Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #एक्सट्रयाक
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #सहकारीको बचत अपचलन प्रकरण
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
समाचार
  • Home
  • समाचार
  • भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको संयुक्त राष्ट्रबाट कडा भर्त्सना, तत्काल रिहाइको माग
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको संयुक्त राष्ट्रबाट कडा भर्त्सना, तत्काल रिहाइको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २४, २०८१

द हेग – संयुक्त राष्ट्र सङ्घका ६ जना विशेष प्रतिवेदकहरूद्वारा हालै सार्वजनिक गरिएको संयुक्त प्रतिवेदनले भुटानमा गम्भीर मानवअधिकार उल्लङ्घनहरू, विशेष गरी राजनीतिक बन्दीहरूलाई गैर कानुनी रूपमा लामो समयसम्म बन्दी बनाइएको  व्यवहारप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेको  छ। प्रतिवेदनमा मनपरी गिरफ्तारी, यातना, अन्यायपूर्ण मुद्दा चलाउने अभ्यास, र अमानवीय जेलका अवस्थाहरू जस्ता गम्भीर दुर्व्यवहारहरूको प्रतिवेदकहरूले पर्दाफास गरेका हुन् ।

उक्त प्रतिवेदनलाई ग्लोबल क्याम्पेन फर द रिलिज अफ पलिटिकल प्रिजनर्स इन भुटान (GCRPPB) र ह्युमन राइट्स वाच (HRW) ले स्वागत गरेका छन्। वर्षाैंसम्म भुटानले आफूलाई एक शान्तिपूर्ण हिमाली राष्ट्रको रूपमा चित्रण गर्दै आएको छ, तर यो प्रतिवेदनले त्यसको ठ्याक्कै उल्टो तस्बिर  देखाएको छ। विशेष गरी ल्होत्साम्पा जातीय समूहका थुप्रै राजनीतिक बन्दीहरूलाई प्रजातन्त्र र मानवअधिकारको पक्षमा आवाज उठाएको भन्दै अनुचित रूपमा जेल हालिएको प्रतिवेदनमा उल्लेख छ।

उनीहरू अमानवीय व्यवहार, लामो समयको पीडा, चिकित्सकीय सेवाको अभाव र न्यूनतम कानुनी सुरक्षाबाट वञ्चित छन्।  "यो भुटानमा फरक मत राख्नेहरूप्रति गरिएको योजनाबद्ध दमनको सङ्केत हो," प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा भुटानी अधिकारीहरूले आतङ्कवाद विरुद्धको कानुन र  राष्ट्रिय सुरक्षासम्बन्धी प्रावधानहरूको दुरुपयोग गरी राजनीतिक विपक्षीहरूलाई दमन  गर्ने गरेको, राजनीतिक बन्दीहरूलाई  प्रायः मुद्दा नचलाईकनै  लामो समय जेलमा राखिने, जबरजस्ती स्वीकारोक्ति गर्न बाध्य पारिने  र आफ्ना परिवारसँग सम्पर्क राख्न पनि रोक लगाइने गरेको  उल्लेख  छ।

संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदकहरूले यातनाको प्रयोग, निष्पक्ष मुद्दाको अभाव, मौलिक मानवअधिकारको उल्लङ्घन र भुटानी जेलहरूको अमानवीय  अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले राजबन्दीहरूलाई क्षमा दान दिई रिहा गर्न भुटान नरेशलाई आग्रह पनि गरेका छन्।

अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन

भुटानले अहिले सम्म नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (ICCPR), आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी महासन्धि (ICESCR) र  यातनाविरुद्धको महासन्धि (CAT) जस्ता  प्रमुख अन्तर्राष्ट्रिय सन्धिहरूमा हस्ताक्षर गरेको छैन।  यद्यपि  प्रचलित अन्तर्राष्ट्रिय मानवअधिकार कानुनहरू पालना गर्न भुटान बाध्य छ।

प्रतिवेदकहरूले विश्व मानवअधिकार घोषणापत्र तथा सन् २०१९ मा गरिएको युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर) का सिफारिसहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उक्त प्रतिवेदनमा ३२ राजनीतिक बन्दीमध्ये १९ जनाको केस दस्ताबेज गरिएको छ, तर सबै ३२ जना बन्दीहरूका लागि न्यायको माग गरिएको छ।

भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्व अभियान (जीसीआरपीपीबी) ले  सबै राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डहरू पालना गर्न भुटान सरकारलाई आग्रह गरेको छ । उक्त संस्थाले  संयुक्त राष्ट्रसङ्घ, मानवअधिकार संस्थाहरू र लोकतान्त्रिक सरकारहरू सहित सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई भुटानमा भइरहेको गम्भीर मानवअधिकार उल्लङ्घनको अन्त्यका लागि कूटनीतिक दबाब बढाउन आह्वान गरेको  छ।

जीसीआरपीपीबीका संस्थापक तथा ग्लोबल कोअर्डिनेटर राम कार्कीले  यो  प्रतिवेदनले भुटानका राजनीतिक बन्दीहरूले भोगेका अन्यायहरूलाई प्रमाणित गरेको बताए । “अब उनीहरूको आवाज दबिनु हुँदैन। हामी पीडितहरू र उनीहरूका परिवारहरूसँग ऐक्यबद्धता जनाउँदै सबै राजनीतिक बन्दीहरूको पूर्ण रिहाइ नहुँदासम्म सङ्घर्ष जारी राख्नेछौँ," कार्कीले भने।

उनले सबै राजनीतिक बन्दीहरू रिहा भई उनीहरूको  नयाँ जीवन सुरु गर्न आवश्यक पुनः स्थापना कार्यक्रमहरू सुनिश्चित नगरिँदासम्म  आफूहरूलाई  विश्व व्यापी  समर्थन प्राप्त भई रहने विश्वास पनि व्यक्त गरे। 

 


प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
इरान र इजरायललाई तनाव कम गर्न ‘तुरुन्तै’ कदम चाल्न चीनको आग्रह
इरान र इजरायललाई तनाव कम गर्न ‘तुरुन्तै’ कदम चाल्न चीनको आग्रह सोमबार, असार २, २०८२
इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता
इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता आइतबार, असार १, २०८२
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प आइतबार, असार १, २०८२
युक्रेन र रुसबीच थप युद्धबन्दी आदानप्रदान
युक्रेन र रुसबीच थप युद्धबन्दी आदानप्रदान आइतबार, असार १, २०८२
भारतमा हेलिकप्टर दुर्घटनामा बालकसहित सात जनाको मृत्यु
भारतमा हेलिकप्टर दुर्घटनामा बालकसहित सात जनाको मृत्यु आइतबार, असार १, २०८२
 एयर इन्डियाको विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण
 एयर इन्डियाको विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण शुक्रबार, जेठ ३०, २०८२
साउदी अरेबिया : इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन’
साउदी अरेबिया : इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP