Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रहरीको हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा
प्रहरीको हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २१, २०८२
File Photo

काठमाडौं -  जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट ६ जना अभियुक्तले कक्षा १२ को वार्षिक परीक्षा दिएका छन् । आइतबारबाट सुरु वार्षिक परीक्षाको तयारीमा रहेका तर, विभिन्न कसुरमा हिरासतमा पुगे पनि शिक्षाको हकलाई ख्याल गर्दै परीक्षा दिने व्यवस्था गरिएको हो ।

परीक्षा दिनेमा १५ चैतमा भएको राजावादी प्रदर्शनमा भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेको आरोपमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतोदेखि अन्य मुद्दाका अभियुक्तसम्म छन् ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराले भने , ‘काठमाडौं प्रहरी मातहतका युनिटमा रहेकाहरु पनि कतिपयको कक्षा १२ को परीक्षा रहेछ, त्यही अनुसार परीक्षा बोर्डसँग समन्वय गरेर यहीँ परीक्षा दिने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘परीक्षा दिनेमा सवारी ज्यानसम्बन्धी कसुर, अभद्र व्यवहार, चोरी लगायतका मुद्दाका आरोपी छन् ।’

Hardik health

चोरी आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका दावा शेर्पाले भने काठमाडौं प्रहरी परिसरबाट परीक्षा दिइरहेका छन् । उनीहरुको परीक्षाका लागि प्रहरीले केन्द्राध्यक्ष नै बोलाएर छुट्टै गार्ड र बेञ्चको व्यवस्था गरेको थियो ।

काठमाडौं प्रहरी मातहत रहेका अभियुक्तहरुमध्ये थप दुई जनाले पनि परीक्षा फारम भरेका थिए । तर, उनीहरुले परीक्षा दिन रुचि देखाएनन् । जबरजस्ती करणी सम्बन्धी कसुरमा प्रहरी वृत्त गौशालामा रहेका अभयराज सिंहको पनि कक्षा १२ को परीक्षा थियो । तर, २० वैशाखमा पक्राउ परेका उनले परीक्षा दिएनन् ।

उनी नामी कलेजमा पढिरहेका थिए । ज्यान मार्ने उद्योगका आरोपित राजकुमार खडायतले पनि परीक्षा दिएनन् । उनी दुर्गालक्ष्मी मावि अत्तरियामा अध्ययरत् थिए । अदालतबाट मुद्दा छिनोफानो भएर वा पुर्पक्षका लागि थुनामा रहेकाहरुलाई समेत अध्ययन गर्न चाहे कारागारबाट समेत पढ्न पाउने व्यवस्था छ । काठमाडौंको केन्द्रीय कारागारमा त कैदीबन्दीहरुका लागि छुट्टै स्कुल पनि छ ।


 


प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु बिहीबार, चैत ५, २०८२
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता सोमबार, चैत २, २०८२
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन सोमबार, चैत २, २०८२
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने बिहीबार, फागुन २८, २०८२
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह मंगलबार, फागुन १२, २०८२
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त मंगलबार, फागुन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP