Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सदनमा जनताको मुद्दा केन्द्रित होस्
सदनमा जनताको मुद्दा केन्द्रित होस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १५, २०८२

यतिबेला सदनमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी र सत्तापक्ष दल नेपाली कांग्रेसबीच एउटा विषयमा विवाद चर्र्किएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते भाटभटेनी लुटपाट प्रकरणमा कांग्रेस सहमहामन्त्रीका छोरा संलग्न रहेको आरोप लगाए । लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा लगाएको आरोप स्वतन्त्र सांसद अमरेश सिंहले वैशाख ८ गते एक एफएममा दिएको अन्तर्वार्ताको आधारमा बोलेका थिए ।

कांग्रेस सहमहामन्त्रीको छोराको कुरा आएपछि राप्रपा स्रोत भन्दै महेन्द्र यादवको छोरा भन्दै थप समाचार लेखिए । अमरेश सिंहले यो विषय प्रमाणित नभए आफूले सांसद पदबाटै राजीनामा दिने भनेर ठोकुवा गरे । स्वतन्त्र सांसद सिंह ‘मिस इन्फरमेसन’ दिन माहिर नेता मानिन्छन् । उनले भाटभटेनी घटनाको झण्डै २५ दिनपछि रेडियो अन्तर्वार्तामा बोलेको कुरा राप्रपा अध्यक्षले उद्धृत गरे । त्यही विषयलाई मिडियाले पनि प्राथमिकता दियो । उक्त समाचार लेखेको भन्दै प्रहरीले फेरि पत्रकारमाथि प्रश्न उठाए ।

यही कुरालाई प्रमाणित गरिदिन कांग्रेसले सदनमै राप्रपालाई चुनौती दियो । आइतबारको प्रतिनिधिसभा बैठकमा यही विषयले चर्चा पायो । प्रहरीले अरुलाई कारबाही गरेको तर कांग्रेस पदाधिकारीको छोरा भएकोले तुरुन्तै छाडेको प्रधान विषय भयो । तर अहिले चौतर्फी खोजी गर्दा पनि सिंह र लिङ्देनले लगाएको आरोप प्रमाणित हुन सकेको छैन । प्रहरीले यो विषय कपोलकल्पित भनेको छ ।

Hardik health

आफूले बोलेको हप्ता दिनसम्म पनि सिंहले प्रमाण दिन सकेका छैनन् भने राप्रपा अध्यक्ष लिङ्देनले त ‘रेकर्ड’ सुरक्षित रहेको भनेको चार दिन पुग्दा पनि प्रमाण बाहिर आएको छैन । यही विषयका कारण सदनमा जनताको सवालमा उठ्नुपर्ने मुद्दा छायामा परेको छ । जनताको सवालमा बोल्नुपर्ने समय खेर गएको छ । प्रमुख दल र विपक्षी दलबीच आउँदो बजेट कस्तो हुने, देशको बिग्रँदो अर्थतन्त्रलाई क

सरी सुधार्दै लैजाने भन्ने विषयमा छलफल चल्नुपथ्र्यो ।तर विपक्षी दलले सत्तापक्षलाई कसैगरी दोष देखाउने र सत्तापक्ष पनि यही विषयमा ‘मेरो गोरुको बाह्रै टक्का’ शैलीमा प्रमाण खोज्दै बस्नु उदेकलाग्दो छ । विपक्षले जे आरोप लगाए पनि सत्तारुढले सबैभन्दा पहिले जनतामा आशा छाउने खालको काम गर्ने हो । यस्तो विषयमा समय खेर फाल्ने हैन । अझ कांग्रेसजस्तो दलले यस्तो विषयमा जुहारी खेलेर बस्ने हैन । कोही कुनै घटनामा संलग्न छन् वा छैनन् भन्ने विषय सम्बन्धित निकायलाई जिम्मा दिने हो ।
 


प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP