Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १५, २०८२

काठमाडौं- नेपालको नागरिक उड्डयन क्षेत्र सुरक्षित गर्ने गरी कानुन बनाइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेद्वारा प्रस्तुत ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद राजेन्द्रकुमार केसीले उड्डयन क्षेत्र सुरक्षित गर्न कानुनी व्यवस्था आवश्यक भएकाले विधेयक आएको बताए  । 

बैठकमा सांसद एकनाथ ढकालले प्राधिकरण सेवा प्रदायक र नियमनकारी दुवै निकायका रुपमा काम गरिरहेकामा यो विधेयकपछि त्यस्तो अवस्थाको अन्त्य हुने बताउनुभयो । यसबाट उड्डयन क्षेत्रमा सुधार हुने उनको विश्वास थियो ।

सांसद प्रेम सुवालले मन्त्रालयअन्तर्गतको संस्था स्वायत्त हुन नसक्ने भएकाले विधेयकमा स्वायत्त शब्द राख्न नहुने विचार राखे  । कुन काम सरकारले गर्ने र कुन निजी क्षेत्रलाई दिने भन्ने प्रस्ट हुनुपर्ने उनको विचार थियो । सौर्य एयर दुर्घटना हुँदा त्यसको सत्यतथ्य सार्वजनिक नभएको सांसद सुवालले सुनाए  । सांसद शिशिर खनालले नियामक र सेवाप्रदायक फरक निकाय हुने व्यवस्थाले स्वार्थको द्वन्द्व नभएर व्यवस्थित हुने विचार राखे  । विधेयकमा जवाफदेही हुने नदेखिएकाले त्यसलाई मिलाइनुपर्ने उनको भनाइ थियो । सार्वजनिक पारदर्शिता र सुरक्षाको विषयलाई पनि सुनिश्चित गर्न पनि सांसद खनालले माग गरे  ।

सांसद रोशन कार्कीले सञ्चालक समितिमा सरकारको नियन्त्रणले फेरि संस्थालाई राम्रो नगर्ने भएकाले खुला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था गनुपर्ने विचार राखे । सांसद उदयशम्शेर जबराले दुर्घटना हेर्ने छुट्टै निकायको व्यवस्था गरिनुपर्नेमा जोड दिए । सांसद रञ्जुकुमारी झाले यसअघिको सौर्य एयरको दुर्घटना जानी बुझी भएको जस्तो देखिएकाले वायु सेवा र नागरिक उड्डयन प्राधिकरण छुट्टा छुट्टै निकाय बनाएपछि सुधार हुने आशा गरिएको बताए। 

Hardik health

सांसद दुर्गा राईले आइतबार सेवा प्रदायक निकायको विषयमा र आज नियमनकारी निकायका बारेमा भइरहेको छलफलले अन्तरराष्ट्रियस्तरमा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिने गरी कार्यान्वयनमा जानुपर्ने बताए ।  सांसद बिमला सुवेदीले युरोपियन युनियन र आइकाओको सुरक्षा संवेदनशीलताको चासोका बारेमा विधेयकमा केही उल्लेख नगरिएको बताए । सांसद दामोदर पौडेल बरागीले दुर्घटना भएपछि कार्यदल बन्ने प्रतिवेदन आउने तर कार्यान्वयन नहुने विषयलाई विधेयकले केही गर्न खोजेको बताए।

सांसद शिव नेपालीले नेपालको हवाई यातायातलाई नयाँ उचाइमा लैजान विधेयकले सहयोग गर्ने बताए।     सांसद अमरेशकुमार सिंहले नेपालका नियामक निकाय सबै अपारदर्शितामा चलेकाले समस्या भएको बताए । अपारदर्शिताकै कारण समस्या आएकाले त्यसको समाधानमा पनि ध्यान दिन उनले अनुरोध गरे । 

सांसद लक्ष्मी तिवारीले नेपाल विश्वमा नागरिक उड्डयन क्षेत्रमा सुरक्षित छ भन्ने सन्देश दिने गरी विधेयक परिमार्जित गरिनुपर्ने बताए । सांसद जीवन परियारले नेपालको आकाश किन असुरक्षित भन्ने अन्तरराष्ट्रिय अभ्यासको अध्ययन गरी विधेयकलाई अन्तिम रुप दिनुपर्ने बताए । यो विधेयकलाई सकेसम्म प्रतिनिधिसभामै रोक्ने र नसके राष्ट्रियसभामा जान नदिने गरी षड्यन्त्र भइरहेकाले सचेत हुनुपर्ने बताए ।

सांसद रामकृष्ण यादवले नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि यो विधेयकले सहयोग गर्ने विश्वास गरे  । सञ्चालक समितिको अध्यक्ष मन्त्रीबाहेक अरू कोही हुने व्यवस्था गरिनुपर्ने उनको विचार थियो । सांसद रणेन्द्र बरालीले उड्डयन क्षेत्रमा राम्रो गर्नेहरु पदमा धेरै नटिक्ने गरेकाले कानुनसँगै यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए । सांसद नैनकला थापाले कानुनी व्यवस्थासँगै अप्ठ्यारोमा परेका सेवाग्राहीले विषयलाई सार्वजनिक गरेमात्र सुधार हुने विचार राखे । 

सांसद सुनिता बरालले यो विधेयक यसअघि राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामै नआएकाले अहिले पनि त्यस्तो हुने वातावरण आउन नदिनेतर्फ ध्यानाकर्षण गराए । शङ्काको सुविधालाई न्यूनीकरण गरी जवाफेहितालाई प्रवद्र्धन गर्ने विषय पनि विधेयकमा समेट्नुपर्ने उनको विचार छ ।


प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १७:१९
#प्रतिनिधिससभा बैठक
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP