Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
  • #घरजग्गा_कारोबार
Search Here
विश्व
  • Home
  • विश्व
  • इजरायली विमानस्थलमा यमनी क्षेप्यास्त्र प्रहार
इजरायली विमानस्थलमा यमनी क्षेप्यास्त्र प्रहार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २१, २०८२

तेल अभिभ- यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र आइतबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खसेको इजरायली अधिकारीहरूले बताएका छन् ।यमनी हुथी विद्रोहीले शृङ्खलाबद्ध रूपमा इजरायली भूमिलाई लक्षित गरी आक्रमण हुनेगरेका भएपनि पछिल्लो यो क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।

तेल अभिवबाहिर बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै क्षेप्यास्त्र प्रहार भएको सेनाले बताएको छ । यमनको क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण उक्त आक्रमण भएको भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन ।
 
प्रहरीका केन्द्रीय जिल्ला प्रमुख याइर हेज्रोनीले घटनास्थलमा प्रहरीले जारी गरेको एक भिडियोमा भनेका छन्, “तपाईंले हाम्रो ठीक पछाडिको क्षेत्र देख्न सक्नुहुन्छः यहाँ धेरै चौडा र कैयाँं मिटर मिटर गहिरो खाडल बनेको छ ।” 

प्रहरी फुटेजमा अधिकारीहरू बगैँचामा रहेको खाल्डोको किनारामा उभिरहेको र टाढाबाट विमानस्थलको कन्ट्रोल टावर देखिन्छ । एएफपीका एक पत्रकारले जेरुसेलम र विमानस्थलमा भएको विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् । 

Hardik health

क्षेप्यास्त्र प्रहारका कारण अवरुद्ध भएको केही समयपछि बेन गुरिओनमा विमानको आवागमन पुनः सुरु भएको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ ।उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिले विमानस्थल खुला गरी र आवागमन भइसकेको छ । 

इजरायली रक्षामन्त्री इजराइल काट्जले घटनाको पुष्टि गर्दै बदला लिने चेतावनी दिँदै भनेका छन् , “जसले हामीलाई प्रहार गर्छ, हामी उसलाई सात गुणा कडा प्रहार गर्नेछौँ ।”यमनको अधिकांश भूभागमा नियन्त्रण जमाएका इरान समर्थित हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र रेड सीको पानीजहाजलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका छन् ।

शनिबार हुथी विद्रोहीसमूहले इजरायलमाथि दुई दिनमा तेस्रो पटक क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको थियो ।सन् २०२३ मा गाजा युद्ध सुरु भएयता हुथी विद्रोहीले प्रहार गरेका अधिकांश क्षेप्यास्त्र इजरायली हवाई सुरक्षा बलले रोकेका छन् । 


प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अनिल अम्बानीको सम्पत्ति जफत
अनिल अम्बानीको सम्पत्ति जफत बुधबार, कात्तिक १९, २०८२
युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग जर्मनीले गर्ने
युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग जर्मनीले गर्ने बुधबार, कात्तिक १९, २०८२
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP