Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #विश्व_सहरीकरण_दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • ‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम
‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १९, २०८२

काठमाडौं - काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको बताइएको छ । कामपा युनिसेफ, युरोपियन युनियन, बेलायत सहयोग कार्यक्रम, कारखाना समूहसहितका साझेदारसँगको सहकार्यमा बिहीबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले उक्त धारणा राखेका हुन्।

कामपा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले शैक्षिक सुधारका लागि ‘पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन व्यवस्थापन तथा दिगोपना’मा कामपाले लगानी बढाएको जानकारी दिए । ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सृजनात्मक सिकाइ, कक्षा ९ र १० मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कामपा शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीले सृजनात्मक सिकाइका लागि २५ विधामा र शिक्षामा सीप कार्यक्रममा १० विषयका पाठ्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा ल्याएको छ । शैक्षिक नतिजा सुधारका लागि फेस्टिभल क्याम्प, विन्टर क्याम्प, प्रविधिको पहुँच वृद्धि, पठन संस्कार, उपचारात्मक कक्षालगायत सहयोगले एसइईमा ७८ प्रतिशत नतिजा आएको धारणा राखे ।

Hardik health

प्राप्त उपलब्धिलाई दिगो बनाउने नीतिगत र संस्थागत प्रबन्ध बनाउँदै जानुपर्ने, शिक्षकलाई प्रोत्साहित गर्दै नेतृत्व विकास गराउँदै लैजानुपर्ने, अपनत्व बढाउनुपर्ने, विद्यालय र समुदाय तथा विद्यालय र अभिभावक सम्बन्धलाई शैक्षिक नतिजाको प्रमुख सूचक बनाउनुपर्ने सहभागीको धारणा थियो ।

युनिसेफका प्रतिनिधि जिम्मी ओस्ट्रुम, युरोपियन युनियन प्रतिनिधि अनुक भान नेक, बेलायत सहयोग कार्यक्रम सिवानी मिश्र, कारखाना समूहका प्रतिनिधि सचेत मानन्धरसहितका अधिकारीले स्थानीय सरकार समुदायको सबैभन्दा नजिकको सरकार हुनाले बालबालिकाको वृहत्तर विकासका लागि स्थानीय सरकारले सञ्चालन गर्ने शैक्षिक नवीनतम् कार्यक्रममा साझेदारी गर्न आपसी ज्ञान, सीप उपलब्ध गराउन तयार रहेको उल्लेख गरे ।

नवप्रवर्तनमा आधारित कामपाले सञ्चालन गरेका शैक्षिक क्रियाकलापको प्रदर्शनी गरिएको थियो । यसमा कार्यक्रम र उपलब्धिसँग सम्बन्धित चित्र, सङ्केत, ग्राफ, पाइचार्ट, तथ्याङ्क समेटिएका सृजनात्मक सामग्री थिए । यसमा पहुँचयुक्त र समावेशी शैक्षिक कार्यक्रम, विद्यालयको पूर्वाधार परीक्षण, सूचना प्रविधि परीक्षण, रचनात्मक विद्यालय, एकीकृत अध्यापन, सिकाइ र मूल्याङ्कन, विशेष शिक्षालगायत क्षेत्र समेटिएका थिए । कामपाले अबको करिब दुई महिनापछि राष्ट्रिय–अन्तरराष्ट्रिय साझेदार, विज्ञ, सरोकारवाला र बहुक्षेत्रीय पक्षलाई सहभागी गराएर शैक्षिक सम्मेलन आयोजना गर्ने जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक
त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक बुधबार, कात्तिक १२, २०८२
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP