Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • असन्तुष्ट कांग्रेसलाई एमालेको जवाफ– संयन्त्रका साथीहरुले संयन्त्रमै छलफल गरौं
असन्तुष्ट कांग्रेसलाई एमालेको जवाफ– संयन्त्रका साथीहरुले संयन्त्रमै छलफल गरौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २, २०८२

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले सत्ता साझेदार दल हुन् । यद्यपि पछिल्लो दिन कांग्रेस नेताहरुले सरकारको काम गराईप्रति असन्तुष्टि पोख्न थालेका छन् ।गत मंगलबार गुल्मी पुगेर कांग्रेस महामन्त्री गगन थापाले जनताले अपेक्षा गरेअनुसारको उपलब्धि सरकारले दिन नसकेको दाबी गरे । यही कारण जनतामा असन्तुष्टि छाएको थापाको तर्क थियो ।

‘नागरिकमा असन्तुष्टि छ । असन्तुष्टि किन छ भने, २० वर्ष नागरिकले प्रतीक्षा ग¥यो । २०६० सालदेखि २०८० साल भनेको २० वर्ष भयो । यो भित्रमा जति छिटो परिणाम आउनुपथ्र्यो । त्यो परिणाम आउन सकेन । नागरिकमा ठूलो बेचैनी र असन्तुष्टि देखिन्छ,’ थापाले भने ।थापाले सरकारले गरेको कामको गति नै नमिलेको ठोकुवा गरेका थिए । ‘कामको गति मिलिरहेको छैन । सरकार जुन गतिमा जानुपर्ने हो, गति भएन, गति पुगेन । म जुन ठाउँमा बसेर काम गरिरहेको छु,’ थापाले भने । थापा अहिले संयुक्त सरकार सञ्चालनको संयन्त्रमा पनि छन् ।

सरकारको कामको गति मिलिरहेको छैन । सरकार जुन गतिमा जानुपर्ने हो, गति भएन, गति पुगेन ।  
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

उनीमात्र हैनन् कांग्रेस नेता डा. शेखर कोइरालाले यसको निरन्तर विरोध जनाइरहेका छन् । संस्थापनइतरका नेता कोइरालाले सोही दिन चितवन पुगेर दुई ठूला पार्टीले चलाएको सरकारमा विचौलियाको बिगबिगी हुन थालेको बताए । ‘दुई ठूला पार्टी मिलेर देश राम्रोसँग चलाउनुपर्छ भन्ने पक्षमा पनि थिए तर सरकार जसरी चल्नु पर्दथ्यो त्यसरी चल्न सकेन,’ डा. कोइरालाले भने ।सत्तारुढ दलकै नेताहरुले लगातार असन्तुष्टि जनाउन थालेपछि सत्ता साझेदारी दल नेकपा एमालेले अरुलाई मात्र औंला ठड्याएर नहुने जवाफ दिएको छ । यद्यपि, सरकारले प्रभावकारी काम गरोस् भनेर आउने टिप्पणीलाई एमालेले सहर्ष स्वीकार गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ थियो ।

Hardik health

एमालेको मुख्यालय च्यासलमा सोमबार सम्पन्न केन्द्रीय सचिवालय बैठकपछि ज्ञवालीले संयन्त्रका सदस्यले संयन्त्रमै कुरा राख्दा राम्रो हुनेसमेत सुझाए । ‘सरकारको प्रभावकारी होस् गति बढाओस् भनेर आउने टिकाटिप्पणीलाई हामीले सकारात्मक रुपमै लिएका छौं । त्यसलाई अन्यथा लिएका छैनौं । संयन्त्रका साथीहरुले संयन्त्रमै छलफल गर्दा राम्रो । हामीले अनेकौ तहमा संयन्त्र बनाएका छौं । त्यो असल मनसायका साथ भनेको होला भन्ने बुझेका छौं,’ उनले भने । कांग्रेस महामन्त्री थापा सरकार सञ्चालनका लागि गठन भएको राजनीतिक संयन्त्रमा छन् ।

सरकार प्रभावकारी होस्, गति बढाओस् भनेर आउने टीकाटिप्पणीलाई हामीले सकारात्मक रुपमै लिएका छौं । त्यसलाई अन्यथा लिएका छैनौं । संयन्त्रका साथीहरुले संयन्त्रमै छलफल गर्दा राम्रो । 
प्रदीप ज्ञवाली
उपमहासचिव, नेकपा एमाले

यता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र भने हरेकजसो समय सरकारमा बसेकोले आफैं बढी सरकारमा बसेर जवाफदेही हुन नसकेको बताएका छन् । ‘०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भइसकेपछि, यो १८ वर्षमा सबैभन्दा बढी सरकारमा कोही बसेको छ भने त्यो माओवादी नै हो । सबैभन्दा कम बसेको एमाले हो । बीचमा भएको नेपाली कांग्रेस हो । माओवादी प्रतिपक्षमा भनेको माधव नेपाल नेतृत्वको सरकारको २० महिना, नेकपा विभाजनको केही महिना र अहिले नै हो,’ ज्ञवालीले भने, ‘र, अधिकांश समय आफैं सरकारमा बस्ने, अनि सरकारले काम गरेन भनेर अरुलाई मात्रै औंला ठड्याएर हुन्छ ? आफूलेचाहिँ जवाफदेहीता लिनुपर्दैन ? जो सबैभन्दा बढी सरकारमा बस्छ उसलेचाहिँ जिम्मेवारी लिनु नपर्ने हो ?’

उनले कांग्रेस नेताहरुको असन्तुष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खेल्न खोजेको बताए । चैत मसान्तमा मात्र दाहाल चितवन पुगेर कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका थिए । ‘नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढेको छ । अहिलेको नयाँ अनुभवका आधारमा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ,’ दाहालले भनेका थिए । उसो त दाहालले सरकार छिट्टै ढल्ने अभिव्यक्ति दिन थालेको गत भदौबाटै हो ।

दाहालको बोली सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा भएको एमालेको निचोड छ । ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भवन र सान्दर्भिकता छ न औचित्य छ,’ एमाले उपमहासचिव ज्ञवालीले भने, ‘राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन । भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं ।’


प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP