Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजावादी आन्दोलनमा एक्लिँदै लिङ्देन
राजावादी आन्दोलनमा एक्लिँदै लिङ्देन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, वैशाख ८, २०८२
  • पूर्वराजा ज्ञानेन्द्रले ‘लञ्च मिटिङ’मा दिएको सुझाव नमानेको भन्दै लिङ्देनको आलोचना
  • संयुक्त जनआन्दोलन समिति, राप्रपा नेपाल, केशरबहादुर विष्ट समूहलगायतसँगै आन्दोलन बढाउन लिङ्देन अनिच्छुक
  • निषेधित क्षेत्र तोड्न गरिएको प्रदर्शन असफल बनेपछि राप्रपाभित्रै बढ्यो असन्तुष्टि

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई शुक्रबार ‘मन सानो नगर्न’ सुझाए । देशमा राजसंस्था फर्काउने माहोल बन्दै गएको र एक्लै अघि बढ्नेभन्दा पनि समान विचारधारा भएका दल, समूह र अभियानलाई साथै लिएर अघि बढ्न उनको आग्रह थियो । जवाफमा लिङ्देनले ‘हुन्छ’ भनेको शुक्रबारको लञ्च मिटिङमा सहभागी एक नेताले प्रभावलाई बताए ।

लञ्च मिटिङको अघिल्लो दिन राप्रपाले काठमाडौंमा आइतबार निषेधित क्षेत्र तोड्ने निर्णय गरेको थियो । सरकारले शनिबारमात्रै निषेधित क्षेत्र तोडे कारबाही गर्ने चेतावनी दिएको थियो । तर, राप्रपा पछि हटेन । आइतबार सिंहदरबारमा पार्टी संसदीय दलको कार्यालय जाने भनेर मध्याह्न झुक्याएर प्रदर्शन गरे । अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत सात जना पक्राउ परे । साँझ सबै रिहा भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । 

तर, निषेधित क्षेत्र तोड्न गरिएको प्रदर्शनमा राप्रपामात्रै सहभागी बन्यो । प्रदर्शनको उद्देश्य भने यसअघि पक्राउ परेका पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमशेर जबरालगायत नेता कार्यकर्ताको रिहाका लागि दबाब सिर्जना गर्नु थियो । संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनासँगै संघीयता खारेजी अन्त्य गर्नुपर्ने माग छ । यिनै मागसहित अघोषितरूपमा पूर्वराजा ज्ञानेन्द्रले गठन गराएको भनिएको संयुक्त जनआन्दोलन परिचालन समिति छ । समितिको कार्यवाहक संयोजक डा. जगमान गुरुङ छन् । तर, उनलाई राप्रपाले आन्दोलनमा सहभागी गराएन । प्रदर्शनमा एक्लै उत्रियो । यसपटक राप्रपाको प्रदर्शनलाई कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालले पनि समर्थन गरेन । कारण, गत वर्षको २६ चैतमा काठमाडौंको बल्खुमा प्रदर्शन गर्दा पनि राप्रपाले समान राजनीतिक गन्तव्य भएका दल, समूह र अभियानलाई सहभागी गराएको थिएन । 

यसपछि राप्रपा अध्यक्ष लिङ्देनलाई शुक्रबार ज्ञानेन्द्रले ‘सानो मन नगर्न’ सुझाएका थिए । आइतबार प्रदर्शनमा फेरि उनले सानै चित्त देखाएको राप्रपाका कार्यसम्पादन समिति सदस्य जनकराज पाठकले टिप्पणी गरे । उनले भने, ‘राप्रपाको राजनीतिक प्रतिवेदनमै समान विचारधारा भएका दल, समूह, अभियानदेखि स्वतन्त्र नागरिकलाई राजसंस्था र हिन्दूअधिराज्य पुनस्र्थापनाको आन्दोलनमा कार्यगत एकता गरेर अघि बढ्ने उल्लेख छ । तर, पछिल्ला आन्दोलनहरूमा अध्यक्षले नै समन्वय गर्नुभएन । उहाँलाई कार्यसम्पादन समिति बैठकमा पनि हलबाट मिलाएर लैजाऔं सबैलाई भन्ने सुझाव अएको थियो ।’

Hardik health

उसो त लिङ्देनले संयुक्त जनआन्दोलन समिति र समिति नेतृत्व गुरुङलाई स्वीकारेका छैनन् । यसअघि सुवेदीलाई पनि उनले अस्वीकार गरेका थिए । आइतबार काठमाडौंमा निषेधित क्षेत्र तोड्न गरिएको प्रदर्शनमा पनि लिङ्देनले सहभागी गर्न अनिच्छा प्रकट गरे । राप्रपाको संस्थापनइतरधारको नेतृत्व गरेका महामन्त्री डा. धवलशमशेर जबरापक्ष भने गुरुङ नेतृत्वको समितिलाई राजसंस्था पुनस्र्थापनाको आन्दोलनमा सँगसँगै लिएर अघि बढ्नुपर्ने पक्षमा छ । राप्रपा नेपाल, केशरबहादुर विष्ट नेतृत्वको समूह र दुर्गा प्रसाईं नेतृत्वको समूहलाई पनि आन्दोलनमा एकताबद्ध गरेर लानुपर्नेमा जोड दिँदै आएको छ । तर, लिङ्देनलाई अस्वीकार्य छ । 

धवलनिकट एक पदाधिकारीका अनुसार राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको संयोजक लिङ्देन स्वयं हुन चाहेका थिए । निर्मलनिवासले भने उनलाई पत्याए । यसपछि लिङ्देन रुष्ट छन् । राप्रपा नेतृत्वबाट आफूलाई हटाउँदै लिङ्देनलाई ल्याउन भने चार वर्षअघि महाधिवेशनमै निर्मलनिवासले हस्तक्षेप गरेको आरोप कमल थापाले गरेका थिए । तर, त्यसबेला निर्मलनिवासको विश्वास जितेका लिङ्देन चार वर्षमै अविश्वासिला बनेको राप्रपाकै एक पदाधिकारी बताउँछन् । धवलनिकट ती पदाधिकारीको शब्दमा लिङ्देनलाई सोही कारण राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको संयोजक पत्याइएन । बरु, विवादित मेडिकल व्यवसायी प्रसाईं १५ चैतको प्रदर्शनमा जनकमाण्डर निर्मलनिवासबाटै तोकिए । उक्त प्रदर्शन हिंसात्मक बन्यो । त्यसपछि फरार भएर भारत पुगेका उनी पक्राउ परेर काठमाडौं प्रहरीको हिरासतमा छन् । 

लिङ्देन भने संयोजक न जनकमाण्डर भए । राजनीतिक विश्लेषक भीम भुर्तेल भन्छन्, ‘लिङ्देनको दुवै पटक संसद् यात्रा गणतन्त्रवादीले काँध हालेर सम्भव भएको हो । त्यही भएर उनी राजसंस्थाको मुद्दा बोक्ने दलको नेता भए पनि गणतन्त्रप्रति आत्मिकरूपमा नरम छन् । त्यसो हुँदा उनलाई ज्ञानेन्द्रले अविश्वास गर्नु स्वाभाविकै हो ।’फेरि लिङ्देन माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गणतान्त्रिक सरकारमा यसअघि उपप्रधान तथा ऊर्जामन्त्री भइसकेका छन् । सरकारका हरेक मन्त्रीको एउटा कार्यभार मौजुदा व्यवस्था (संघीय लोकतान्त्रिक गणतन्त्र) लाई जोगाउने हुन्छ । अहिले पनि लिङ्देनलाई गणतन्त्रवादीको सरकारमा जान खुट्टा उचालिरहेको आरोप लाग्छ । 

जबकि, १५ जेठ २०६५ मा देशमा गणतन्त्र घोषणा भएपछि राप्रपाको मूल उद्देश्य नै संवैधानिक राजसंस्था पुनस्र्थापना हो । तर, दाहाल सरकारमा लिङ्देन सहभागी भएसँगै ज्ञानेन्द्रको विश्वास लिङ्देनले गुमाएको राजनीतिक विश्लेषक भुर्तेललाई लागेको छ । 


आन्दोलन फितलो, नेता–कार्यकर्ता असन्तुष्ट
राप्रपाको मूल आन्दोलन परिचालन समिति संयोजकसमेत हुन्– राजेन्द्र लिङ्देन । उनकै नेतृत्वमा आइतबार काठमाडौंमा निषेधित क्षेत्र तोड्ने घोषित कार्यक्रम थियो, जुन यही ४ वैशाखमा कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार हो । 

राप्रपा केन्द्रीय सदस्यहरू भएको पार्टीको ह्वाट्सएप ग्रुपमा शनिबार सचिवालयबाट सूचना जारी भयो, त्यहाँ लेखिएको थियो– बिजुलीबजारमा भेला भएर प्रदर्शन गर्दै जाने र बानेश्वर क्षेत्रको निषेधित क्षेत्र तोड्ने । त्यसको नेतृत्व अध्यक्षले गर्ने । सूचनाअनुसार केन्द्रीय सदस्यहरू तयार थिए । आइतबार बिहानै उनले पार्टीका सीमित नेतामात्रै सहभागी हुने जानकारी फेसबुक स्टाटसमार्फत गरे ।

त्यसको केहीबेरमा उनले आफू, दुई पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी तथा उपाध्यक्षहरू भएको एक उच्चस्तरीय समितिको बैठक ११ बजे राखे । बैठकमा उनले बालुवाटार, भद्रकाली र बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने प्रस्ताव राखे । उनको प्रस्तावमा बालुवाटारमा प्रदर्शन गर्नेले त्यहीँको निषेधित क्षेत्र तोड्ने, भद्रकालीमा प्रदर्शन गर्ने टोलीले सिंहदरबार र बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्नेले नयाँ बानेश्वरमा प्रदर्शन गर्ने । 

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेका अनुसार उनलाई बालुवाटार क्षेत्रमा खटाइएको थियो । अध्यक्ष लिङ्देन १ बजे बिजुलीबजार क्षेत्रमा जाने र बानेश्वरमा निषेधित क्षेत्र तोड्ने भनिएको थियो । उनी आउने भएपछि राप्रपाका नेता कार्यकर्ताहरू १२ बजेदेखि नै त्यस क्षेत्रमा आन्दोलित थिए । सरकारविरुद्ध नाराबाजी गरिरहेका थिए । तर, लिङ्देन २ः१५ हुँदासम्म आएनन् । बरु, त्यसबेला राप्रपा सांसद दीपक सिंह हुरिंदै बिजुलीबजार पुल क्षेत्रमा आइपुगे । उनलाई प्रहरीले पछ्याइरहेको देखिएको थियो । उनले पत्रकारहरूलाई त्यही भने– अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङलगायत सिंहरदबारमा पक्राउ परे ।

जबकि, लिङ्देनलाई तीन घण्टादेखि राप्रपाकै नेता कार्यकर्ताहरू बिजुलीबजार क्षेत्रमा पर्खिरहेका थिए । तर, उनले सिंहदरबार गएर त्यहीँ प्रदर्शन गरी गिरफ्तारी दिए । यसपछि प्रदर्शनमा रहेका राप्रपा नेता कार्यकर्ता बिच्किए । राप्रपा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रभावसँग भने– आन्दोलन प्रभावहीन भयो । खत्तमै भयो ।’

००
आइतबार सिंहदरबारभित्रै सरकारविरुद्ध प्रदर्शन गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतलाई नियन्त्रणमा लिँदै नेपाल प्रहरी । तस्बिर स्रोतः सामाजिक सञ्जाल
 


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP