Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गिजोलियो जनमत–नाउपा एकता
गिजोलियो जनमत–नाउपा एकता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, वैशाख २२, २०८२

अहिले त पदाधिकारीदेखि संसदीय दलमा पनि टुंग्याएर जाऔं भन्ने छ । त्यसले एकता घोषणा मिति तोक्न सकेका छैनौं ।
अब्दुल खान
उपाध्यक्ष, जनमत पार्टी 

काठमाडौं– मधेस र पश्चिम तराई आधारभूमि रहेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकता घोषणा अनिश्चित भएको छ । दुवै दलका नेताहरू संवादमा बसेर फेरि पार्टी एकता घोषणा मिति तोक्न अक्षम देखिएका छन् ।

यसअघि यही १७ वैशाखमा एकता घोषणासभा राखिएको थियो । त्यसैदिन नाउपा संरक्षक रेशमलाल चौधरी पक्राउ परे । साढे पाँच घण्टा थुनामा बसेर रिहा भए । यसरी उनको अप्रत्यासित पक्राउ र रिहाले दुई पार्टीको एकता भाँडियो ।

त्यसैदिन अबेर नयाँ बानेश्वरको एक होटलमा दुवै पार्टीका शीर्षस्थ नेताहरू छलफलमा जुटे । तर, फेरि एकता घोषणासभाको मिति तोक्न असफल भए । हालसम्म मिति तोकिएको छैन । जनमतका उपाध्यक्ष अब्दुल खानका अनुसार पार्टी एकताअघि प्याकेजमै नेतृत्व, सचिवालय, पदाधिकारी, केन्द्रीय कार्यकारिणीदेखि संसदीय दलमा जिम्मेवारी बाँडफाँट गर्नुपर्ने आवाज दुवै पार्टीमा उठेको छ । यसअघि पार्टीको सैद्धान्तिक पाटोदेखि पार्टी नाम र नेतृत्वदायी जिम्मेवारीमा रहने तीन नेताको पदमा टुंगो लागेको थियो । अन्य नेताको जिम्मेवारीबारे छलफल भएको थियो । यतिबेला पनि त्यो विषय उठेको उपाध्यक्ष खानले बताए । त्यसो हुँदा एकता घोषणा मिति छिटो तोकेर अघि बढ्न नसकिएको बताए । 

Hardik health

हामीले जे–जे गर्न बाँकी छ, गरिरहेका छौं । तपाईंहरूले यही महिना पार्टी मिलेको देख्न पाउनुहुन्छ । 
ठाकुरसिंह थारु
महासचिव, नाउपा

‘अस्ति पार्टी नाम के हुने ? संरक्षक, कार्यकारी अध्यक्ष र सहअध्यक्ष को–को हुने ? त्यसमा सहमति जुटेको थियो र एकता घोषणासभा आयोजना ग¥यौं तर त्यसदिन हाम्रो नेता रेशमलाल चौधरीको पक्राउले एकता घोषणा गर्नै पाएनौं,’ उनले प्रभावसँग भने, ‘अहिले त पदाधिकारीदेखि संसदीय दलमा पनि टुंग्याएर जाऔं भन्ने छ । त्यसले एकता घोषणा मिति तोक्न सकेका छैनौं ।’

दुई पार्टीबीच एकता भएपछि नाम नागरिक जनमत पार्टी हुने भएको छ । यसमा दुवै पार्टीको एकता कार्यदलले सहमति जुटाएको हो । पार्टी संरक्षक रेशम नै हुने भएका छन् । कार्यकारी अध्यक्ष डा. सिके राउत र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने भएकी छन् । सचिवालय, पदाधिकारी, केन्द्रीय कार्यकारिणी कति जना रहने ? त्यही विषयमा सहमति जुटेको छैन ।

हाल बहसको क्रममा जनमत पक्षका नेताहरूले पदाधिकारी ३० भन्दा बढी हुनसक्ने बताएका छन् । नाउपा पक्षले बढीमा २५ जना हुनुपर्ने भन्दै आएको छ । केन्द्रीय समितिको आकारलाई लिएर पनि दुवै दलबीच मतभिन्नता छ । जनमतका नेताहरूले केन्द्रीय समितिमा ४०० भन्दा बढी हुनुपर्ने राय राख्दै आएका छन् । नाउपाका नेताहरूले दुवै पक्षबाट १७५÷१७५ गरी ३५० जनाभन्दा बढी हुन नहुने भन्दै आएका छन् । यी दुईवटा पार्टीको कमिटीमै संख्यालाई लिएर मतभेद कायम रहँदा एकता घोषणा झन अनिश्चयतिर धकेलिएको हो । 

संसदीय दलको नेता डा. राउत हुने देखिएको छ । उनी पार्टी अध्यक्ष हुनाले दलको नेताको सम्भावना देखिएको हो । प्रमुख सचेतक र सचेतक भने कुन दलबाट को हुने ? टुंगिएको छैन । हाल प्रतिनिधिसभामा जनमत पार्टीका छ जना सांसद छन् । नाउपाका चार जना सांसद छन् । प्रदेशमा जनमतको १६ जना र नाउपाको १२ जना सांसद छन् । संसदीय गणितमा नाउपाभन्दा जनमत अगाडि देखिन्छ । अब संसदीय दलदेखि पार्टी सचिवालय, पदाधिकारीदेखि केन्द्रीय समितिसम्मै सहमति जुटाएर एकता घोषणा गर्नुपर्ने अवस्थामा आइपुगेको नाउपा महासचिव ठाकुरसिंह थारुले बताए । उनको दाबीअनुसार यही महिनाभित्र एकता घोषणा हुन्छ । 

‘हामीले जे–जे गर्न बाँकी छ, गरिरहेका छौं । तपाईंहरूले यही महिना पार्टी मिलेको देख्न पाउनुहुन्छ,’ उनले भने । पार्टीको चुनाव चिह्नबारे भने सहमति जुटेको छ । सहमतिमा चुनाव चिह्न ‘ढकिया’ हुने भनिएको छ । पार्टी संगठन पनि भूगोलका आधारमा बाँडफाँट भएको छ । चितवन पूर्व डा. राउत र चितवन पश्चिम श्रेष्ठले हेर्ने भनिएको छ ।

दुई दलबीच एकताका लागि लामो समय कार्यदल तहमा छलफल भएको थियो । कार्यदलले नै मधेसमा बलियो राजनीतिक शक्ति निर्माणको रुपरेखा तयार गरेको थियो । हुन पनि एकता भएको अवस्थामा संसद्को छैटौं ठूलो दल नाजपा बन्छ । सत्तामा मोलमोलाइ गर्ने क्षमता बढ्छ ।

जबकि, यतिबेला मधेस आन्दोलनको मूल शक्ति जनता समाजवादी पार्टी (जसपा) नेपाल भने सानो दलमा खुम्चिएको छ । यो दलको अध्यक्ष मधेसमा विद्रोहको नेतृत्व रहेका उपेन्द्र यादव छन् । यही दलबाट विभाजित हुँदै अशोक राईले गठन गरेको दल जसपा भने अझ ठूलो छ । तर, दुई दलबीच एकता भएर नाजपा भने मधेसबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने महŒवपूर्ण शक्ति हुने सम्भावना छ । 
 


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP