई दलबीच एकताका लागि लामो समय कार्यदल तहमा छलफल भएको थियो । कार्यदलले नै मधेसमा बलियो राजनीतिक शक्ति निर्माणको रुपरेखा तयार गरेको थियो । हुन पनि एकता भएको अवस्थामा संसद्को छैटौं ठूलो दल नाजपा बन्छ । सत्तामा मोलमोलाइ गर्ने क्षमता बढ्छ ।

जबकि, यतिबेला मधेस आन्दोलनको मूल शक्ति जनता समाजवादी पार्टी (जसपा) नेपाल भने सानो दलमा खुम्चिएको छ । यो दलको अध्यक्ष मधेसमा विद्रोहको नेतृत्व रहेका उपेन्द्र यादव छन् । यही दलबाट विभाजित हुँदै अशोक राईले गठन गरेको दल जसपा भने अझ ठूलो छ । तर, दुई दलबीच एकता भएर नाजपा भने मधेसबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने महŒवपूर्ण शक्ति हुने सम्भावना छ । 
 


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि शुक्रबार, मंसिर २६, २०८२
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे शुक्रबार, मंसिर २६, २०८२
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस शुक्रबार, मंसिर २६, २०८२
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने शुक्रबार, मंसिर २६, २०८२
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती  शुक्रबार, मंसिर २६, २०८२
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP