Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • गृह मन्त्रालयमाथि प्रश्नैप्रश्न
गृह मन्त्रालयमाथि प्रश्नैप्रश्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २२, २०८१

चैत १५ गते राजावादी समूहले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले गरेको दमन र सरकारी रिपोर्टले प्रश्नमाथि प्रश्न उब्जेको छ । सुरक्षा संयन्त्र सम्हालेको तालुकदार निकाय हो गृहमन्त्रालय । गृहमन्त्रीमा अहिले कांग्रेस नेता रमेश लेखक छन् । सुझबुझपूर्ण जवाफमा उत्रने गृहमन्त्री लेखकको नेतृत्वमा रहेको सुरक्षा निकायले यो प्रदर्शनमा भने अनेकन प्रश्नहरु उब्जाएका छन् ।

यो प्रदर्शनको मुख्य योजनाकार र कमान्डर थिए दुर्गा प्रसाईं । मेडिकल व्यवसायी उनलाई उक्त दिन प्रहरीले नियन्त्रणमा लिइसकेको थियो । तर एकाएक प्रसाईं कार्यक्रम स्थल लैजाँदै गर्दा प्रहरीले तिनकुनेमै छाडिदिएको देखिन्छ । उनै प्रसाईंलाई अहिले प्रहरी प्रशासन धुईधुईती खोजिरहेको छ । प्रहरीले बुधबार सार्वजनिक गरेको भिडियोसहितको रिपोर्टमा प्रसाईंले सिंहदरबारदेखि संसद भवन कब्जा गर्नेसम्मका उक्साहटपूर्ण अभिव्यक्ति दिएको देखिन्छ । तर पक्राउ परिसकेको प्रसाईंलाई किन छाडे प्रहरीले ?

यतिमात्र हैन प्रहरीले उक्त प्रदर्शनमा सिनामंगल क्षेत्र र कोटेश्वरको भाटभटेनी क्षेत्रमा अनावश्यक गोली प्रहार गरेको पनि पुष्टि भएको छ । प्रहरीले ५८ राउन्ड गोली प्रहार गर्दा २० जना घाइते भएको प्रहरीको प्रेस ब्रिफिङपछि मात्र थाह भयो । प्रहरीले अन्धधुन्ध गोली चलाउने क्रममा त्यहाँ न त नागरिक समाजको उपस्थिति थियो न त मिडियाको । यसरी प्रदर्शनमा आएकामध्ये कति घाइते भए त्यसको सही प्रतिवेदनसमेत प्रहरीले लुकाएको देखिन्छ ।

Hardik health

यसैगरी प्रहरी प्रशासनले आफ्नो पक्षमा सेन्टिमेन्ट बटुल्न व्यक्तिगत सम्पत्तिमा भएको तोडफोड र आगजानी नियन्त्रणका लागि भने कुनै बल प्रयोग गरेको देखिन्न । सीमित प्रदर्शनकारी भएको ठाउँमा ताकीताकी गोली हान्ने तर धेरै भएको ठाउँबाट भइरहेको उदण्डता रोक्न केही नगर्ने कारण के हो ? यसैगरी कफ्र्यु जारी गरी सेना खटाएपछि पनि जडीबुटी क्षेत्रमा तोडफोड र आगजनी कसरी भयो ? तिनकुने घटनामा प्रहरीबाट यस्ता थुप्रै सन्देहपूर्ण घटना भएका छन् जसलाई स्वतन्त्र नागरिक समाजले प्रश्न उठाउनुपर्दछ । 

प्रदर्शनकारीबाट उद्दण्डताको हद नाघेको छ । उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ र कानुनअनुसार कारबाही हुनुपर्छ । तर सुरक्षा निकायले सही सूचना नदिने, उक्त क्षेत्रमा खटिएका प्रहरीहरुको कमजोर सूचना प्रणालीजस्तो विषयमा भने प्रश्न उठेको छ । यो विषयमा गृहमन्त्रालयले बेलैमा सही जवाफ देओस् । नभए सूचना लुकाएकै कारण जनआक्रोश बढेर जाने देखिन्छ । 
 


प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP