Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे
नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ५, २०८२
आयरल्याण्डका लागि नियुक्त भएका राजदूत चन्द्रकुमार घिमिरे

नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि नियुक्त भएका राजदूत चन्द्रकुमार घिमिरे राष्ट्रको हितलाई सर्वोपरी राखी संयुक्त अधिराज्यसँगको हाम्रो ऐतिहासिक सु–सम्बन्ध, यस राष्ट्रको समुन्नत आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र सुदृढ शासकीय क्षमता र ती क्षमतासँग नेपाल र नेपालीको समुन्नतिका लागि अद्वितीय सम्भावनाहरु रहेको देख्नुहुन्छ । नेपाली, गैरआवासीय नेपाली र विदेशीलाई कन्सुलर सेवा संयुक्त अधिराज्यमा भूपू गोर्खाका परिवारलगायत विभिन्न कामका लागि आएका नेपालीको सङ्ख्या करिब दुई लाख रहेको अनुमान छ ।

विगतमा तीन दशकभन्दा बढी अवधि सार्वजनिक पदमा रहँदा युरोपमा सार्वजनिक नीति र सुधार विषयमा एमफिल अध्ययन गर्दा होस् वा हार्वर्ड विश्वविद्यालयदेखि अनगिन्ती विश्वस्तरीय शैक्षिक प्रतिष्ठानहरुमा प्र्रशिक्षित भएका उनले चेभेनिङ्ग फेलो भएर विद्यार्थीका रुपमा संयुक्त अधिराज्यको योर्क विश्वविद्यालयमा प्रशिक्षित भइरहँदा त्यसभूमिमा बस्ने नेपालीहरुले भोगेका समस्या र नेपालको सुमुन्नतिको सम्भावनालाई जनस्तर सँगसँगै प्राज्ञिक कोणबाट अवलोकन गरेका छन् । हाल कायम सम्बन्धलाई सम्वद्र्धन गर्दै नेपालको परराष्ट्र नीतिअनुरुप नेपाल र नेपालीको हितमा अधिकतम लाभ हासिल गर्नु नै आफ्नो जिम्मेवारी ठान्ने राजदूत घिमिरेसँग राष्ट्रिय समाचार समिति(रासस)का आलेख प्रमुख कृष्ण अधिकारीले लण्डनस्थित नेपाली दूतावासमा गरेकाे कुराकानी यसप्रकार छ :

नेपाल–संयुक्त अधिराज्यबीचको सदिऔँदेखिको सम्बन्धका आयामहरुलाई कसरी हेर्नुहुन्छ ?

संयुक्त अधिराज्य आर्थिक रूपमा विश्वकै शक्तिशाली र विकसित राष्ट्रहरूको सङ्गठन जि–७ को प्रमुख सदस्य हो । त्यस्तै जी–२० समूहको पनि यो सकृय सदस्य राष्ट्र हो । अन्तरराष्ट्रिय शान्तिसुरक्षामा अग्रणी भूमिका खेल्ने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्रका रूपमा रहनुका साथै संयुक्त राष्ट्रसङ्घका अन्तरराष्ट्रिय सङ्घसंस्थामा सबैभन्दा बढी आर्थिक योगदान गर्ने प्रमुख राष्ट्रहरूमध्ये पर्दछ । 

त्यसैगरी भारत, अस्ट्रेलिया, क्यानडालगायतका विश्वका ५६ राष्ट्र र करिब २ दशमलव ७ अर्ब जनसङ्ख्या भएका कमनवेल्थ संस्थाको नेतृत्व पनि संयुक्त अधिराज्यले गर्दै आएको छ । ३१ जनवरी २०२० देखि युरोपेली समुदायको सदस्यता परित्याग गरेपछि संयुक्त अधिराज्यले अन्तरराष्ट्रिय क्षेत्रमा अझ बढी सक्रियता देखाउँदै सबै क्षेत्रमा आफ्नो भूमिका अभिवृद्धि गरिरहेको छ । विश्व रङ्गमञ्चमा राजनीतिक, आर्थिक, व्यापारिक, सामाजिक, सुरक्षा, जलवायु परिवर्तनजस्ता एजेण्डाहरुमा नेतृत्वदायी भूमिका खेलिरहेको संयुक्त अधिराज्यसँगको सम्बन्ध नेपालको लागि द्विपक्षीय तथा बहुपक्षीय दृष्टिले धेरै नै महत्वपूर्ण छ । 

संयुक्त अधिराज्यसँगको नेपालको सम्बन्ध ऐतिहासिक रहेको छ । दुई देशबीचको सम्बन्धका विविध आयामलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न सम्बन्धका कोणबाट हेर्न सकिन्छ । सन् १८१६ मा नेपाल र संयुक्त अधिराज्यबीच सुगौलीको सन्धि भएपछि सुरु भएको औपचारिक सम्बन्धमा सन् १९२३ मा द ग्रेट ब्रिटेन र नेपालबीच भएको मैत्रीसन्धिले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप औपचारिकता दिएको थियो । नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकका रूपमा राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा सुदृढीकरण गर्न त्यो सन्धि कोशेढुङ्गा बन्यो । नेपालमा कूटनीतिक नियोग स्थापना गर्ने संयुक्त अधिराज्य नै विश्वको पहिलो मुलुक हो । 

त्यसैगरी नेपालले वैदेशिक भूमिमा खोलेको पहिलो कूटनीतिक नियोग संयुक्त अधिराज्यमा नै थियो, जुन सन् १९३४ मा खुल्यो र त्यसलाई सन् १९४७ मा राजदूतावासमा स्तरोन्नति गरियो । द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजान विगतदेखि नेपालबाट र संयुक्त अधिराज्यबाट उच्चतहमा विभिन्न भ्रमणहरू भएका र त्यस्ता भ्रमणले सम्बन्धलाई अरु सौहार्द बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । पहिलोपल्ट राजा जर्ज पञ्चमले सन् १९११ डिसेम्बरमा गरेको नेपाल भ्रमण ब्रिटिस राष्ट्र प्रमुखबाट भएको पहिलो भ्रमण थियो, जसले नेपाललाई एक स्वाधीन राष्ट्रको हैसियत सन् १९२३ मा दिलाउने गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजान महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिन्छ । यसैगरी, सन् १९६१ मार्चमा र सन् १९८६ फेब्रुअरीमा तात्कालिन महारानी एलिजावेथ द्वितीयबाट नेपाल भ्रमण भएको थियो । पछि डिसेम्बर १९८० र फेब्रुअरी १९९८ मा वर्तमान राजा तथा तात्कालिन राजकुमार चाल्र्सले नेपाल भ्रमण गर्नुभएको थियो । यसबीच संयुक्त अधिराज्यका तर्पmबाट अनेकौँ भ्रमणहरु उच्चस्तरमा भएका छन् । 

नेपालको तर्पmबाट सन् १८५०–५१ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायतको भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री बने । त्यस्तै सन् १९०८ मा तत्कालीन चन्द्रशम्शेर जबराले बेलायत भ्रमण गरे । तात्कालिन राजा महेन्द्रबाट अक्टोबर १९६० मा र तत्कालीन राजा वीरेन्द्रबाट सन् १९८० र मई १९९५ मा संयुक्त अधिराज्यको भ्रमण भएको थियो । नोभेम्बर १९९६ मा र मई २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले, अक्टोबर १९९९ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले, जुन २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले र कोप–२६ का दौरान अक्टोबर/नोभेम्बर २०२१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको भ्रमण गर्नु भएको थियो । नेपाल पक्षबाट थुप्रैपटक भएका यी र अन्य उच्चस्तरीय भ्रमणहरुले सम्बन्धलाई थप सम्वद्र्धन गरेका छन् ।

संयुक्त अधिराज्यले नेपालको आर्थिक विकासमा कस्तो सहयोग पुर्याउँदै आएको छ ?

संयुक्त अधिराज्य, नेपालका लागि विकास सहयोग प्रदान गर्ने पुरानो मित्रराष्ट्र हो । सन् १९६० देखि नेपाललाई विकास सहयोग प्राप्त हुँदै आएको छ । नेपालको प्राथमिकतामा विकास सहयोग परिचालन गर्न विकास साझेदार फ्रेमवर्क सम्झौतामा दुई देशबीच डिसेम्बर २०१३ मा सहमति भएको छ ।

कोभिड–१९ पछि देशको आर्थिक अवस्था केही कमजोर भएपछि संयुक्त अधिराज्यको सरकारले दिने ओडिए कूल जिडिपीको शून्य दशमलव ७ प्रतिशतबाट घटाएर शून्य दशमलव ५ प्रतिशत बनाएको र आर्थिक अवस्थामा सुधार आएपछि पुनःशून्य दशमलव ७ प्रतिशत बनाउने नीति लिने बताएको छ । दशकौँदेखि बेलायतले आफ्नो वैदेशिक सहायतामा स्वास्थ्य सुधार, सहस्राब्दी तथा दिगो विकास लक्ष्य र मानवीय तथा सङ्कट सहायता जस्तैः २०१५ भूकम्प र कोभिड–१९ मा सहयोग गर्दै आएको छ । कोभिड–१९ को महामारीका समयमा नेपाललाई कोभ्याक्सअन्तर्गत भ्याक्सिन एवं अन्य स्वास्थ्य सामग्री प्राप्त भएको थियो । 

त्यस्तै २०७२ सालको विनाशकारी भूकम्पको समयमा उल्लेख्य सहयोग पु¥याएको थियो । यसबाहेक, सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, लगानी संस्था निर्माण र सुधार, प्रमुख सार्वजनिक वित्तीय व्यवस्थापन सुधारजस्ता आर्थिक स्थायित्वको क्षेत्रमा नेपाललाई सहयोग गरेको छ । 

आर्थिक कूटनीतमा राम्रो दख्खल राख्नुहुने तपाईं आगामी दिनमा दुई देशबीचको द्विपक्षीय व्यापारिक सम्बन्धलाई कसरी बढाउनसक्ने सम्भावना देख्नुहुन्छ ? 

उच्च प्रतिव्यक्ति आय र विश्वकै ठूलो अर्थतन्त्र भएको कारण संयुक्त अधिराज्य एक ठूलो उपभोक्ता बजार पनि हो । नेपालको छविका कारण नेपालको निर्यातका लागि सो बजार निकै महत्वपूर्ण हुनसक्छ । यस दिशामा बेलायत सरकारले जुन २०२३ मा जारी गरेको विकाशोन्मुख मुलुकहरुको व्यापार योजनामा नेपाललाई योग्य राष्ट्रहरुको  सूचीमा राखेको छ, जसले अतिकम विकसित रहँदा नेपालले पाएको सौविध्य प्रणालीलाई विस्थापन गरेको छ ।

साथै, नेपालका वस्तुहरुलाई हातहतियारबाहेक सबै सामग्रीका लागि बजार पहुँच दिने सम्झौताअनुरुप करिब ९९ दशमलव ८ प्रतिशत वस्तुलाई शून्य भन्सार दरको सुविधा दिने प्रावधान छ । तर यी दुवै योजनाहरुको हालसम्म कम उपयोग भएको पाइन्छ । त्यसो त नेपाल र संयुक्त अधिराज्यले १९६५ मा अति सौविध्य मुलुकको सूचीमा समावेश गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । नेपालले सन् २००४ मा विश्व व्यापार संगठनमा गरेको प्रवेशसँगै त्यो असान्दर्भिक भइसकेको छ । यसबीच वस्तुगततर्पm धेरैजसो तयारी पोसाक, कार्पेट, पस्मिना, चाँदीका गरगहना, नेपाली कागजजस्ता हस्तकलाका सामानहरु नेपालबाट निर्यात भएका छन् भने धेरैजसो मेसिनरी सामान, पेयपदार्थ, हवाइजहाजका पार्टपुर्जा, शृङ्गारका सामान एवं स्वास्थ्य सामग्रीहरु नेपाल आयात भएका छन् । सेवाजन्य व्यापारतर्पm पछिल्ला केही वर्षहरुमा नेपालबाट सेवा व्यापारको निर्यात बढदै गइरहेको छ । बेलायतको युके एक्पोर्ट फाइनान्सले नेपालको हरित ऊर्जा तथा अन्य क्षेत्रमा उल्लेखनीय लगानी गर्न तयार रहेको देखिन्छ । 

बेलायती व्यापार तथा वाणिज्य विभागको २०२४ को तथ्यांकअनुसार कूल द्विपक्षीय व्यापार ३०० मिलियन पाउण्ड अर्थात रु ५१ अर्ब बराबर रहेको छ । त्यसमध्ये नेपालबाट निर्यात रु ३४ अर्ब र नेपालमा आयात रु १७ अर्ब भएको देखिन्छ । नेपालबाट संयुक्त अधिराज्यतर्पm भएको कूल निर्यातको ९० प्रतिशत योगदान सेवा निर्यातको रहेको छ । आगामी दिनमा यसलाई अझ बढाउन सकिने सम्भावना छ । नेपालको विश्वमा भएको कूल निर्यातमा संयुक्त अधिराज्यतर्पmको हिस्सा ३ प्रतिशतभन्दा बढी छैन र यो प्रवृत्ति पछिल्लो समयमा अझ घटदो क्रममा छ । त्यस्तै अवस्था नेपालमा भएको आयातको पनि देखिन्छ जुन विश्वबाट नेपालमा भएको कूल आयातको १ प्रतिशतभन्दा कम चलिरहेको छ । 

नेपालमा संंयुक्त अधिराज्यबाट प्रत्यक्ष वैदेशिक लगानी बढाउन के गर्नुपर्ने देख्नुहुन्छ ?

संंयुक्त अधिराज्यबाट हुने लगानीलाई लक्षितगरी सन १९९३ मार्च २ मा  प्रवद्र्धन र लगानीको संरक्षणसम्बन्धी सम्झौता भएको छ । तथापी पूर्ण आकारको द्विपक्षीय लगानी सम्झौता भने लामो समयदेखि प्रक्रियामा रहेपनि टुङ्गिएको छैन । हालसम्म बैंक, पर्यटन, शिक्षा र प्रविधिका क्षेत्रमा लगानी प्राप्त भएको छ भने होटेल, चिया प्रशोधन, कलेज, ट्राभल र ट्रेकिङ व्यवसायहरुमा संयुक्त लगानी भएका छन् । तथापि दक्षिण एसिया र दक्षिण पूर्वएसियाका नेपालजस्ता राष्ट्रको तुलनामा नेपालमा आएको वैदेशिक लगानी एकदम न्यून छ । 

गत केही वर्षयता बेलायतका लगानीको अवधारणामा समाजको लागि जिम्मेवार लगानी गर्ने ब्रिटिस अन्तरराष्ट्रिय लगानीजस्ता संस्थाहरुले समेत नेपालको बैंकिङ्ग, आइटीलगायतका क्षेत्रमा सय मिलियन डलरभन्दा बढी लगानी गरेको तथ्यांक छ । नेपालमा विश्वबाट हुने लगानी प्रतिवद्धताको उच्चतम बिन्दु करीब ४.५ प्रतिशत सन २००४ मा पुगेकोमा सन २०२० मा ११ प्रतिशत कटेको थियो । तर त्यसपछि भने यसमा क्रमशः गिरावट आउँदै १ प्रतिशतभन्दा कम हुन पुगेको छ । रकमको दृष्टिले सबैभन्दा उच्चतम बिन्दु सन् २०१६ मा रु २०८० मिलियन र सन २०२० मा रु १९२६ मिलियन पुगेको थियो । त्यसपछि भने पुनः घट्दो क्रममा छ । 

नेपालको पर्यटक आगमनमा संयुक्त अधिराज्यको उल्लेख्य संख्या रहेको छ । आगामी दिनमा पर्यटन प्रवद्र्धनमा के गर्न सकिएला ?

केही वर्षयता संयुक्त अधिराज्यबाट नेपाल आउने पर्यटकको सङ्खया क्रमशः वृद्धि हुँदै गएको छ । कोरोना महामारीअघि संयुक्त अधिराज्यबाट आउने पर्यटकको सङ्ख्या करिब ६० हजारबाट वृद्धि हुँदै गएको र सन् २०२३ मा ५२ हजार ८६६ पर्यटकले भ्रमण गरेका थिए । नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने मुलुकहरूमा भारत, संयुक्तराज्य अमेरिका, चीनपछि संयुक्त अधिराज्य चौथो स्थानमा छ । सन् २०१५ मा भूकम्प र नाकाबन्दीका कारण भने पर्यटक संख्या घटेको थियो ।

सन् २०१७ देखि २०१९ सम्म संयुक्त अधिराज्यबाट आउने पर्यटकको संख्या बढदै गएकामा सन् २०२० र २०२१ संयुक्त अधिराज्यबाट आउने पर्यटकको मामिलामा निराशाजनक रह्यो । सन् २०१८ मा सबैभन्दा धेरै ६३ हजार ४६६ बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए भने २०२३ मा ५२ हजार ८६५ पुग्नाले निकै उत्साहजनक बनेको छ । यो उपलब्धिलाई अझ बढाउँदै लैजानुपर्नेछ र यो सम्भव पनि छ ।

नेपाल र बेलायतबीच नेपाली एयरलाइन्सको हवाई सम्पर्क पुनःस्थापना गर्नुपर्नेछ ।  नेपालको छवि बेलायती जेष्ठ पुस्ताहरुमा सम्मानजनक ब्राण्डको रुपमा स्थापित भएपनि अहिलेको युवा पुस्तामा भने नेपाल विस्तारै ओझेल पर्दै गएको देखिन्छ । पुरानो परिचयले नपुग्ने भएकाले अब नेपालले युवा पुस्तामाँझ आफ्नो ब्राण्ड छवि नयाँ तरिकाले पस्किनु पर्ने अवस्था छ । लन्डनमा हरेक वर्ष आयोजना हुने वर्ड ट्राभल मार्टलगायत अन्य सम्मेलनमा नेपालको प्रस्तुति सशक्त बनाउने, ट्राभल र टुर अप्रेटरहरुसँग भेटघाट तथा छलफल गर्ने, नेपालका पर्यटन व्यवसायीलाई बेलायतका पर्यटन व्यवसायीहरुसँग बि टु बि बैठक गराई नेपालमा बढीभन्दा बढी पर्यटक पठाउने काममा मैले समन्वय गर्नेछु ।  

वर्षौंदेखि अड्किरहेको ब्रिटिस गोर्खा सैनिकको अधिकारको मुद्दा यहाँकै कार्यकालमा समाधान होला त ?

ब्रिटिस गोर्खा फौज नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धको विशेष कडी हो । सन् १८१५ अप्रिल २४ बाट ब्रिटिश आर्मीमा थालिएको गोर्खा फौजको लामो इतिहास छ । ब्रिटिशका लागि प्रथम तथा दोस्रो विश्व युद्धलगायत विश्वका विभिन्न भूभागमा अनगिन्ती युद्धहरु लडेको गोर्खा फौजले वीरता र बलिदानको गौरवपूर्ण इतिहास विश्वसामु बनाएको छ । भारत स्वतन्त्र भएपछि सन् १९४७ मा नेपाल, भारत र संयुक्त अधिराज्यबीच भएको त्रिपक्षीय सन्धिअनुसार चार गोर्खा रेजिमेण्ट ब्रिटिस सेनासँग रहेसँगै गोर्खाहरुले ब्रिटिश सेनामा सेवा गर्दै आएका छन् ।

यसबीच सन् १९९७ पछि ब्रिटिस सेनामा कार्यरत र सेवानिवृत्त गोर्खाहरूले ब्रिटिस समकक्षी सरह तलब र पेन्सन पाएका छन् । तथापि त्यसअघि निवृत्त भएकाहरूले ब्रिटिस समकक्षीहरू सरह पेन्सन स्वास्थ्य तथा अन्य सुविधा नपाएको विषयमा ब्रिटिस गोर्खाहरुले आवाज उठाउँदै आएका छन् । भूतपूर्व ब्रिटिस गोर्खाको पेन्सन र अन्य सुविधाका विषयमा न्यायोचित रूपमा यो विषयको सम्बोधन हुन नेपाल सरकारले पहल गरिरहेको छ । 

सन् २०१८ मा दुई देशको संयुक्त प्राविधिक समितिले बुझाएको प्रतिवेदनअनुसार दुई सरकारबीच वार्ताको माग गर्दै भूपू गोर्खाहरुले सन् २०२१ अगष्टमा आमरण अनशन गरेपछि ब्रिटिश सरकार वार्ता गर्न तयार भएको थियो । सोही अनुसार नेपालतर्पmबाट बेलायतका लागि नेपाली राजदूतले नेतृत्व गर्ने गरी एक वार्ता समिति गठन भई उक्त द्विपक्षीय संयन्त्रको पहिलो बैठक ३ नोभेम्बर २०२२ मा भएको र पछिल्लो बैठक २७ मार्च २०२४ मा भएको थियो । भूपू गोर्खाहरुको मागलाई विस्तृतमा छलफल गर्नको लागि नेपाली राजदूतावास, लण्डन तथा बेलायती रक्षा मन्त्रालयका अधिकारीहरु सम्मिलित सो प्राविधिक समितिको छ पटक बैठक बसिसकेको छ । ती छलफलहरुबाट कल्याणकारी सुविधाहरुलगायत केही विषयमा प्रगति भएतापनि मुख्य माग समान पेन्सनका विषयमा बेलायत सरकारको फरक मतको कारण ’ब्रेक–थ्रु’ भएको छैन ।

बेलायतमा जुलाई २०२४ मा भएको आमनिर्वाचनमा लेबर पार्टीका कीर स्टार्मरको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारसँग बेलायती सेनामा भूपू गोर्खाहरुको अभूतपूर्व योगदान तथा नेपाल–बेलायत ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई जोड दिंदै वार्तालाई निरन्तरता दिनु पर्ने र प्राथमिकताका साथ ती मुद्दाहरुको शीघ्रताशिघ्र टुङ्गो लगाउनुपर्ने अवस्था छ । मैले जिम्मेवारी लिइसकेपछि विदेशमन्त्रीलगायत उच्च सरकारीस्तरमा कुराकानी गरेको छु, चाँडै नै वार्ता भई समाधान निस्कनेछ भन्ने विश्वास छ । 

पछिल्लो समय नेपाली विद्यार्थीका लागि प्रमुख शैक्षिक गन्तव्य बनेको संयुक्त अधिराज्यमा विद्यार्थीहरुले विभिन्न समस्या झेल्नुपरेको सुनिन्छ, यसलाई कसरी व्यवस्थित बनाउनुपर्ने देख्नुहुन्छ ? 

शैक्षिक क्षेत्र नेपाल र संयुक्त अधिराज्यबीच सम्बन्धको अर्को महत्वपूर्ण आयाम हो । हरेक वर्ष हजारौँको सङ्खयामा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरू बेलायतका कलेज र विश्वविद्यालयहरुमा आउने गरेका छन् । त्यस्तै संयुक्त अधिराज्य सरकारले केही विषयमा उच्च शिक्षा छात्रवृत्ति पनि निरन्तर उपलब्ध गराउँदै आएको छ । बेलायतमा जान नेपाल सरकारबाट नो अब्जेक्सन लेटर लिने नेपाली विद्यार्थीहरुको सङ्ख्या आव २०७७/७८ देखि निरन्तर बढदो छ । पछिल्लो वर्ष २०८०/८१ मा यो संख्या अघिल्लो वर्षको एक लाख दुई हजार ६१० भन्दा बढेर एक लाख १२ हजार ५९३ पुगेको छ । विश्वभरका लागि जारी भएको यो संख्यामा बेलायतको अंश करीब १२ प्रतिशत रहेबाट नेपाली विद्यार्थीको आकर्षण निकै रहेको देखिन्छ । नेपालबाट आउने कतिपय विद्यार्थीहरुले कलेजलाई तिर्नुपर्ने शुल्क, यहाँको काम तथा बस्ने व्यवस्था लगायतका विषयमा राम्रोसँग नबुझी आउँदा समस्यामा पर्ने गरेको छ ।

बेलायतलाई नेपालबाट चाहिने दक्ष वा अर्धदक्ष जनशक्तिका लागि थप श्रम सम्झौता गर्ने सम्भावना छ । हाल सम्झौता भइसकेको नेपालबाट बेलायत नर्स पठाउनेसम्बन्धी श्रमसम्झौताको कार्यान्वयनमा सहजीकरण गर्दै यहाँका विश्वविद्यालयहरूसँग समन्वय गरीसम्बन्धन, प्राज्ञिक आदानप्रदान, अनुसन्धान सहकार्यलाई प्रोत्साहित गर्न सम्भावना खोजिनेछ । छात्रवृत्तिमा आउने नेपाली विद्यार्थीको सङ्खया अभिवृद्धि गराउने र त्यस्तो छात्रवृत्तिमा अध्ययन सम्पन्न गरेपछि नेपालमा आई सम्बन्धित क्षेत्रमा सेवा गर्न उत्प्रेरित गराउने वातावरण बनाउनुपर्ने देखिन्छ ।

दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउने तपाइँसँग कस्तो योजना रहेको छ त ?

नेपालको विकास प्राथमिकताका क्षेत्रमा विशेषगरी आर्थिक पुर्नसंरचना, भौतिक, आर्थिक तथा सामाजिक पूर्वाधार विकास गर्नसक्ने क्षेत्रहरुमा संयुक्त अधिराज्यको विकास सहायता थप गर्न मेरो प्रयत्न हुनेछ । कम विकसित, भूपरिवेष्टित र जलवायु परिवर्तनबाट अत्यन्त प्रभावित राष्ट्रका हैसियतले संयुक्त अधिराज्यबाट दिइने आर्थिक सहयोगको सूचीमा प्राथमिकता प्राप्त राष्ट्रको रुपमा रहन र त्यस्तो सहयोग अभिवृद्धि गर्न प्रयत्न गर्नेछु । नेपाल सन २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने सन्दर्भमा नेपालको निर्धारित प्राथमिकताअनुरुप विकास सहायता परिचालन हुने वातावरण निर्माणमा लाग्नुपर्नेछ । बेलायत समेत सदस्य रहेका बहुपक्षीय विकास साझेदारहरूबाट सहायता परिचालनमा बेलायतको सदभाव र समर्थन थप जुटाउन र बढाउन मेरो क्षमता र पहुँचको अधिकतम उपयोग हनेछ । 

दुवै देशबाट राष्ट्राध्यक्ष, प्रधानमन्त्री र उच्चस्तरमा हुने भ्रमणहरुलाई उच्च प्राथमिकतामा राखेको छु । संयुक्त अधिराज्यसँगको राजनैतिक सम्बन्धलाई नयाँ उचाईमा राख्दै नेपालका राष्ट्रिय आकाङक्षा, नीति, प्राथमिकता एवं अवस्थाबारे जानकारी गराउने र तिनमा संयुक्त अधिराज्यको सहयोग जुटाउने प्रयास रहनेछ । सन् १९९७ पूर्वब्रिटिश गोर्खा फौजबाट सेवानिवृत्त भएका गोर्खाहरुको समस्या सदाका लागि समाधान गर्न हाल जारी वार्तालाई गोर्खा सैनिकहरुको हित हुनेगरी सकेसम्म चाँडो ठोस निष्कर्षमा पु¥याउनुको साथै ब्रिटिश सेनामा भर्ती प्रणालीलाई थप पारदर्शी तथा निष्पक्ष बनाउन संयुक्त अधिराज्यको सरकारको सम्बन्धित निकायसँग समन्वय गर्नेछु । संयुक्त अधिराज्यमा रहेका नेपालीहरूका महत्वपूर्ण संस्थाहरु तथा गैरआवासीय नेपाली संघसँग सम्बन्ध र समन्वय अझ प्रगाढ बनाउँदै नेपाल र नेपालीका हितमा तिनलाई अधिकतम क्रियाशील तुल्याउने मेरो पहल रहनेछ ।   

व्यापार अभिवृद्धिका लागि द्विपक्षीय संयन्त्रको निर्माण गरी नेपाली वस्तु संयुक्त अधिराज्य प्रवेश गर्दा कुनै गैरभन्सार खासगरी गुणस्तर अवरोध हुन नदिन गुणस्तर प्रमाणीकरण, ल्याव परीक्षणजस्ता विषयमा बेलायतसँग सहकार्य खोजिनेछ । बेलायतमा हरेक वर्ष आयोजना हुने मुख्य प्रदर्शनीहरुमा बेलायती आयातकर्ताहरुसँग एकै स्थलमा भेटेर नेटवर्किङ्ग गर्न सकिने भएकोले नेपाली निर्यातकर्ताहरूको त्यहाँ सहभागिता बढाउन नेपाल सरकार, दातृ निकायहरु तथा निजी क्षेत्रसँग पहल गर्नेछु । नेपालको वाणिज्य र पारवहनका क्षेत्रमा होस् वा उद्योग, लगानी प्रवद्र्धनसम्बन्धी द्विपक्षीय, क्षेत्रिय र बहुपक्षीय सन्धिसम्झौता र वार्ताहरुमा नेपालको प्रतिनिधित्व गर्दा कसरी नेपालको हित अधिकतम प्रर्वद्धन गर्न सकिन्छ भन्नेमा नै मेरो ध्यान जानेछ ।

दुई देशबीचको सम्बन्ध विस्तारमा के कस्ता चुनौतीहरु रहेका छन् त ?

संयुक्त अधिराज्य अवसरको मुलुक हो । सदिऔँदेखिको मैत्री सम्बन्धका कारण नेपालप्रति यहाँको सरकार र वासिन्दा सकारात्मक भएकाले यहाँबाट हामीले धेरैभन्दा धेरै लाभ लिन सक्नुपर्छ । अहिलेसम्म बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण नभएको अवस्थामा त्यस्तो उच्चस्तरको भ्रमण गराउने र नेपालबाट पनि उच्चस्तरीय भ्रमणहरुलाई निरन्तरता दिन सकिएमा सहयोगका नयाँ सम्भावनाहरु खेज्न सकिनेछ । पछिल्लो समय यहाँको अथैतन्त्र केही कमजोर हुँदा नेपालजस्ता विकाशोन्मुख देशलाई दिने सहयोगमा कटौती भएको छ । यस अवस्थामा सहयोग कम नगर्न मैले आफ्नो ठाउँबाट यहाँका उच्च अधिकारीहरुसँग कुरा त गरेको छु, सँगसँगै सरकारी उच्च तहबाट पनि पहल हुन आवश्यक छ । गोरखा सैनिकको मुद्धालाई पनि छिटै निस्कर्षमा पुर्याउनुपर्ने छ । बंगलादेश, भारतका डायस्फोराले जस्तै नेपाली डायस्फोराले पनि यहाँको लगानीलाई नेपाल लैजाने बलियो आधार बनाउनुपर्ने देखिन्छ । नेपाली उत्पादन र सेवालाई संयुक्त अधिराज्यमा बढाउन सरकारीर निजी क्षेत्रको सक्रिय भूमिकाको खाँचो छ । 

त्यस्तै लगानीको वातावरण निर्माण एक परिवर्तनशील प्रक्रिया हो अर्थात विदेशी लगानीकर्ताको चाहना अनुरुप कैयन नीतिगत, संस्थागत र प्रक्रियागत सुधार नेपालभित्र आवश्यक पर्छ । मुलुकभित्र बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउन सकिएमा मात्रै समृद्ध नेपाल र सुखीको अभियान पूरा गर्न सकिने भएकाले यसतर्फ सबैको सामूहिक प्रयास हुनुपर्छ । नेपाल र संयुक्त अधिराज्यबीचको स्थापित बहुआयामिक, दीर्घकालीन एवं बहुपक्षीय सुमधुर सम्बन्धलाई नेपालको बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी अझ सुदृढ एवं थप विस्तृत बनाउने मेरो प्रयास रहनेछ ।  


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’ सोमबार, भदौ २, २०८२
संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छः नेता नेम्वाङ
संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छः नेता नेम्वाङ सोमबार, साउन ५, २०८२
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’ आइतबार, साउन ४, २०८२
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ–महान्यायाधिवक्ता
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ–महान्यायाधिवक्ता शुक्रबार, साउन २, २०८२
संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय होः उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल
संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय होः उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल मंगलबार, असार ३१, २०८२
‘नेपालमा महिलालाई अधिकार प्राप्त छ, पर्याप्त छैन’: अम्बिका बस्नेत
‘नेपालमा महिलालाई अधिकार प्राप्त छ, पर्याप्त छैन’: अम्बिका बस्नेत बिहीबार, असार १२, २०८२
स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा
स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा आइतबार, असार ८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP