Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मिश्र र राणासहितलाई पाँच दिन हिरासतमा राख्न अनुमति
तीनकुने हिंसात्मक घटना प्रकरण मिश्र र राणासहितलाई पाँच दिन हिरासतमा राख्न अनुमति
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, चैत १८, २०८१
  •  ११ जनाविरुद्ध राजद्रोह र संगठित अपराधको कसूरमा अनुसन्धान
  •     २५ वर्ष कैदको बाटोमा अघि बढ्दै सरकार


काठमाडौं– गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनामा भीडलाई उक्साएको आरोप छ, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई । महामन्त्री धवलशमशेर जबरालाई पनि त्यही आरोप छ । 
मिश्र राजसंस्था पक्षधरले गठन गरेको संयुक्त जनआन्दोलन समितिका सदस्यसचिव र राणा आन्दोलन परिचालन समिति संयोजक छन् । दुवै पक्राउ परेको शुक्रबार राति हो । त्यही दिन तीनकुनेमा राजसंस्थापक्षधरहरूले हिंसात्मक प्रदर्शन गरेका थिए । 

आइतबार मिश्र, जबसरासहितलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तारादेवी महर्जनको इजलासमा पेस ग¥यो । इजलासमा विपक्षी मिश्र, राणालगायत पक्राउ परेकाहरूको तर्फबाट कानुन व्यवसायीहरू विष्णु भट्टराई, राजु बस्नेत, गणेश विष्ट, श्याम शाही र शशांक थापा पुगेका थिए । भट्टराईसहितका कानुन व्यवसायीहरूले इजलासमा स्वास्थ्य समस्या देखाउँदै मिश्र र राणाको रिहा माग गरे । उनीहरूले भने– उहाँ (धवल) भर्खर गिँजाको क्यान्सरको उपचारपछि आउनुभएको हो । उहाँ फलोअपमा जानुपर्छ । उहाँलाई विनासर्त रिहा गरियोस् र उहाँ (रवीन्द्र) पनि प्रेसरबाट पीडित हुनुहुन्छ । उहाँलाई पनि रिहा गरियोस् ।’

आफ्नै कानुन व्यवसायीहरूले रिहा गर्न गरेको मागदाबीलाई दुवैले खारेज गरिदिए । स्रोतका अनुसार सुरुमा रवीन्द्रले भने, ‘मलाई अस्पताल लाने काम नगरियोस्, मलाई हिरासतमै उपचारको व्यवस्था गरियोस् । म कहीँ जान्नँ ।’ राणाले पनि मिश्र नजाने भए आफू पनि कहीँ नजाने बताए । ‘राज्यले मार्ने भए कार्यालयमै मारियोस्, अस्पताल जान पाउने सेवा दुरुपोग गर्दिनँ,’ राणाले इजलासमा भनेका थिए । यसरी मिश्र र राणाले हिरासतमै बसेर न्यायिक प्रक्रियालाई सघाउ पु¥याउने बताए । अस्पतालमा बसेर पनि उपचार गर्न पाउने प्रक्रियाको विरोध गरे । 

Hardik health

सोहीअनुसार न्यायाधीश महर्जनले आदेश गरिन् । पाँच दिन म्याद थप हुने आदेशमा उल्लेख छ । म्याद थप ११ जनाविरुद्ध भएको हो । नेताहरूको रिहा नभएपछि देशका ठाउँठाउँमा राजसंस्था पक्षधरहरूले आइतबार साँझ मसाल जुलुस निकालेका छन् । शुक्रबारको राजावादी प्रदर्शन हिंसात्मक भएपछि सो हिंसा भड्काउन भूमिका खेलेको भनिएका मिश्र, राणालगायत ११ जनाविरुद्ध राजद्रोह र संगठित अपराधको कसूरमा अनुसन्धान भइरहेको छ ।

करोडौंको निजी तथा सरकारी सम्पत्तिमा क्षति तथा दुई जनाको मृत्यु हुनेगरी राजावादीको तीनकुने प्रदर्शन हिंसात्मक भएको थियो । त्यसपछि पक्राउ परेकाहरूविरुद्ध प्रहरीले राजद्रोह र संगठित अपराधको कसूरमा अनुसन्धान अगाडि बढाएको छ । उनीहरूलाई हिरासतमा राखी अनुसन्धान गर्न आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो । उनीहरूमाथि लगाउन थालिएको कसूर कडा प्रकृतिको हो । मुलुकी अपराध संहिता २०७४ को दफा ५० मा राजद्रोहको कसूरसम्बन्धी व्यवस्था छ, जसमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

यो दफाको उपदफा १ मा ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षड्यन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन दिन हुँदैन ।’ यो कसूर गर्नेमाथि २५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनामा आपराधिक गतिविधि गरेको आरोपमा ४१ जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको छ । यसैभित्र मिश्र र राणा पनि पर्छन् । उनीहरूलाई प्रहरीले ११ वटा कसूरमा अनुसन्धान गर्ने भएको छ । कर्तव्य ज्यान, ज्यानसम्बन्धी उद्योग, संगठित अपराध, लुटपाट, आगजनीलगायत मुद्दामा प्रहरीले अनुसन्धान गर्ने भएको हो । 

प्रसाईंसहितले संघीय संसद् भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरीमाथि ढुंगामुढा गरेको, आफैंले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गरेको प्रहरीले जनाएको छ । म्याद थपका लागि अदालतसँग अनुमति माग गर्दै प्रहरीले आमसर्वसाधारणको सुरक्षार्थ सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसमेतका सुरक्षाकर्मीहरूलाई ढुंगा, लाठी, फलामका रड, घरेलु हतियारसमेतले प्रहार गरेको दाबी गरेको छ ।

सुरक्षाकर्मीको हातहतियारसमेत खोसी सुरक्षाकर्मीहरूलाई घाइते बनाएको, सर्वसाधारण मानिसहरूको घर, निजी सम्पत्ति, सञ्चार गृहहरूको भवन, विभिन्न राजनैतिक दलहरूको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरू, व्यापारिक केन्द्रमा राजसंस्था पक्षधरहरूले विध्वंश गरेकोलगायत घटनामा उनीहरुको मुख्य भूमिका रहेको प्रहरीको दाबी छ । 
 


प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP