Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #ट्रक_यातायात
  • #किम_जु
  • #किम_जोङ_उन
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
विश्व
  • Home
  • विश्व
  • सवारीमा २५ प्रतिशत थप कर लगाउँदै ट्रम्प
सवारीमा २५ प्रतिशत थप कर लगाउँदै ट्रम्प
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १४, २०८१

वासिङ्टन -विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।  ट्रम्पले विदेशबाट अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गरेका हुन् । 

अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन्। 
ट्रम्पको बुधबार अपरान्हको घोषणाअघि वाल स्ट्रिटमा गिरावट आएको छ भने विश्वको सबैभन्दा बढी बिक्री हुने अटोमेकर टोयोटाको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले टोकियोले ‘सबै प्रकारका प्रतिकारात्मक उपायहरू विचार गरिरहेको’ बताउनुभएको छ भने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको करलाई आफ्नो देशका कामदारहरूमाथि ‘सीधा आक्रमण’ को संज्ञा दिएका छन्  । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पनि आफ्नो देश ‘स्थिर रहन नसक्ने’ बताउनुभएको छ । ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “संयुक्त राज्य अमेरिकामा नबनेका सबै कारहरूमा २५ प्रतिशत कर लाग्ने गरी हामीले निर्णय लिएका छौँ।”

घोषणामा भनिएको छ, “यो शुल्क अमेरिकी समय अनुसार अप्रिल ३ राति १२ः०१ बजे पछि लागू हुनेछ र यसले विदेशमा निर्मित कार र हल्का ट्रकहरूलाई असर गर्नेछ । अटोमोबाइलका मुख्य पार्टपुर्जाहरू पनि एक महिनाभित्रै प्रभावित हुनेछन् ।”ट्रम्पले क्यानडा र युरोपेली सङ्घले संयुक्त राज्य अमेरिकालाई ‘आर्थिक क्षति’ पुर्याउन मिलेर काम गरेमा ‘हालको योजना भन्दा धेरै ठूलो मात्रामा कर लगाउने चेतावनी दिएका छन् । 

Hardik health

ट्रम्पका व्यापार र उत्पादनका लागि वरिष्ठ परामर्शदाता पिटर नाभारोले ट्रम्पको घोषणापछि पत्रकारसँगको एक साक्षात्कारमा ‘विदेशी व्यापार छली’ को आलोचना गर्दै यसले अमेरिकाको विनिर्माण क्षेत्रलाई ‘न्युन ज्यालामा काम गर्ने विदेशीका लागि सुरक्षित गरेको बताए । उनले जर्मनी र जापानले उच्च मूल्यका पार्टपुर्जाको निर्माणलाई आफ्नो देशमा नै केन्द्रित गरेको र सस्तो उपकरण निर्यात गरेको भन्दै आलोचना गरे । 

वासिङ्टनको करले ट्रम्पका सहयोगी तथा टेस्लाका मालिक एलन मस्कले आफ्नो फर्मको कारमा लागत प्रभावलाई ‘प्रभाबित’ नगरेको बताएका थिए । गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ कर लगाउनुका साथै स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएका छन् । नयाँ करहरू उत्पादनहरूको लागि पहिले नै लगाइएका करकोे अतिरिक्त कर हुनेछ तर ह्वाइट हाउसले अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (यूएसएमसीए) अन्तर्गत प्रवेश गर्ने सवारी साधनले आफ्नो अमेरिकी सामग्रीको आधारमा कम दरका लागि योग्य हुन सक्ने बताएको छ ।

ट्रम्पको व्यापार योजनामा अनिश्चितता र यसले मन्दी निम्त्याउन सक्ने चिन्ताले वित्तीय बजारलाई तरंगित बनाएको छ र हालैका महिनाहरूमा उपभोक्ताको विश्वास पनि घटेको छ।  ट्रम्पको घोषणा अघि नै जनरल मोटर्स र स्टेलेन्टिसको शेयर तीन प्रतिशतभन्दा बढीले घटेको थियो।जापानमा कार निर्माता कम्पनी निसानले २.५ प्रतिशत, होन्डाले ३.१ प्रतिशत र मित्सुबिशी मोटर्सले ४.५ प्रतिशतले गुमाएका छन् भने माज्दा र सुबारुले करिब छ प्रतिशतले शेयर मूल्य गुमाएका छन् । दक्षिण कोरियाको हुण्डाई कम्पनी सियोलमा २.७ प्रतिशतले पछि परेको छ ।

ट्रम्पले सरकारी राजस्व बढाउने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा करहरूको बचाउ गरेका  छन् । तर आयातित कारलाई लक्षित गर्दा जापान, दक्षिण कोरिया, क्यानडा, मेक्सिको र जर्मनीजस्ता नजिकका साझेदारहरूसँगको सम्बन्ध बिग्रन सक्छ। एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका उपाध्यक्ष तथा पूर्व अमेरिकी व्यापार वार्ताकार वेन्डी कटलरले भन्नुभयो, “आयातित कारमा २५ प्रतिशत कर लगाउँदा हाम्रा धेरै नजिकका व्यापारिक साझेदारमा विनाशकारी असर पर्नेछ ।” उनले वासिङ्टनले केही प्रभावित पक्षसँग स्वतन्त्र व्यापार सम्झौता गरेको र व्यापार सम्झौताअन्तर्गत अमेरिकी प्रतिबद्धताको मूल्यमा प्रश्न उठाएको बताएका छन्  । 

संयुक्त राज्य अमेरिकामा बिक्री हुने लगभग ५० प्रतिशत कारहरू देशभित्र निर्मित हुन्छन्। आयातमध्ये आधा मेक्सिको र क्यानडाबाट आयात हुन्छ, जापान, दक्षिण कोरिया र जर्मनी पनि प्रमुख आपूर्तिकर्ता हुन्।ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकामा निर्मित कारमध्ये आधाभन्दा बढी विदेशमा ‘एसेम्बल’ गरिएका हुन्छन् । फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसको प्रतिनिधित्व गर्ने डेट्रोइटका ‘बिग थ्री’ कार उत्पादकको ‘अमेरिकन अटोमोटिभ पोलिसी काउन्सिल’ले कर वृद्धिका बारेमा सावधानीपूर्वक एक वक्तव्य जारी गर्दै यो नीतिले अमेरिकी अटो उत्पादनलाई बढावा दिने आशा व्यक्त गरेको छ । 

ट्रम्पले अप्रिल २ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका लागि तथाकथित ‘मुक्ति दिवस’ मनाउनुअघि बुधबारको घोषणा आएको हो ।उहाँले वासिङ्टनले अनुचित ठानेका अभ्यासहरूको सुधार गर्न विभिन्न व्यापारिक साझेदारहरूको अनुरूप पारस्परिक करहरूको प्रतिज्ञा गरेका छन् । बुधबार उहाँले यी शुल्कले सबै देशलाई असर गर्ने बताएका थिए ।  

ट्रम्पले हालैका केही करका लागि आपतकालीन आर्थिक शक्तिको प्रयोग गरेका छन भने उनको अटो लेभी सन् २०१९ मा पूरा भएको सरकारी अनुसन्धानमा आधारित छ ।अत्यधिक आयातले आन्तरिक अर्थतन्त्रलाई कमजोर बनाएको र यसले राष्ट्रिय सुरक्षामा खलल पुर्याउन सक्ने अनुसन्धानले देखाएको छ ।
 


प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
विश्वभर १४६ भूमि तथा वातावरण रक्षकको मृत्यु : ग्लोबल विटनेस प्रतिवेदन
विश्वभर १४६ भूमि तथा वातावरण रक्षकको मृत्यु : ग्लोबल विटनेस प्रतिवेदन बुधबार, असोज १, २०८२
बेलायतको मूल्यवृद्धि दर यथावत् आर्थिक वृद्धि चुनौतीपूर्ण
बेलायतको मूल्यवृद्धि दर यथावत् आर्थिक वृद्धि चुनौतीपूर्ण बुधबार, असोज १, २०८२
बाढीले पञ्जाबको अन्न भण्डार ध्वस्त, किसान संकटमा
बाढीले पञ्जाबको अन्न भण्डार ध्वस्त, किसान संकटमा बुधबार, असोज १, २०८२
नाइजरमा बप्तिस्मा समारोहमा आक्रमण, २२ जनाको मृत्यु
नाइजरमा बप्तिस्मा समारोहमा आक्रमण, २२ जनाको मृत्यु बुधबार, असोज १, २०८२
युरोपकाे गर्मीमा १६ हजार ५ सयकाे मृत्यु
युरोपकाे गर्मीमा १६ हजार ५ सयकाे मृत्यु बुधबार, असोज १, २०८२
पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ को ज्यान गयो
पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ को ज्यान गयो मंगलबार, भदौ ३१, २०८२
गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी
गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी मंगलबार, भदौ ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP