Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देश बनाउने मार्गचित्र काेर्दै रास्वपा
देश बनाउने मार्गचित्र काेर्दै रास्वपा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, चैत १९, २०८१

 

  •  देश निर्माणको मार्गचित्र ‘मिसन ब्लु प्रिन्ट’ रास्वपाले बनाउने 
  •  उपसभापतिद्वयको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन
  •  आगामी महाधिवेशनमा ‘मिसन ब्लु प्रिन्ट’ प्रस्तुत गरिने

काठमाडौं– देशको अवस्था बिग्रिएको हरेकजसोले टिप्पणी गर्छन् । बिग्रिएको कारण पनि सुनाउँछन् तर बनाउनेचाहिँ कसरी ?रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यससम्बन्धी स्पष्ट मार्गचित्र बनाउने भएको छ । मार्गचित्रलाई रास्वपाले ‘मिसन ब्लु प्रिन्ट’ भनेको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार मिसन ब्लु प्रिन्ट समृद्ध नेपाल बनाउने व्यवस्थित योजना हुने छ ।

‘देश राम्ररी नचलेको त सबैले भनेका छन् । उसो भए देश चलाउने योजना त चाहियो होला नि त । अनि अहिलेको अवस्था र अभ्यास गलत हो भन्ने कुरा सबैले स्वीकारेका छन् तर सही के हो ?,’ उनले प्रभावसँग भने, ‘त्यसको खाका मिसन ब्लु प्रिन्ट हो र जुन समृद्ध नेपाल निर्माणको चित्र पनि हुने छ ।’

मिसन ब्लु प्रिन्ट तयार गर्न रास्वपाले कार्यदल गठन गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको हो ।

Hardik health

अहिलेको अवस्था र अभ्यास गलत हो भन्ने कुरा सबैले स्वीकारेका छन् तर सही के हो ? त्यसको समग्र खाका ‘मिसन ब्लु प्रिन्ट’ हो । त्यहाँ समृद्ध नेपाल निर्माणको चित्र हुने छ ।
मनिष झा
प्रवक्ता, रास्वपा


कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सदस्य छन् । कार्यदलले विभिन्न विद्यागत क्षेत्रमा विशेषज्ञता हासिल गरेका सरोकारवाला व्यक्तिहरूसँग छलफल र संवाद गर्ने छ । उनीहरूबाट राय र सुझाव लिने छ । त्यस आधारमा मिसन ब्लु प्रिन्ट तयार गर्ने कार्याधिकार कार्यदललाई रहेको प्रवक्ता झाले बताए । 

उनले आगामी पार्टी महाधिवेशनमा मिसन ब्लु प्रिन्ट प्रस्तुत गर्नुपर्ने बताए । ‘हामीले २०८२ को वैशाखमा पार्टी महाधिवेशन गर्ने भनेका छौँ र त्यही महाधिवेशनमा मिसन ब्लु प्रिन्ट प्रस्तुत हुन्छ र छलफल गरी पारित गर्छौं,’ झाले भने, ‘त्यहीअुनसार कार्यदल तयारीमा जुट्छ ।’

रास्वपा देश बनाउने भन्दै उदाएको दल हो । देश बिग्रिएको, भ्रष्टाचारको दलदलमा फसेको र यसमा कांग्रेस, एमाले, माओवादीलगायतका नेताहरू जिम्मेवार रहेको रास्वपाको ठहर छ । गत आमचुनावमा रास्वपाको चुनावी एजेण्डा यही थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहालले देशलाई बर्बादीतर्फ लगेको भन्दै उनीहरूविरुद्ध रास्वपाले ‘नो नट अगेन’ अभियान नै चलाए । तर, उनीहरू चुनाव जितेर संसद्मा आए । चुनावपछि देउवाबाहेक दाहाल र ओली प्रधानमन्त्री भइसके । दाहालको सरकारमा रविकै नेतृत्वमा रास्वपा दुईपटक सहभागी भयो । त्यति हुँदा पनि रास्वपा नेताहरूकै शब्दमा भन्दा बिग्रिएको देश बनेन । 

मतदाताहरूले पनि रास्वपाका नेताहरूलाई सोध्न थालेका छन्– ‘खोइ देश बनायाैँ त ?’ यो प्रश्न गएको चुनावमा रास्वपाबाट उम्मेदवार बनेकाहरूलाई मत दिने मतदाताहरूले सोध्दै आएका छन् । संसद्मा पुराना दलका नेताहरूले ‘हा हु...’ गरेर चुनाव जित्नेसँग देश बनाउने भिजन नै नभएको टिप्पणी गर्दै आएका छन् । 
यस्तोबेला रास्वपाले मिसन ब्लु प्रिन्ट नाम दिएर राष्ट्र निर्माणको खाका तयार गर्ने भएको हो । हालसम्म कुनै राजनीतिक दलले देश निर्माण गर्न खाका तयार गरेका छैनन् । यदि, रास्वपाले बनाएको अवस्थामा त्यो पहिलो हुने छ । 

रास्वपाले यसबाहेक लिडरसिप एकेडेमीलाई चलायमान गर्ने भएको छ । रास्वपाको लिडरसिप एकेडेमी अन्य पार्टीको स्कुल विभागजस्तै हो । पार्टी सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई एकेडेमी व्यवस्थित बनाउने जिम्मेवारी सोमबारको पार्टी बैठकले तोकेको छ । 

प्रवक्ता झाले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरूको क्षमता अभिवृद्धि गर्नुछ । विदेशतिर चाहिँ अर्को पुस्ता नेतृत्व तयार गर्न प्रशिक्षणमार्फत क्षमता अभिवृद्धि गर्ने गरिन्छ । त्यहीअनुसार हामी पनि क्षमता अभिवृद्धि गर्दै नेतृत्व जन्माउन चाहन्छौं, त्यो काम अब हुन्छ ।’रास्वपा बैठकले पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधिलगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ । )

पाँच महिनापछि पार्टीको नेतृत्वमा फर्किए रवि 
सहकारी ठगी प्रकरणसँग जोडिएर सम्पत्ति शुद्धीकरणकोसमेत मुद्दा सामना गर्नुपरेपछि सांसद पदबाट निलम्बित रास्वपा सभापति रवि लामिछाने पार्टी राजनीतिमा सक्रिय भएका छन् । उनले सोमबार पार्टीको चुनाव चिह्न घण्टी बजाएपछि राष्ट्रिय झण्डालाई तीनपटक ढोगेर पार्टी बैठकको सभापतित्व ग्रहण गरे । साढे पाँच महिनापछि पार्टी कार्यालयबाट उनी सरकारविरुद्ध चर्को सुनिए । 

‘मलाई लागेको थियो, म शान्त बसौंला तर टाउको माथि तरबार झुड्याइयो । तरबार राख्यो भने डराउँछ होला भन्ने लागेको थियो होला,’ उनले भने, ‘कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल, म थाप्न तयार हुन्छु, म लड्छु, जुनसुकै शक्तिसँग एक्लै लड्छु ।’

शरीरमा एक थोपा रगत रहुञ्जेलसम्म लोकतन्त्रको नाममा हुने लुटतन्त्रको विरोध गर्ने बताए । उनले सरकराले आफूलाई ज्युँदो छाडेको भन्दै त्यो आफ्नो जित भएको बताए । लामिछाने २ कात्तिकमा सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । यसबीचमा उनलाई पोखरा, काठमाडौं, रुपन्देही र चितवन अदालतले धरौटीमा रिहा गरेका छन् । तर, मुद्दा भने विचाराधीन छ । विचाराधीन भएकै अवस्थामा उनी पार्टी राजनीतिमा सक्रिय भएका हुन् । 
 


प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि शुक्रबार, मंसिर २६, २०८२
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे शुक्रबार, मंसिर २६, २०८२
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस शुक्रबार, मंसिर २६, २०८२
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने शुक्रबार, मंसिर २६, २०८२
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती  शुक्रबार, मंसिर २६, २०८२
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP