Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद गठन हुने
नेपालमा थाई लगानीको सहजिकरणका लागि महासंघले पहल गर्ने  नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद गठन हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २२, २०८१

काठमाडाैं - नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) गठन हुने भएको छ । आज बैंककमा नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष बीच भएको भेटवार्तामा उक्त परिषद गठनका बारेमा छलफल भएको हो । 

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुल सहित दुवै देशका पदाधिकारबीच भएको भेटवार्ताका अवसरमा महासंघले दुई संस्थाहरू बीच संयुक्त व्यापार परिषद् गठनको प्रस्ताव गरेको हो । 

यो परिषद्ले निरन्तर संवाद, सहकार्य र व्यावसायिक अवसरहरूको खोजीको लागि समर्पित प्लेटफर्मको रूपमा काम गने महासंघका अध्यक्ष ढकालले जानकारी दिए । “नेपाल लगानीकर्ता र व्यवसायहरूका लागि असंख्य अवसरहरू प्रदान गर्ने उपयुक्त सम्भावनाहरूको भूमिको रूपमा उभिएको छ । संयुक्त वाणिज्य परिषद गठनको पहलले हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउनेछ र दुवै देशहरूमा आर्थिक वृद्धिलाई अगाडि बढाउनेछ ” उनले भने । 

अध्यक्ष ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानुनहरु संशोधन तथा परिमार्जन गरिएको साथै सरकारले लगानीको सुरक्षाको प्रत्याभूती गरेको अवस्थामा थाई लगानीको लागि आवश्यक थप सहजिकरणका लागि महासंघले पहल गर्ने प्रतिवद्धता समेत जाहेर गरे । 

Hardik health

उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा  सम्भावना रहेको जानकारी गराउँदै नेपालमा थाई व्यवसायीहरुसंग संयुक्त रुपमा लगानी गर्न सकिने समेत बताए । उनले थाइल्याण्डको वाणिज्य चेम्बर र व्यापार बोर्डका सदस्यहरू र बृहत् थाई व्यापार समुदायलाई नेपाल भ्रमण गर्न र नेपालले प्रस्तुत गर्ने सम्भावनाहरूको प्रत्यक्ष अवलोकन गर्न थाई व्यवसायीहरुलाई नेपालमा आमन्त्रण समेत गरे  ।

यस्तै उहाँले थाई सरकारलाई नेपालीहरुका लागि अनअरावल भिषा दिने प्रक्रियाका लागि पहल गरिदिन पनि थाई चेम्बर अफ कमर्श बोर्ड अफ ट्रेड अध्यक्षमार्फत आग्रह गरे । यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले संयुक्त वाणिज्य परिषद्का माध्यमबाट दुवै देशको आर्थिक विकासमा योगदान गर्न सकिने धारणा राखे । उनले नेपालमा गरिने लगानीको सहजताका लागि  महासंघले नेपाल सरकारसंग आवश्यक सहजिकरण गर्ने समेत बताए। 

यसैबीच संयुक्त वाणिज्य परिषद (जेबीसी) को गठन तथा थप आवश्यश्क प्रक्रिया अगाडी बढाउने सहमति भएको छ । सो कार्यका लागि महासंघका महानिर्देशक गोकर्णराज अवस्थी तथा जोइन्ट फरेन चेम्बर अफ कमर्श इन थाइल्याण्डका अध्यक्ष विवेक लिज्याण्ड लिइरभाग (Mrs. Vibeke Lyssand Leirvag ) लाई जिम्मेवारी प्रदान गरिएको छ । यस अघि २०२४ अप्रिल २४ तारिखमा नेपाल–कतार संयुक्त वाणिज्य परिषद् गठन गर्ने सहमति भएको थियो भने सोही सहमती अनुरुप प्रथम अध्यक्ष स्तरिय बैठक २०२४ को अक्टोबर २ तारिखमा कतारको राजधानीमा दोहामा सम्पन्न भएको थियो । 

सो अवसरमा बोल्दै थाई चेम्बर अफ कमर्श बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले महासंघका तर्फबाट व्यक्त धारणाहरु प्रति आफुहरु सकारात्मक रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि बोर्ड अफ ट्रेड तयार रहको बताए । उनले नेपाली नागरिकका लागि अनअराइवल भिषा प्रक्रियाका बारेमा पनि सरकारसंग पहल गर्ने बताए  । सो अवसरमा महासंघको तर्फबाट उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ र कार्यसमिति सदस्य पशुपतीदेव पाण्डे तथा थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका  पदाधिकारीहरुको सहभागिता थियो । 

यस अघि प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितीमा बुधबार बैंककमा नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन सोमबार, माघ ५, २०८२
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात सोमबार, माघ ५, २०८२
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून आइतबार, माघ ४, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत बिहीबार, माघ १, २०८२
चिसापानी बजारको सडक निर्माण तीव्र
चिसापानी बजारको सडक निर्माण तीव्र बिहीबार, माघ १, २०८२
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP