Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • असन्तुष्ट कांग्रेसलाई एमालेको जवाफ– संयन्त्रका साथीहरुले संयन्त्रमै छलफल गरौं
असन्तुष्ट कांग्रेसलाई एमालेको जवाफ– संयन्त्रका साथीहरुले संयन्त्रमै छलफल गरौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २, २०८२

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले सत्ता साझेदार दल हुन् । यद्यपि पछिल्लो दिन कांग्रेस नेताहरुले सरकारको काम गराईप्रति असन्तुष्टि पोख्न थालेका छन् ।गत मंगलबार गुल्मी पुगेर कांग्रेस महामन्त्री गगन थापाले जनताले अपेक्षा गरेअनुसारको उपलब्धि सरकारले दिन नसकेको दाबी गरे । यही कारण जनतामा असन्तुष्टि छाएको थापाको तर्क थियो ।

‘नागरिकमा असन्तुष्टि छ । असन्तुष्टि किन छ भने, २० वर्ष नागरिकले प्रतीक्षा ग¥यो । २०६० सालदेखि २०८० साल भनेको २० वर्ष भयो । यो भित्रमा जति छिटो परिणाम आउनुपथ्र्यो । त्यो परिणाम आउन सकेन । नागरिकमा ठूलो बेचैनी र असन्तुष्टि देखिन्छ,’ थापाले भने ।थापाले सरकारले गरेको कामको गति नै नमिलेको ठोकुवा गरेका थिए । ‘कामको गति मिलिरहेको छैन । सरकार जुन गतिमा जानुपर्ने हो, गति भएन, गति पुगेन । म जुन ठाउँमा बसेर काम गरिरहेको छु,’ थापाले भने । थापा अहिले संयुक्त सरकार सञ्चालनको संयन्त्रमा पनि छन् ।

सरकारको कामको गति मिलिरहेको छैन । सरकार जुन गतिमा जानुपर्ने हो, गति भएन, गति पुगेन ।  
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

उनीमात्र हैनन् कांग्रेस नेता डा. शेखर कोइरालाले यसको निरन्तर विरोध जनाइरहेका छन् । संस्थापनइतरका नेता कोइरालाले सोही दिन चितवन पुगेर दुई ठूला पार्टीले चलाएको सरकारमा विचौलियाको बिगबिगी हुन थालेको बताए । ‘दुई ठूला पार्टी मिलेर देश राम्रोसँग चलाउनुपर्छ भन्ने पक्षमा पनि थिए तर सरकार जसरी चल्नु पर्दथ्यो त्यसरी चल्न सकेन,’ डा. कोइरालाले भने ।सत्तारुढ दलकै नेताहरुले लगातार असन्तुष्टि जनाउन थालेपछि सत्ता साझेदारी दल नेकपा एमालेले अरुलाई मात्र औंला ठड्याएर नहुने जवाफ दिएको छ । यद्यपि, सरकारले प्रभावकारी काम गरोस् भनेर आउने टिप्पणीलाई एमालेले सहर्ष स्वीकार गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ थियो ।

Hardik health

एमालेको मुख्यालय च्यासलमा सोमबार सम्पन्न केन्द्रीय सचिवालय बैठकपछि ज्ञवालीले संयन्त्रका सदस्यले संयन्त्रमै कुरा राख्दा राम्रो हुनेसमेत सुझाए । ‘सरकारको प्रभावकारी होस् गति बढाओस् भनेर आउने टिकाटिप्पणीलाई हामीले सकारात्मक रुपमै लिएका छौं । त्यसलाई अन्यथा लिएका छैनौं । संयन्त्रका साथीहरुले संयन्त्रमै छलफल गर्दा राम्रो । हामीले अनेकौ तहमा संयन्त्र बनाएका छौं । त्यो असल मनसायका साथ भनेको होला भन्ने बुझेका छौं,’ उनले भने । कांग्रेस महामन्त्री थापा सरकार सञ्चालनका लागि गठन भएको राजनीतिक संयन्त्रमा छन् ।

सरकार प्रभावकारी होस्, गति बढाओस् भनेर आउने टीकाटिप्पणीलाई हामीले सकारात्मक रुपमै लिएका छौं । त्यसलाई अन्यथा लिएका छैनौं । संयन्त्रका साथीहरुले संयन्त्रमै छलफल गर्दा राम्रो । 
प्रदीप ज्ञवाली
उपमहासचिव, नेकपा एमाले

यता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र भने हरेकजसो समय सरकारमा बसेकोले आफैं बढी सरकारमा बसेर जवाफदेही हुन नसकेको बताएका छन् । ‘०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भइसकेपछि, यो १८ वर्षमा सबैभन्दा बढी सरकारमा कोही बसेको छ भने त्यो माओवादी नै हो । सबैभन्दा कम बसेको एमाले हो । बीचमा भएको नेपाली कांग्रेस हो । माओवादी प्रतिपक्षमा भनेको माधव नेपाल नेतृत्वको सरकारको २० महिना, नेकपा विभाजनको केही महिना र अहिले नै हो,’ ज्ञवालीले भने, ‘र, अधिकांश समय आफैं सरकारमा बस्ने, अनि सरकारले काम गरेन भनेर अरुलाई मात्रै औंला ठड्याएर हुन्छ ? आफूलेचाहिँ जवाफदेहीता लिनुपर्दैन ? जो सबैभन्दा बढी सरकारमा बस्छ उसलेचाहिँ जिम्मेवारी लिनु नपर्ने हो ?’

उनले कांग्रेस नेताहरुको असन्तुष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खेल्न खोजेको बताए । चैत मसान्तमा मात्र दाहाल चितवन पुगेर कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका थिए । ‘नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढेको छ । अहिलेको नयाँ अनुभवका आधारमा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ,’ दाहालले भनेका थिए । उसो त दाहालले सरकार छिट्टै ढल्ने अभिव्यक्ति दिन थालेको गत भदौबाटै हो ।

दाहालको बोली सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा भएको एमालेको निचोड छ । ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भवन र सान्दर्भिकता छ न औचित्य छ,’ एमाले उपमहासचिव ज्ञवालीले भने, ‘राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन । भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं ।’


प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस देश बदल्ने अठोटसहित आएको छ: प्रवक्ता चालिसे
कांग्रेस देश बदल्ने अठोटसहित आएको छ: प्रवक्ता चालिसे शुक्रबार, माघ १६, २०८२
राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी घोषणापत्र सार्वजनिक
राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी घोषणापत्र सार्वजनिक शुक्रबार, माघ १६, २०८२
उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ
उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ बिहीबार, माघ १५, २०८२
एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव संकलन गर्दै
एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव संकलन गर्दै बिहीबार, माघ १५, २०८२
स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा
स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा बुधबार, माघ १४, २०८२
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन बुधबार, माघ १४, २०८२
पूर्वमाओवादी धारलाई एकतामा आउन दाहालको आग्रह
पूर्वमाओवादी धारलाई एकतामा आउन दाहालको आग्रह बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP