Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बन्द गर त्रिविको चरम राजनीति
बन्द गर त्रिविको चरम राजनीति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १९, २०८१

भनिन्छ शिक्षालयमा चरम राजनीति भयो भने यहीबाट थिति बिग्रन सुरु हुन्छ । त्रिभुवन विश्वविद्यालय नेपालको प्रमुख शिक्षालय हो, तर यो संस्था चरम राजनीतिबाट थिलथिलो भइसकेको छ । यसको पछिल्लो उदाहरण हो यहाँका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा । बहिर झट्ट हेर्दा रहरलाग्दो देखिने त्रिविमा सत्ताअनुकूलको डरलाग्दो राजनीति छ ।

पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति बनेका बराललाई धेरैले मेरिटोक्रेसीको आधारमा आएका व्यक्ति मानेका थिए । त्रिवि सुधारको योजनाहरु ल्याएका थिए उनले । २०८० फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा त्रिविको उपकुलपति भएका उनलाई वर्तमान प्रधानमन्त्री केपी ओलीले हटाइछाड्ने योजना यसअघि नै बनाइसकेका थिए ।

यही योजनाअनुसार ओलीले मंसिरको त्रिविसभामा आफ्नो विद्यार्थी संगठनका नेताहरु लगाएर बरालविरुद्ध जथाभावी भन्न लगाएका थिए । जुनसुकै सरकार आउँदा पनि यहाँ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको रजगज चल्छ । उनीहरुले भनेअनुसार नभए यहाँ १२ महिनै तालाबन्दी हुन्छ भने प्राध्यापक कुटपिटमा उत्रन्छन् विद्यार्थी नेताहरु ।

Hardik health

राजनीतिक दलले विश्वविद्यालयलाई कार्यकर्ता भर्तीको थलो बनाएका छन् । पछिल्लोपटक अनेरास्ववियु र नेविसंघको दबाबमा करारका प्राध्यापक, कर्मचारी र चालकलाई स्थायी गर्न दबाब दिएको थियो । यी दबाव थेग्न बराल कति दिन त त्रिवि नै नगई बाहिरबाटै काम गर्न बाध्य भएका थिए । चर्को दबाब थेग्न नसकेपछि बरालले गत मंगलबार राजीनामा बुझाएका हुन् ।

चरम राजनीतिकै कारण त्रिविमा काम गर्न नसक्ने प्राध्यापकहरु बताउँछन् । यहाँ काम गर्न विद्यार्थी नेताहरुलाई रिझाउनुपर्ने बाध्यता रहेको छ । विद्यार्थी नेताहरु केन्द्रीय नेताहरुबाट परिचालित हुन्छन् । त्रिविमा सक्रिय स्वतन्त्र विद्यार्थी युनियन, राजनीतिक दलका विद्यार्थी संगठनको नेताहरुको ‘साँढे’ पनका कारण कैयनपटक विद्यार्थी नेताहरु जेलसमेत पुगेका छन् । कोही जेलजीवन नभोगी सेटिङमा पलायनसमेत भएका छन् । 

बराल अहिलेका पात्र हुन् । त्रिविमा यस्तो पात्र फेरिरहन्छन् तर राजनीतिक व्यवहार फेरिँदैन । शिक्षालयबाटै यस्तो बेथिति फैलिएपछि अरु क्षेत्रमा कस्तो असर पर्ला ? मुल नै फोहोर भएपछि खोला र नदी सफा कसरी होला ? यो विषयमा अहिलेको नागरिकको चेत गम्भीर हुनैपर्ने हो । तर विद्यार्थीदेखि प्राध्यापक रोजगारी र नाफाको लोभमा राजनीतिक दलको लगाममा साँढे बनेर हिँडेका छन् । यो प्रवृत्ति तत्काल रोकिनुपर्छ । 
 


प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP