Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने : महासंघका अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघकाे ५९औँ वार्षिक साधारण सभा आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने : महासंघका अध्यक्ष ढकाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २८, २०८१

काठमाडौं-  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका  छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । 

उहाँले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताए ।  अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरुको साझा धारणा बनाउनु पर्नेमा अध्यक्ष ढकालको जोड थियो । उनले भने , “अर्थतन्त्रलाई कुनै पनि वादले विथोल्नु हुँदैन् । यसलाई  सबैभन्दा माथि राख्नु पर्छ  । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, वुद्धि, विवेक र सीपको लगानी गर्नुपर्छ । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ ।” 

विगतमा सरकारले चाहिने भन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उहाँले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा राखे ।  प्रतिकुलतामा अनुकुलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्ने तर्फ सरकार र निजी क्षेत्र लाग्नु पर्नेमा अध्यक्ष ढकालको जोड थियो । “म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरुको चाहना पुरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दैनाैँ, निराशालाई आशामा बदल्न सकिदैंन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो ” उनले भने । 

Hardik health

पछिल्लो दुई वर्षमा भारत, चीन र युएईमा सम्पन्न चारवटा सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै उनले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने बताए।विश्वव्यापी रुपमा नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालका प्रतिष्पर्धी मुलुकहरुको तुलनामा अमेरिकाले नेपालका लागि निकै कम भन्सार दर तोकेकोले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन बलियो बनाएको र यसबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए।

देशभित्र लगानीकर्ताको मनोबल बढाउन बहस पैरवीसँगै महासंघको पहलमा आन्तरिक पुँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिंदै अध्यक्ष ढकालले यसले मुलुकका ७७ वटै जिल्ला र मुलुक बाहिर छरिएर रहेको सानोसानो पूँजीलाई एकत्रित गर्दै ठूला आयोजनामा लगानी अवसर खोलिदिएको बताए ।   

पछिल्लो पटक भएका नीतिगत सुधारले सकारात्मक संकेत गरेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटलाई सुधारको प्रस्थान बिन्दुका रुपमा ल्याउनु पर्नेमा जोड दिए  । सरकारले महासंघको आग्रहमा गरेको नयाँ चरणको आर्थिक सुधार र त्यसको आधार तयार पार्न उच्चस्तरिय आयोग गठन, करिब ३५ वटा कानुनमा सुधार, द्विपक्षीय लगानी सम्झौताको खाका तयार तथा उत्पत्तिको प्रमाण पत्रलाई पूर्ण अनलाइन बनाउने जस्ता कार्य सकारात्मक भएको बताउँदै सरकारको यो अग्रसरताले अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।  

यद्यपीे देशमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको , ८० प्रतिशत भन्दा बढि प्रत्यक्ष र अप्रत्यक्ष राजश्वमा योगदान र ८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र अझै सम्मानित हुने अवस्था नरहेको बताउँदै, उनले निजी क्षेत्रको सुरक्षा, सम्मान र मर्यादाक्रमको विषयमा सरकारको ध्यानाकर्षण गराए ।  

“हामीले सुरक्षाको विषय उठाएका हाैँ । सम्मानको बिषय उठाएका हौं । मर्यादाक्रमको बिषय उठाएका हौ । यसमा राज्यको कुनै लगानी हुँदैन । मात्र सदभाव चाहिएको हो । ”उनले भने ।


प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
चार करोड मूल्य बराबरको धान खरिद
चार करोड मूल्य बराबरको धान खरिद सोमबार, माघ १९, २०८२
ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र
ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र सोमबार, माघ १९, २०८२
मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र
मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र आइतबार, माघ १८, २०८२
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड आइतबार, माघ १८, २०८२
पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल शुक्रबार, माघ १६, २०८२
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP