Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शिक्षकको माग सम्बोधन गर्न प्रधानमन्त्री तयार नभएपछि शिक्षामन्त्री भट्टराईको राजीनामा
शिक्षकको माग सम्बोधन गर्न प्रधानमन्त्री तयार नभएपछि शिक्षामन्त्री भट्टराईको राजीनामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ९, २०८२
  •  २० दिनदेखि शिक्षक आन्दोलन रोक्न नसकेपछि राजीनामा 
  •  शिक्षा ऐनमार्फत शिक्षकको माग सम्बोधन गर्ने कार्यमा आफ्नै पार्टीका प्रधानमन्त्री ओलीले साथ नदिएको स्रोतको भनाइ
  •  भट्टराईले स्वास्थ्यको कारण खुलाए पनि शिक्षा ऐन जारी गर्न नसक्नु नै मुख्य कारण
  •  शिक्षा ऐन ल्याउन नसके पद छाड्ने घोषणा यसअघि नै गरेकी थिइन्

काठमाडौं– शिक्षामन्त्री विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराईले राजीनामा दिएकी हुन् ।

उनका प्रेस संयोजक रामजी लम्सालले राजीनामाको कारण भने खुलाएनन् । ‘के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन,’ लम्सालले भने ।विद्यालय शिक्षा ऐनको माग गर्दै सरकारी विद्यालयका शिक्षकहरु आन्दोलनमा छन् । उनीहरुले २० दिनअघिदेखि आन्दोलन जारी राखेपछि दबाबमा परेकी मन्त्री भट्टराईले अन्ततः राजीनामा दिएकी हुन् ।

शिक्षामन्त्रीले राजीनामापत्रमा स्वास्थ्यको कारण खुलाएको स्रोतको भनाइ छ । तर, शिक्षकको मुख्य माग रहेको शिक्षा ऐन जारी गर्न नसकेपछि राजीनामा दिएकी हुन् । उनलाई शिक्षकको माग सम्बोधनका लागि आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले साथ नदिएको स्रोतको भनाइ छ । यद्यपि, एमालेका नेताहरु भट्टराई आफैंले काम गर्न नसकेर  बताउँछन् । 

गत माघ १७ गते एमालेनिकट शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद् बैठकमा भट्टराईले शिक्षा ऐन ल्याउन नसके पद छाड्ने घोषणा गरेकी थिइन् । ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु । विधेयक ल्याउने भनेर बसेको हो । सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ,’ उनले भनेकी थिइन् ।

Hardik health

एमाले नेता महेश बस्नेतले राजीनामा आउनुमा भट्टराईकै कमजोरी भएको टिप्पणी गरेका छन् । ‘शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटंगिएपछि राजीनामा दिनुभएको छ । आन्दोलन नटुंगिनु, शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असरस्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्रीकै कमजोरीको संकेत हो,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनी मन्त्री भएदेखि नै कार्यसम्पादनमा कमजोरी देखिएको थियो । त्रिभुवन विश्वविद्यालयमा डिन नियुक्तिमा कुनै काम गर्न नसकेपछि प्रधानमन्त्री ओलीले प्रत्यक्ष हस्तक्षेप गरेका थिए । ‘मन्त्री भएको बेला देखि नै उनको कार्यसम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो व्यापक बढेकै थियो,’ नेता बस्नेतले भनेका छन् ।

यसैगरी विदेशी सम्बन्धन प्राप्त कलेजहरुलाई अनुगमन गर्ने गरी अघि बढे पनि भट्टराईको कार्यकालमा केही भएन । नेपालमा विदेशस्थित कलेजहरु छ्यापछ्याप्ती खुलेका छन् । द वल्ड हाइयर एजुकेसनको हजार सूचीमा सूचीकृत कलेजलाई स्तरीय कलेज मानिन्छ । तर नेपालमा हजारको वरीयतामा नपरेका विदेशी सम्बन्धन प्राप्त कलेजहरु प्रशस्त छन् । तिनलाई नियमन गर्न कानुनी मस्यौदा शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखाले अघि बढाए पनि मन्त्री भट्टराईले यसमा केही गर्न सकिनन् ।

सोमबारको मन्त्रिपरिषद्अघि शिक्षक आन्दोलनबारे छलफल गर्न भट्टराईलाई प्रधानमन्त्री ओलीले बालुवाटार डाकेका थिए । सोही भेटमा भट्टराईले राजीनामा दिएकी हुन् । यसबारे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा भने कुनै ब्रिफिङ नगरेको कानुनमन्त्री अजयकुमार चौरासियाले बताए । ‘क्याबिनेटमा शिक्षामन्त्रीको राजीनामाबारे केही कुरा भएन,’ मन्त्री चौरासियाले भने ।

एमालेमा गुटगत झगडा मिलाउने क्रममा भट्टराई गत ३१ असारमा शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन् । कास्की क्षेत्र नम्बर–२ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संघीय सांसद बनेकी हुन् । उनका श्रीमान् (तत्कालीन पर्यटनमन्त्री) रवीन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकप्टर दुर्घटनामा निधन भएपछि भट्टराई उपप्राध्यापकबाट राजीनामा दिएर राजनीतिमा सक्रिय भएकी हुन् । २०७६ मा भएको उपनिर्वाचनमा भट्टराई कास्कीबाट निर्वाचित भएर पहिलोपटक संसद् छिरेकी थिइन् । त्यसपछि २०७९ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट दोस्रोपटक निर्वाचित भएकी थिइन् । भट्टराईले राजनीतिमा लाग्दा आफ्नो स्थायी जागिर र श्रीमान् गुमेको बताउँदै आएकी छन् ।


नयाँ शिक्षामन्त्री को ?

नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको संयुक्त सरकारमा शिक्षा एमालेको भागमा परेको मन्त्रालय हो । भट्टराईले पद छाडेसँगै मन्त्रिपरिषद्मा डा. आरजु राणा देउवामात्र महिला मन्त्री छन् । त्यसैले पनि एमालेले महिलालाई नै शिक्षा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको देखिन्छ ।

एमाले नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले अञ्जन शाक्यलाई यो मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् । शाक्य प्रधानमन्त्री ओलीकी विश्वासपात्र हुन् । शाक्य अहिले राष्ट्रियसभा सदस्य छिन् । उनलाई एमालेको कोटामा राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको हो । वर्ष दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन् । इजरायलको राजदूत भएर फर्किएपछि शाक्यले राष्ट्रिय सभामा जिम्मेवारी पाएकी हुन् । त्यसअघि उनी एमालेको विदेश विभागकी सचिव थिइन् । 
 


प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु बिहीबार, चैत ५, २०८२
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता सोमबार, चैत २, २०८२
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन सोमबार, चैत २, २०८२
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने बिहीबार, फागुन २८, २०८२
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह मंगलबार, फागुन १२, २०८२
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त मंगलबार, फागुन १२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP