Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #सुक्खा_बन्दरगाह
  • #विश्व_टेलिभिजन_दिवस
  • #बोराबाध
  • #बेलीब्रिज
  • #नेपाल उद्योग वाणिज्य महासंघ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बढे व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने 
बढे व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने 
ममता थापा
ममता थापा शुक्रबार, वैशाख १२, २०८२
  • युरोपेली मुलुकभन्दा यूएई नेपाली श्रमिकको आकर्षक गन्तव्य
  • अफ्रिकी मुलुक मरिसस्देखि दक्षिण एसियाको माल्दिभ्स पनि नेपालीको रोजाई
  • सवा लाख श्रमिक व्यक्तिगत श्रम स्वीकृति लिएरै पुगे वैदेशिक रोजगारीमा

काठमाडौं –व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । गत वर्षमात्र एक लाख २५ हजार २१२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजागरीमा पुगेका छन् । 

खाडी मुलुकदेखि युरोपेली देशहरु उनीहरुको प्रमुख रोजगार गन्तव्य बन्ने गरेको तथ्याङ्कले देखाउँछ । गत १२ महिनामा ९८ हजार ६८१ जना पुरुष र २६ हजार ५३१ जना महिला यसरी विदेश गएका छन् । सबैभन्दा बढी मंसिरमा १३ हजार ५९ जना र सबैभन्दा कम वैशाखमा ८ हजार ३१५ जना थिए । 

गत वर्ष यसरी सबैभन्दा बढी युवाहरु संयुक्त अरब इमिरेट्स (युएई) पुगेको देखिएको छ । यूएईमा २२ हजार ५ सय ३४ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । यूरोपियन मुलुकको तुलनामा सस्तो लागत, आधुनिक र काम गर्ने वातावरण सहज, श्रमिकले आयकर तिर्न नपर्ने, रोजगारीको अवसरजस्ता कारणले यूएईमा यसरी जानेहरुको रोजाइ बनेको देखिन्छ । पछिल्लो केही वर्ष यता यूएई नेपालको पहिलो रोजगार गन्तव्य बन्दै आएको छ । 

यूएईपछि दोस्रो आकर्षक गन्तव्य रोमानिया देखिएको छ । एक त यूरोपेली मुलुक, त्यसमाथि श्रम बजार विस्तार, यही कारण व्यक्तिगत श्रम स्वीकृति लिएरै रोमानिया जाने बढ्न थालेको पछिल्लो ‘ट्रेन्ड’ले देखाउँछ । रोमानियाले उत्पादन, कृषि, निर्माणजस्ता क्षेत्रमा श्रमिकको माग बढ्दो छ । दक्षिण एसियाली मुलुकबाट जानेका लागि निकै आकर्षत तलब, अन्य यूरोपेली मुलुकको तुलनामा कम खर्च, कानुनी प्रक्रिया पुरा गरे यूरोपियन यूनियनका अन्य मुलुकमा सजिलै प्रवेश पाउनेजस्ता कारणले गर्दा त्यहाँ जानेहरुको संख्या बढ्दो छ । अघिल्लो वर्ष १७ हजार ८५६ नेपाली रोमानिया पुगेका थिए  । 

Hardik health

रोमानियापछि जापान, क्रोएसिया, कतार र कुवेत प्रमुख गन्तव्य भएको तथ्याङ्कले देखाउँछ । गत वर्ष यसरी जापान जानेको संख्या १४ हजार ६६२ थियो । आकर्षक तलब सुविधा, सुरक्षित र अनुशासित वातावरण, श्रमलाई सम्मान गर्ने कारणले जापान श्रमिकको रोजाइमा परेको देखिन्छ । गत वर्ष १३ हजार ९८६ जना क्रोएसिया पुग्दा संस्थागत हिसाबले कोही पनि क्रोएसिया गएनन् । 

खाडी मुलुक कतार व्यक्तिगत श्रम स्वीकृति लिएर जाने मुलुकको पाँचौ स्थानमा छ । गत वर्ष यसरी कतार जानेको संख्या ११ हजार ४७८ जना रहेको छ । आयकर तिर्न नपर्ने, कामदारको उच्च माग, सस्तो लागतका कारण पनि कतार रोज्नेहरुको संख्या बढेको हो । 

यसरी जानेको छैटौं गन्तव्य हो माल्दिभ्स । त्यहाँका होटल, रेस्टुरेन्ट, हाउसकिपिङजस्ता क्षेत्रमा श्रमिकको माग उच्च छ । गत वर्ष ७ हजार ४६९ जना यहाँ गएका छन् । कुवेत व्यक्तिगत श्रम स्वीकृति लिएर जाने मुलुकको साताँै स्थानमा छ । 

कुवेतपछि अफ्रिकी मुलुक मरिसस जानेको संख्या बढी छ । मरिससमा पर्यटन, कृषि, निर्माणजस्ता क्षेत्रमा श्रमिकको माग बढ्दो छ । त्यसपछि माल्टा, युरोपेली मुलुक सर्बिया नेपाली श्रमिकको आकर्षक गन्तव्य बनेको देखिन्छ ।

 व्यक्तिगत श्रम स्वीकृति लिएर कुन देशमा कति नेपाली श्रमिक पुगे ? 
गन्तव्य    संख्या

संयुक्त अरब इमिरेट्स (यूएई) 
   २२,५३४
रोमानिया     १७,८५६
जापान    १४,६६२
क्रोएसिया     १३,९८६
कतार  
 ११,४७८
माल्दिभ्स    ७,४६९
कुवेत     ३,९०६
मरिसस्     ३,७०१
माल्टा    २,५०३
सर्बिया     २,४९४







 


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
गौशाला प्रहरी वृत्तलाई संघको भवन
गौशाला प्रहरी वृत्तलाई संघको भवन बिहीबार, मंसिर ११, २०८२
यूएईले दिन थाल्यो भिसा, माग्यो पुलिस रिपोर्ट 
यूएईले दिन थाल्यो भिसा, माग्यो पुलिस रिपोर्ट  बिहीबार, मंसिर ११, २०८२
सीप सिकेरमात्र वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो
सीप सिकेरमात्र वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो बुधबार, मंसिर १०, २०८२
ओमानद्वारा आप्रवासी कामदारको भर्ना नियमन गर्न संघ स्थापना
ओमानद्वारा आप्रवासी कामदारको भर्ना नियमन गर्न संघ स्थापना मंगलबार, मंसिर ९, २०८२
आप्रवासी श्रमिकलाई निष्कासन गर्न सकिने कडा प्रावधान
आप्रवासी श्रमिकलाई निष्कासन गर्न सकिने कडा प्रावधान मंगलबार, मंसिर ९, २०८२
जापान कामदार पठाउने पुरानो निर्देशिका बल्ल खारेजीको सिफारिस
जापान कामदार पठाउने पुरानो निर्देशिका बल्ल खारेजीको सिफारिस सोमबार, मंसिर ८, २०८२
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने आइतबार, मंसिर ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP