Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • कञ्चनजङ्घा हिमालको ७०औं आरोहण दिवस मनाइदै
कञ्चनजङ्घा हिमालको ७०औं आरोहण दिवस मनाइदै
दिपा सुनुवार
दिपा सुनुवार आइतबार, चैत १७, २०८१

काठमाडाैं -  कञ्चनजङ्घा हिमालमा आरोहण गर्न सुरू गरेकाे ७०औं वर्ष पुग्दै छ। कञ्चनजङ्घा हिमालमा सफल आरोहण भएको ७०औं वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमहरू गरिने काठमाडाैंकाे नेपाल पर्वताराेहण संघमा आइतबार पत्रकार सम्मेलन गरी जनाइएकाे हाे ।  

कञ्चनजङ्घा हिमालको ७०औं आरोहण दिवसको अवसरमा कञ्चनजङ्घा संरक्षण क्षेत्र, नेपाल पर्वतारोहण संघ र समृद्ध पहाडको संयुक्त आयोजनामा विशेष कार्यक्रम हुने भएको छ।

कञ्चनजङ्घा, विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर (८,५८६ मिटर) हो ।  सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए भने पहिलाे नेपाली पुरूष आङ फुर्वा शेर्पा  र महिलामा  निमा जाङमु  शेर्पाले आरोहण गरेका थिए ।

नेपाल पर्वतारोहण संघमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाहरूले कञ्चनजङ्घा हिमालको आरोहण, पर्यटन विकास, पर्यावरणीय संरक्षण तथा स्थानीय समुदायको संस्कृति प्रवर्द्धनमा जोड दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए।

संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डेले  भने ,' सगरमाथा, ल्होत्से लगायतका हिमालहरू १ नम्बर प्रदेशमा पर्ने भएकाले प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाल प्रवर्द्धन गर्नुपर्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र र समृद्ध पहाडको अवधारणालाई अघि बढाउन आवश्यक छ।'

आगामी अप्रिल १८ र २० मा ताप्लेजुङको लेलेप, अप्रिल २४ मा काठमाडौंको अलफ्ट होटलमा कार्यक्रम गरिने समृद्ध पहाडका प्रमुअ कार्यकारी अधिकृत संजीव न्यौपानेले बताए ।  कार्यक्रममार्फत पर्वतारोहण इतिहासमा योगदान पुर्‍याउने पर्वतारोही, शेर्पा गाइड, अनुसन्धानकर्ता तथा पर्वतारोहणसम्बन्धी व्यक्तित्वहरूको सम्मान गरिनेछ। उनका अनुसार कञ्चनजङ्घा क्षेत्रलाई सुरक्षित, दिगो र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरिनेछ।  

Hardik health

हिमालयन इकोसिस्टम संरक्षण तथा जलवायु परिवर्तनको प्रभावबारे पनि छलफल हुने न्यौपानेले जानकारी दिए।  उनका अनुसार विशेष गरी त्यहाँका स्थानियलाइ पनि अान्तरिक पर्यटन र महत्वकाे बारेमा विशेष अभिमुखिकरण दिनका लागि र 

शेर्पा, लिम्बु, राईलगायत स्थानीय समुदायको सांस्कृतिक सम्पदा संरक्षण तथा प्रवर्द्धनमा कार्यक्रमको केन्द्रीय भूमिका रहनेछ। नेपाल सरकार, पर्वतारोहण संघहरू तथा स्थानीय सरोकारवालाबीच पर्वतारोहण व्यवस्थापन, सुरक्षा, पर्यावरण मैत्री अभ्यास तथा प्रविधिको प्रयोगसम्बन्धी छलफल गरिनेछ।

न्यौपानेका अनुसार कञ्चनजङ्घा आरोहणको ७०औं वार्षिकोत्सव अप्रिल २४ मा काठमाडौंको अलफ्ट होटलमा ऐतिहासिक भेलासहित मनाइनेछ, जसमा सरकारी अधिकारी, अन्तर्राष्ट्रिय संस्था, पर्वतारोही, सञ्चारमाध्यम तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

कार्यक्रममा विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेभिड शेर्पा तथा लेखक तथा अन्वेषक लेभिसन वुडले ‘हिलारी मेमोरियल लेक्चर’ प्रस्तुत गर्नेछन्। साथै, १९५५ मा पहिलोपटक कञ्चनजङ्घाको शिखर चुम्ने जो ब्राउन र जर्ज ब्यान्डको साहसिक यात्रालाई सम्मान गरिनेछ। कार्यक्रमले कञ्चनजङ्घाको पर्वतारोहण तथा संरक्षणको महत्त्व उजागर गर्दै यसको दिगो भविष्य निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

 

 

 

 

 

 


प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ सोमबार, माघ ५, २०८२
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै शुक्रबार, माघ २, २०८२
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु शुक्रबार, माघ २, २०८२
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम शुक्रबार, माघ २, २०८२
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल शुक्रबार, माघ २, २०८२
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण बिहीबार, माघ १, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP