Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बढे व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने 
बढे व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने 
ममता थापा
ममता थापा शुक्रबार, वैशाख १२, २०८२
Energy Drink Energy Drink
  • युरोपेली मुलुकभन्दा यूएई नेपाली श्रमिकको आकर्षक गन्तव्य
  • अफ्रिकी मुलुक मरिसस्देखि दक्षिण एसियाको माल्दिभ्स पनि नेपालीको रोजाई
  • सवा लाख श्रमिक व्यक्तिगत श्रम स्वीकृति लिएरै पुगे वैदेशिक रोजगारीमा

काठमाडौं –व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । गत वर्षमात्र एक लाख २५ हजार २१२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजागरीमा पुगेका छन् । 

खाडी मुलुकदेखि युरोपेली देशहरु उनीहरुको प्रमुख रोजगार गन्तव्य बन्ने गरेको तथ्याङ्कले देखाउँछ । गत १२ महिनामा ९८ हजार ६८१ जना पुरुष र २६ हजार ५३१ जना महिला यसरी विदेश गएका छन् । सबैभन्दा बढी मंसिरमा १३ हजार ५९ जना र सबैभन्दा कम वैशाखमा ८ हजार ३१५ जना थिए । 

गत वर्ष यसरी सबैभन्दा बढी युवाहरु संयुक्त अरब इमिरेट्स (युएई) पुगेको देखिएको छ । यूएईमा २२ हजार ५ सय ३४ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । यूरोपियन मुलुकको तुलनामा सस्तो लागत, आधुनिक र काम गर्ने वातावरण सहज, श्रमिकले आयकर तिर्न नपर्ने, रोजगारीको अवसरजस्ता कारणले यूएईमा यसरी जानेहरुको रोजाइ बनेको देखिन्छ । पछिल्लो केही वर्ष यता यूएई नेपालको पहिलो रोजगार गन्तव्य बन्दै आएको छ । 

यूएईपछि दोस्रो आकर्षक गन्तव्य रोमानिया देखिएको छ । एक त यूरोपेली मुलुक, त्यसमाथि श्रम बजार विस्तार, यही कारण व्यक्तिगत श्रम स्वीकृति लिएरै रोमानिया जाने बढ्न थालेको पछिल्लो ‘ट्रेन्ड’ले देखाउँछ । रोमानियाले उत्पादन, कृषि, निर्माणजस्ता क्षेत्रमा श्रमिकको माग बढ्दो छ । दक्षिण एसियाली मुलुकबाट जानेका लागि निकै आकर्षत तलब, अन्य यूरोपेली मुलुकको तुलनामा कम खर्च, कानुनी प्रक्रिया पुरा गरे यूरोपियन यूनियनका अन्य मुलुकमा सजिलै प्रवेश पाउनेजस्ता कारणले गर्दा त्यहाँ जानेहरुको संख्या बढ्दो छ । अघिल्लो वर्ष १७ हजार ८५६ नेपाली रोमानिया पुगेका थिए  । 

Ncell
Hardik health

रोमानियापछि जापान, क्रोएसिया, कतार र कुवेत प्रमुख गन्तव्य भएको तथ्याङ्कले देखाउँछ । गत वर्ष यसरी जापान जानेको संख्या १४ हजार ६६२ थियो । आकर्षक तलब सुविधा, सुरक्षित र अनुशासित वातावरण, श्रमलाई सम्मान गर्ने कारणले जापान श्रमिकको रोजाइमा परेको देखिन्छ । गत वर्ष १३ हजार ९८६ जना क्रोएसिया पुग्दा संस्थागत हिसाबले कोही पनि क्रोएसिया गएनन् । 

खाडी मुलुक कतार व्यक्तिगत श्रम स्वीकृति लिएर जाने मुलुकको पाँचौ स्थानमा छ । गत वर्ष यसरी कतार जानेको संख्या ११ हजार ४७८ जना रहेको छ । आयकर तिर्न नपर्ने, कामदारको उच्च माग, सस्तो लागतका कारण पनि कतार रोज्नेहरुको संख्या बढेको हो । 

यसरी जानेको छैटौं गन्तव्य हो माल्दिभ्स । त्यहाँका होटल, रेस्टुरेन्ट, हाउसकिपिङजस्ता क्षेत्रमा श्रमिकको माग उच्च छ । गत वर्ष ७ हजार ४६९ जना यहाँ गएका छन् । कुवेत व्यक्तिगत श्रम स्वीकृति लिएर जाने मुलुकको साताँै स्थानमा छ । 

कुवेतपछि अफ्रिकी मुलुक मरिसस जानेको संख्या बढी छ । मरिससमा पर्यटन, कृषि, निर्माणजस्ता क्षेत्रमा श्रमिकको माग बढ्दो छ । त्यसपछि माल्टा, युरोपेली मुलुक सर्बिया नेपाली श्रमिकको आकर्षक गन्तव्य बनेको देखिन्छ ।

 व्यक्तिगत श्रम स्वीकृति लिएर कुन देशमा कति नेपाली श्रमिक पुगे ? 
गन्तव्य    संख्या

संयुक्त अरब इमिरेट्स (यूएई) 
   २२,५३४
रोमानिया     १७,८५६
जापान    १४,६६२
क्रोएसिया     १३,९८६
कतार  
 ११,४७८
माल्दिभ्स    ७,४६९
कुवेत     ३,९०६
मरिसस्     ३,७०१
माल्टा    २,५०३
सर्बिया     २,४९४







 


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया ‘सिण्डिकेट’ प्रकरण: सहायक संस्थाको सूचीमा परेका व्यवसायी संघमा पुगेपछि विवाद
मलेसिया ‘सिण्डिकेट’ प्रकरण: सहायक संस्थाको सूचीमा परेका व्यवसायी संघमा पुगेपछि विवाद मंगलबार, असोज ६, २०८३
‘रिटर्नी’को सीप विकास तालिम पहिचान गरिने
‘रिटर्नी’को सीप विकास तालिम पहिचान गरिने मंगलबार, असोज ६, २०८३
मलेसिया रोजगारीमा सिण्डिकेट रोक्न प्रधानमन्त्री शाहले गरे मलेसियाका प्रधानमन्त्रीसँग फोनवार्ता
मलेसिया रोजगारीमा सिण्डिकेट रोक्न प्रधानमन्त्री शाहले गरे मलेसियाका प्रधानमन्त्रीसँग फोनवार्ता मंगलबार, असोज ६, २०८३
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया सोमबार, असोज ५, २०८३
भदौमा १० हजारले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या
भदौमा १० हजारले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या आइतबार, असोज ४, २०८३
साउनमा भित्रियो दुई खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स
साउनमा भित्रियो दुई खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स शुक्रबार, असोज २, २०८३
विभागले २५ व्यवसायीसँग माग्यो पाँच वर्षको विवरण
विभागले २५ व्यवसायीसँग माग्यो पाँच वर्षको विवरण शुक्रबार, असोज २, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP