Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सडक दुर्घटना न्यूनीकरणमा चुनौती
सडक दुर्घटना न्यूनीकरणमा चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १४, २०८१

बुधबार अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भयो भने २६ जना घाइते भए । नवलपरासीको बर्दघाटबाट अर्घाखाँचीको सुपादेउराली दर्शनका लागि गएको लु २ ख ३०३ नम्बरको बस मन्दिरबाट फर्किने क्रममा शितगंगा नगरपालिका–२ भुवनपाटाको गोरूसिंगे–सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको थियो । आइतबारमात्रै चितवनबाट काठमाडौं आउँदै गरेको हाइस नागढुंगामा दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ जना घाइते भएका थिए । सोमबार देशका विभिन्न ठाउँमा सडक दुर्घटनाका कारण सात जनाको मृत्यु भयो ।

सडक सुरक्षा जाँचमा कडाइ गर्दा पनि दुर्घटना भने घटेको देखिँदैन । बरु सडक दुर्घटनामै ज्यान गुमाउनेको संख्या पछिल्लोपटक बढ्दो छ । सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८ जनाको मृत्यु भएको तथ्यांक छ । त्यहाँ चालु आर्थिक वर्षको फागुनसम्ममा भएका ४४ वटा सवारी दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका हुन् । ती दुर्घटनामा ८१ जना घाइते भए ।

लुम्बिनी प्रदेशमा पनि यस्तो घटनाहरु बढ्दो छ । ट्राफिक नियम उल्लंघन तथा सडक दुरावस्थाकै कारण सवारीसाधन दुर्घटना हुँदा देशभर दैनिक सात जनाभन्दा बढीले ज्यान गुमाउँदै आएको विकराल तथ्यांक छ । सवारी दुर्घटना हुने सबैभन्दा ठूलो कारण चालकको लापरवाही तथा कमजोरी देखाइन्छ । यद्यपि मापदण्डविपरीतका सवारीसाधन, कमजोर पूर्वाधारहरु प्रमुख कारण भएको देखिन्छ ।

Hardik health

सडकमा साइडबार नहुँदा काठमाडौंको धोबीखोलामै कार खसेको थियो । पूर्वाधार कमजोर भएसँगै दुर्घटनाको जोखिम अति उच्च हुन्छ । यसैगरी केही दिनअघि युवाहरुले टोखामा तीव्र गतिमा मोटरसाइकल चलाएका कारण एकजनाको घटनास्थलमै मृत्यु भयो । 

तीव्र गति, लाइसेन्स वितरणमा अनियमितता, ट्राफिक लाइट तथा संकेतको अभाव, साइटबारको अभाव पनि दुर्घटना बढ्नुको प्रमुख कारण हो । सरकारले दुर्घटना न्यूनीकरणका लागि बर्सेनि करोडौं खचिर्ने गरेको छ । सहरी क्षेत्रमा एकै ठाउँमा ट्राफिक संकेत, ट्राफिक लाइट, ट्राफिक प्रहरी र ठूलाठूला ट्राफिक जनचेतनाका फ्लेक्स राखे पनि बाह्य क्षेत्रमा खासै ध्यान दिएको पाइन्न ।

यसैले ट्राफिक अनुशासनको कमी, नियमन अभाव हुँदा ती क्षेत्रमा दुर्घटना बढिरहेको छ ।  बर्सेनि सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियानहरु चलाइने पनि ती अभियान दुर्घटना न्यूनीकरणमा भने पर्याप्त नभएको प्रस्टै देखिन्छ । यसैले अबका दिनमा नियमन र पूर्वाधारमा विशेष ध्यान दिऔं, मापदण्डविपरीतका सवारीसाधन चलाउन निषेध गरौं । अनिमात्र दुर्घटना न्यूनीकरण प्रभावकारी हुने छ ।
 


प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP