Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दाहालको अभिव्यक्तिले सत्ता राजनीतिमा हलचल
दाहालको अभिव्यक्तिले सत्ता राजनीतिमा हलचल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, वैशाख २, २०८२

 

  • सरकार परिवर्तन हुने दाहालको संकेत
  • तराई–मधेस अभियानको क्रममा भने सरकारमा नजाने भनाइ फेर्दै सरकार परिवर्तन हुने अभिव्यक्ति सार्वजनिक 
  • कांग्रेस नेतृत्वमा सरकार बने सरकारमा सहभागी भएर सहयोग गर्ने भनाइ
  • दाहालको अभिव्यक्ति सत्तामा नहुँदाको पीडाबोध भएको एमालेको टिप्पणी

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर पुगेर नयाँ वर्षसँगै सरकार फेरिने अभिव्यक्ति दिए । गठबन्धनको दुई मुख्य दल कांग्रेस–एमालेबीचमा सार्वजनिकरूपमै तिक्तता बढिरहँदा आएको दाहालको अभिव्यक्तिले सत्ता राजनीतिमा हलचल पैदा ग¥यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दल एमालेले त सोमबार बैठक बसेर सरकार नढल्ने प्रस्टीकरण नै दिनुप¥यो । दाहालको अभिव्यक्तिलाई सत्तामा नहुँदाको पीडाबोध भन्दै सरकार ढल्ने उनको अभिव्यक्ति खारेजसमेत गरिदियो ।

दाहालले चितवनमा भनेका थिए, ‘नयाँ घटनाक्रमहरू विकसित भएको र मेरो नयाँ अनुभवका आधारमा नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना देख्छु ।’ ओली सरकार धेरै अगाडि नजाने उनको ठोकुवा थियो ।दाहालले सरकार ढल्ने दाबी गरिरहेकै बेला सोमबारमात्रै कांग्रेस सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्री ओलीलाई पत्र पठाउँदै जनअपेक्षाकृत काम गर्न नसकेको विषयमा असन्तुष्टि प्रकट गरेका थिए । कांग्रेस महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मादेखि नेता डा. शेखर कोइरालासहितका नेताहरू सरकारको आलोचनामा छन् । दुईतिहाइको बलियो सरकारले जनतामा आशा जगाउनेगरी काम गर्न नसकेको उनीहरूले सार्वजनिकरूपमै टिप्पणी गर्दै आएका छन् । यहीबेला माओवादी अध्यक्ष दाहालले ओली सरकार ढलेर नयाँ बन्ने बताए । 

Hardik health

गत फागुनको अन्तिम साता तराई–मधेस जागरण अभियानको क्रममा भने उनले २०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा नभएको बताएका थिए । सत्तातिर भन्दा पनि आफू जनतातिर फर्केको उनको भनाइ थियो । माओवादी सत्ता राजनीतिमा आएपछि केही फोहोर लागेको र जनतामाझबाट धोइपखाली गरेर जान जनतामाझ आएको बताएका थिए । तराई–मधेस जागरण अभियानका क्रममा सत्ताबाट टाढा रहने भन्ने दाहालको पछिल्लो अभिव्यक्तिले भने उनी सत्ता वरिपरि घुमिरहेको प्रस्ट्याउने राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर बताउँछन् । ‘सत्तामा जाने दलहरूको मिसन नै हुन्छ तर कहिले जाने वा नजाने त्यसको वस्तुवादी ढंगले विश्लेषण गर्न दलहरू चुक्न हुँदैन । अहिले दाहालजीको अभिव्यक्तिलाई हेर्दा सरकारमा जान तम्तयार भएको देखिन्छ,’ उनले प्रभावसँग भने, ‘उनले सरकारमा जाने नजाने भन्ने माहोल हेरेर बोल्छन् ।’

दाहालले हालै एक टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पनि कांग्रेस नेतृत्वमा सरकार बने सहभागी हुने संकेत गरेका थिए । ‘तत्कालको कुरा नेपाली कांग्रेसले विकल्प दिनुपर्छ । देशमा संकटको स्थितिजस्तो देखापरेको छ । यसको निकास दिन सबभन्दा ठूलो दलको नाताले पनि, शान्ति सम्झौताको हस्ताक्षरकर्ता दलको नाताले पनि नेपाली कांग्रेसले निकास दिन आँट गर्नुपर्छ,’ उनले भने । दाहालले कांग्रेसलाई माओवादीको सहयोग रहने पनि प्रस्ट पारे । ‘नेपाली कांग्रेसको जस्तो चाहना हुन्छ, त्यहीअनुसार माओवादी केन्द्रले सहयोग गर्छ । यो कुरा एकदम क्लियर हो । नेपाली कांग्रेसले बाहिरबाट सपोर्ट गर्देऊ भन्यो भने हामी तयार छौं । सरकारमा आएर सपोर्ट गर भनेर कांग्रेसले भन्यो भने पनि उहाँहरूको भनाइअनुसार नै हुन्छ ।’

तर, उनको त्यही आशयको अभिव्यक्तिलाई आधार मानेर लेखिएका समाचारहरूको खण्डन गरेका थिए । सरकारमा जाने नीति नभएको उल्लेख गरेका थिए । उनले हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘हामीले अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौं, लिँदैनौं । देशमा संकट आयो भने कसरी समाधान गर्ने भनेर विचार त दिन्छौं, तर यही सरकारमा जाने हाम्रो कुनै नीति छैन । बाँकी प्रचार भ्रम हो ।’दाहाललाई कांग्रेस–एमाले सरकार ढाल्न जोडबल गरिरहेको आरोप लाग्ने गरेको छ । त्यसका लागि दक्षिणको शक्तिलाई विश्वासमा लिन खोजेको भूराजनीतिकवृत्तमा चर्चा पनि हुने गरेको छ । यस्तोमा सत्तालक्षित एकपछि अर्को सार्वजनिक उनका अभिव्यक्ति भने मेल खाने खालको छैन ।  राजनीतिक विश्लेषक पिटर माहोलअनुसार दाहालको बोली आउने गरेको बताउँछन् । 
 


प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि शुक्रबार, मंसिर २६, २०८२
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे शुक्रबार, मंसिर २६, २०८२
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस शुक्रबार, मंसिर २६, २०८२
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने शुक्रबार, मंसिर २६, २०८२
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती  शुक्रबार, मंसिर २६, २०८२
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP