Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गणतन्त्र जोगाउन तीन दल एक ढिक्का, ढाल्न राप्रपा सडकमा
गणतन्त्र जोगाउन तीन दल एक ढिक्का, ढाल्न राप्रपा सडकमा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, वैशाख ७, २०८२
प्रमुख तीन नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता । तस्बिरः रासस
  • देउवा, ओली र दाहाल गणतन्त्र जोगाउन एकताबद्ध

 

  • आज निषेधित क्षेत्रमै प्रदर्शन गर्ने राप्रपाको घोषणा

काठमाडौं– कयौं मतभेदबीच गणतन्त्र पक्षधर प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि एक ढिक्का भएर उभिन प्रतिबद्ध भएका छन् । 

राजसंस्था फर्काउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजावादी समूहले निषेधित क्षेत्र तोड्ने घोषणा गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले व्यवस्था जोगाउन एकताबद्ध हुने जनाएका हुन् । शनिबार साँझ उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

भेटवार्तामा सहभागी गृहमन्त्री रमेश लेखकले गणतन्त्र, लोकतन्त्र र संविधानविरुद्धको प्रदर्शनलाई वितण्डाको रुपमा लिने साझा बुझाइ तीन नेताको रहेको बताए । ‘तीन नेताबीच बालुवाटारमा भएको छलफलको निष्कर्ष भनेकै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एक ढिक्का भएर उभिन्छौं भन्ने साझा निष्कर्ष हो, अर्को गणतन्त्र, लोकतन्त्र र संविधानका विरुद्धमा हुने प्रदर्शन आन्दोलन होइन, राजनीतिक अस्थिरता फैलाउने वितण्डा हो भन्ने नेताहरूको साझा बुझाइ रह्यो,’ लेखकले भने ।

Hardik health

राप्रपाले निषेधाज्ञा तोड्ने सार्वजनिक घोषणा गरेर संविधान र कानुनका विरुद्धमा अघि बढ्न खोजेको तीन नेताको बुझाइ छ । उनीहरूले राप्रपाले गर्ने कदमको विरोध गरेका छन् । ‘संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ,’ गृहमन्त्री लेखकले भने ।

राजावादी समूहले १५ चैतमा हिंसात्मक प्रदर्शन गर्नुअघि पनि गणतन्त्र पक्षधर तीन दलको बैठक बसेको थियो । बैठकले व्यवस्थाविरोधी गतिविधि नगर्न चेतावनी दिएको थियो । राजसंस्था नेपालको सन्दर्भमा इतिहासको विषय भएको भन्दै राजसंस्था कहिल्यै नफर्किने दाबी गरेका थिए । तर, राजसंस्थापक्षधर शक्तिहरू भने लगातार आन्दोलित छन् । 

मुख्य राजावादी दल राप्रपाले आज काठमाडौंमा निषेधित क्षेत्र तोड्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका संवेदनशील ठाउँहरुलाई निषेधित क्षेत्र तोकेको छ । नयाँ बानेश्वर, सिंहदरबारलगायत क्षेत्र निषेधित क्षेत्र मानिन्छन् ।

तर, राप्रपाले हाल प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत नेता कार्यकर्ताको रिहाका लागि भन्दै आज प्रदर्शन गर्न लागेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार निरंकुश बन्दै गएकोले त्यसको विरोधमा निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने घोषणा गरेका छन् । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरूका लागि राजनीतिक र कानुनी दुवै खालको लडाइँ लड्ने उनको चेतावनी छ । 

राप्रपा कार्यसम्पादन समिति बैठकले ९ वैशाखमा देशको ७७ वटै जिल्लामा प्रदर्शन र धर्ना कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जानकारी दिइएको छ । राप्रपाले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापना, प्रदेश खारेजी र भ्रष्टाचार अन्त्यका लागि समर्थन जुटाउन सबै पक्षसँग छलफल र अन्तरक्रिया गर्ने निर्णयसमेत गरेको छ ।

काठमाडौं उपत्यकाका सबै वडामा आन्दोलनको तयारी गर्ने, त्यसका लागि समन्वय गर्न केन्द्रीय र प्रदेश तहका नेताहरूलाई खटाउने भएको छ । आन्दोलनसम्बन्धी विषयमा योजना बनाउन तथा तत्काल आवश्यक निर्णय लिनु परेमा पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू र उपाध्यक्षहरू रहेको समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ । आन्दोलनको कार्यक्रमसँगै जिल्ला अधिवेशन पनि गर्ने निर्णय राप्रपाको छ ।

जगमानको दाबी : १५ जेठमै गणतन्त्र अन्त्य 
राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गठित संयुक्त जनआन्दोलन परिचालन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले आगामी १५ जेठमा देशबाट गणतन्त्र अन्त्य हुने दाबी गरेका छन् । गणतन्त्र अन्त्यका लागि निर्णायक आन्दोलन गर्ने पनि बताए । 

‘यो गणतन्त्रको घोषणा कहिले भयो त जेठको १५ गते होइन ? जेठको १५ गते गणतन्त्रको घोषणा भयो । गणतन्त्र दिवस मनाउँछ । यसको अन्त्य कहिले हुन्छ त ? ०८२ सालको जेठको १५ गते हुन्छ । त्यही हो कुरा,’ उनले काठमाडौंमा शनिबार आयोजित पृथ्वीपथबारेको कार्यक्रममा भने, ‘आन्दोलन कसरी जाने भन्ने कुरा सबै आत्तिसक्नुभएको छ । अर्को फोरममा भनौंला ।’उनले शनिबार नै विज्ञप्ति जारी गर्दै राप्रपाको नेतृत्वमा हुने आजको प्रदर्शनप्रति साथ रहने बताएका छन् । 


सरकारको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेकोप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो गतिविधि नगर्न सचेत गराएको छ । संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने गृहले उल्लेख गरेको छ । त्यस्तो गतिविधिमा संलग्न जोसुकैलाई कारबाही हुने चेतावनी गृहले दिएको छ । 

मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आग्रह गरिएको छ । ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न जोकोहीलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ । साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।


 


प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि शुक्रबार, मंसिर २६, २०८२
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे शुक्रबार, मंसिर २६, २०८२
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस शुक्रबार, मंसिर २६, २०८२
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने शुक्रबार, मंसिर २६, २०८२
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती  शुक्रबार, मंसिर २६, २०८२
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP