Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • छिमेकीलाई दोषी देखाएर उम्किने दाउ
छिमेकीलाई दोषी देखाएर उम्किने दाउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १७, २०८२

नेपाल सर्वभौमसत्ता सम्पन्न देश हो । यद्यपि यहाँको सरकार परिवर्तनमा छिमेकी मुलुकदेखि शक्तिशाली राष्ट्रहरुले भूमिका खेल्ने शंकाउपशंका गरिन्छ । कहिले भारतले त कहिले चीनले, कहिले अमेरिकाले त कहिले अरू नै देशले । यस्तै ‘कन्स्पिरेसी थ्यौरी’को हल्ला चलाइन्छ । पछिल्ला दिनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकालाई भारतले नरुचाएको हल्ला चलेको धेरै भयो । गत असार मसान्तमा कांग्रेससँग मिलेर बनेको सरकारमा ओली प्रधानमन्त्री छन् ।

हुन त ओलीले अमेरिका र थाइल्याण्ड गरी दुईपटक भेटिसकेका छन् । तर भारतमा भने उनलाई मोदीले ‘रेड कार्पेट’ ओछ्याइदिएनन् । यसकारण पनि ओली नेतृत्वलाई भारतले नरुचाएको भन्दै बारम्बर समाचारको शीर्षक बन्दै आएको छ । यसबाट नेपाली मिडिया, नेपाली नेता भारत परस्त बन्दै गएको देखाउँछ ।

यसको पछिल्लो उदाहरण हो, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्ति । मंगलबारमात्र भारत भ्रमणबाट फर्केका बाबुरामले भारत नेपालको व्यवस्था नै उल्ट्याउने पक्षमा नरहेको बताए । राजावादी समूहको तारन्तर आन्दोलनबाट आत्तिएका सत्तापक्षधरलाई आड मिल्नेगरी बाबुरामले यस्तो बताएको देखिन्छ । किनभने पछिल्ला दिनमा संघीयता र गणतन्त्रमाथि प्रश्न उठेका छन् । यसको मूल कारण नेतातन्त्रले गर्दा हो । तर यसमा पनि नेताहरुले गणतन्त्र नचाहेको भन्दै भारतलाई नै दोष दिएर आफ्नो कमजोरी लुकाउने प्रयास गरिरहेका छन् ।

Hardik health

बाबुराममात्र हैनन् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि महिना दिनअघि भारतबाट फर्कने क्रममा यस्तै अभिव्यक्ति दिएकी थिइन् । चैत ७ गते भारतबाट फर्कने क्रममा आरजुले नेपालको व्यवस्था उल्ट्याउने वा सरकार नै परिवर्तन गर्ने पक्षमा भारत सरकार नरहेको बताएकी थिइन् । यसरी नेताहरुले निरन्तर भारतको चाहनाबारे भन्ने र मिडियाले यस्तै विषयलाई कन्टेन्ट बनाउँदा के प्रस्ट हुन्छ भने नेपाली नेताहरु भारतपरस्त भइरहेका छन् ।

काम आफू नगर्ने, आशा जगाउने खालका काम केही नगर्ने अनि दोषजति छिमेकी देशलाई लगाएर उम्किने ? यो नेताहरुको धूर्तता एकदम गलत भयो । यसरी जनतालाई झुक्याउने काम, ठग्ने काम गर्न हुन्न । दुई ठूला दल मिलेर सरकार बनेको सायदै इतिहास कमै छ । यस्तो अवस्थामा जोधाहा शैलीमा काम गर्नुपर्नेमा विकास र सुशासनमा पटक्कै ध्यान सरकारले पटक्कै ध्यान दिएको छैन । जनताको समस्या समाधान गर्नेतर्फ ध्यान दिएकै छैन । आफ्नो कमीकमजोरी लुकाउन गणतन्त्र जोखिममा परेको, छिमेकीले नचाहेको जस्ता विषय ओकल्नु र त्यस्तै पात्र प्रयोग गरेर बच्न खोज्नु दुर्भाग्यपूर्ण हो । कलान्तरमा यसले आफैंलाई हानि पुग्ने छ ।
 


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP