Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • ओलीको गलत अडानले अस्तव्यस्त शिक्षा क्षेत्र
ओलीको गलत अडानले अस्तव्यस्त शिक्षा क्षेत्र
दिपा सुनुवार
दिपा सुनुवार बुधबार, वैशाख १०, २०८२

 

  • कक्षा १२ को परीक्षा अन्तिम समयमा स्थगित 
  • शिक्षकलाई बाइपास गरेर परीक्षा सञ्चालन गरिछाड्ने ओलीको प्रयास निजामती कर्मचारीको असहयोगले विफल 
  •  शिक्षकको माग सम्बोधनमा गम्भीर बन्नुको सट्टा निरन्तर गैरजिम्मेवार अभिव्यक्ति
  • शिक्षामन्त्रीको राजीनामासँगै चौतर्फी ओलीको आलोचना

काठमाडौं– शिक्षकहरुको माग सम्बोधन गर्न सरकार जिम्मेवार बन्न नसक्दा मुलुकको शिक्षा क्षेत्र अस्तव्यस्त बनेको छ । पेलेरै आन्दोलन मत्थर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको गलत अडानले एकपछि अर्को समस्या निम्त्याइरहेको छ । समस्या समाधानमा उनी गैरजिम्मेवार देखिएका छन्, जसकारण उनको सार्वजनिकरूपमा आलोचना बढ्दो छ ।

२१ दिनदेखि काठमाडौंको सडकमा आन्दोलनरत शिक्षकहरूलाई चर्को आलोचना गरेर बिच्काएपछि विद्यालय नफर्किंदा कक्षा १२ को परीक्षा सार्नुपर्ने अवस्थामा राष्ट्रिय परीक्षा बोर्ड पुग्यो । अब आज नयाँ परीक्षा तालिका प्रकाशन गर्ने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा सञ्चालन गर्न शिक्षक आन्दोलनले गर्दा कठिन भएको बताए । त्यही भएर परीक्षा वैशाख २१ गतेबाट सुरु गर्ने गरी स्थगित गर्नुपर्ने अवस्थामा आइपुगेको उनले प्रभावलाई बताए । 

यसअघि बोर्डले राज्यका तीनवटै तहको संयन्त्र प्रयोग गरेर कक्षा १२ को परीक्षा गर्ने तयारी गरिरहेको जनाएको थियो । त्यसबेला आन्दोलनरत शिक्षकहरूले परीक्षा सञ्चालनमा सहयोग नगर्ने बताएका थिए । नभन्दै सरकार कक्षा १२ को परीक्षा सञ्चालनभन्दा पनि स्थगन गर्न सरकार बाध्य भयो । प्रभानमन्त्री ओलीले सोमबार शिक्षकहरूलाई होच्याउँदै भनेका थिए, ‘के शिक्षा ऐन सडकबाट बन्ने हो र ?’ यसअघि उनले ५२ प्रतिशत विद्यार्थी फेल गर्ने शिक्षकहरूको सेवासुविधाको माग सम्बोधन गर्न नसकिने बताएका थिए । प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिले शिक्षकहरूलाई थप आक्रोशित बनाएको छ । 

Hardik health

उनको उपेक्षा र असहयोगका कारण शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिइन् । भट्टराईलाई प्रधानमन्त्री ओलीबाट नै असहयोग भएको कुरा नेकपा एमालेभित्रबाटै उठ्न थालेको छ । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विद्या सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले शिक्षामन्त्रीबाट राजीनामा दिनुपरेको हो ? भन्दै प्रश्न गरेकी छन् ।शाक्यले लेखिन्, ‘विद्या भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ?’

शिक्षक आन्दोलन चलिराखेको बेला मन्त्री भट्टराईले राजीनामा किन दिनुपरेको भन्दै शाक्यले प्रश्न उठाएकी छन् । त्यस्तै, एमाले नेता रचना खड्काले पनि भट्टराईको राजीनामालाई लिएर सामाजिक सञ्जालमा लेखेकी छन्, ‘योग्य वा इमानदारमात्र हुन जति सजिलो छ, योग्य र इमानदार दुवै हुन कयौं गुणा बढी कठिन छ । तपाईं योग्य र इमानदार दुवै हो दिदी ।’ एमाले नेता उषाकिरण तिमिल्सेनाले भट्टराईले राजीनामा दिनु घटना भए पनि विद्याहरूलाई टिक्न नदिने अभ्यास भएको टिप्पणी गरेकी छन् । ‘विद्या दिदीले राजीनामा दिनु घटना हो तर विद्याहरू टिक्न नसक्नु वा नसक्ने बनाइनु हाम्रो अभ्यासमा गम्भीर समस्या हो,’ उनले भनिन् ।

यसअघि प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई राजीनामा दिन बाध्य पारेका थिए । बरालका अनुसार उनलाई असहयोग गर्ने, करारका प्राध्यापकलाई स्थायी गराउन दबाब दिने, पछिल्ला दिनमा भने फोन उठाउनै छाडेका थिए । यी कारणले बरालको राजीनामा आएको थियो । प्रधानमन्त्री ओलीले नै त्रिविसभामा उपकुलपति बरालले योजना परिषद्, कार्यकारी परिषद्बाट पास भएर प्रि–सभामासमेत छलफल भएको नीति तथा कार्यक्रम रोकिदिएका थिए । उनले भनेका थिए, ‘सिद्धान्ततः नीतिअनुसार बजेट आउने हो । नीतिविनाको बजेट पास गरेर उल्टो बाटो भयो । आज विश्वविद्यालयले हा¥यो । अरु कसैले जित्यो होला ।’

नीति तथा कार्यक्रम प्रधानमन्त्रीकै दबाबमा मंसिरमा आएर मात्रै पारित गरिएको थियो । त्यसपछि त्रिविका उपकुलपति बराल र प्रधानमन्त्री ओलीबीच विवाद समाधान भएन । राजीनामा दिँदा स्वास्थ्यको कारण देखाइए पनि प्रमुख कारण प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको बताइन्छ । यसअघि उनले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएका थिए । 

ओलीले प्रधानमन्त्री हुनेबित्तिकै उद्योगमा काटिएको विद्युत् लाइन जोड्न प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई ठाडो निर्देशन दिए । गत ४ साउनमा डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएका छ उद्योगको लाइन जोड्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए । कार्यकारी निर्देशक घिसिङले प्रधानमन्त्री ओलीको मौखिक आदेश कार्यान्वयन गर्न अस्वीकार गरे ।

घिसिङले सञ्चालक समितिको बैठकबाट निर्णय गर्नुपर्ने जवाफ दिएका थिए । त्यसपछि पनि प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नै बैठक बसेर निर्णय गर्न भनेका थिए ।प्रधानमन्त्री ओलीको निर्देशनअनुसार बोर्ड अध्यक्षसमेत रहेका ऊर्जामन्त्री खड्काले बोर्ड बैठक राखेका थिए । तर, ऊर्जामन्त्री खड्काले राखेको बोर्ड बैठकमा पनि कार्यकारी निर्देशक घिसिङले काटिएका उद्योगमा पुनः लाइन जोडिदिने निर्देशन ऊर्जा मन्त्रालयबाटै आउनुपर्ने अडान राखेका थिए । ऊर्जा मन्त्रालय स्रोतका अनुसार कार्यकारी निर्देशक घिसिङले मन्त्रालयले नै निर्देशन दिनुपर्ने भनेर काटिएका उद्योगमा पुनःलाइन जोड्ने निर्णय हुन दिएनन् । 

यसपछि ओली र घिसिङबीच लडाइँ सुरु भयो । आफ्नो निर्देशन पालना गर्न अटेर गरेका घिसिङसँग प्रधानमन्त्री ओली रुष्टमात्र भएनन्, इगो नै लिए । ओलीले सामाजिक सञ्जालमा उल्टै छ अर्ब रुपैयाँमात्र होइन, २२ अर्ब उठाउनुपर्छ, किन नउठाएको भनेर प्रश्न गरेका थिए ।
 


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा आइतबार, असार २८, २०८३
वालेन्द्र शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दुर्गा प्रसाईंकाे भनाई
वालेन्द्र शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दुर्गा प्रसाईंकाे भनाई आइतबार, असार २८, २०८३
बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन आइतबार, असार २८, २०८३
सुकुम्बासी समस्या समाधान गर्न आग्रह
सुकुम्बासी समस्या समाधान गर्न आग्रह आइतबार, असार २८, २०८३
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी आइतबार, असार २८, २०८३
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’ आइतबार, असार २८, २०८३
वन फूलले सिँगारिँदा ढोरपाटनकाे  साैन्दर्य
वन फूलले सिँगारिँदा ढोरपाटनकाे साैन्दर्य आइतबार, असार २८, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP