Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘विश्वको तापमान वृद्धि रोक्न थप योजना आवश्यक’
‘विश्वको तापमान वृद्धि रोक्न थप योजना आवश्यक’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १३, २०८१

काठमाडौं - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वको तापमान वृद्धि रोक्न थप योजना बनाउनुपर्नेमा जोड दिएका छन्  । जर्मनीको बर्लिनमा जारी ‘पिटर्सबर्ग जलवायु संवाद’लाई मङ्गलबार सम्बोधन गर्दै उनले ब्राजिलमा यही वर्ष हुने जलवायुसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३०)मा त्यस्तो योजना अघि बढाउनुपर्ने बताएको उनको सचिवालयले जनाएको छ ।

विश्व मौसम सङ्गठनको पछिल्लो प्रतिवेदनले सन् २०२४ सबैभन्दा तातो वर्ष भएको पुष्टि गरेको थियो । मन्त्री शाहीले यसले गर्दा विश्व तापमानलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न थप पहल गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, “यो संवाद सबै पक्षलाई एकताबद्ध गर्ने मञ्च हो । जलवायु जोखिममा रहेका हिमाली राष्ट्रहरू र अतिकम विकसित देशहरूका लागि, यस्ता मञ्चहरूले पर्याप्त सहयोग र राजनीतिक गति पाउनुपर्छ ।”

Hardik health

“नेपाल आफ्नो तेस्रो एनडिसी प्रतिवेदन तयार गर्ने अन्तिम चरणमा छ, जुन हामी चाँडै पेस गर्ने योजनामा छौँ । हामी अन्य सबै देशहरूलाई आफ्नो एनडिसी प्रतिवेदन साथ अगाडि आउन आग्रह गर्दछौँ”, मन्त्री शाहीले भने, “हामी कोप–३० ले वार्षिक रूपमा ३०० बिलियन अमेरिकी डलर उपलब्ध गराउने विषयलाई वृद्धि गरी १.३ ट्रिलियन पुर्याउने अपेक्षा गर्दछौँ, जसले जोखिममा रहेका देशहरूका लागि एनडिसी र न्याप कार्यान्वयन गर्नका लागि अनुदानमा पहुँच र हानि तथा नोक्सानी सम्बोधन गर्न सरल पहुँच हुनुपर्छ ।”

सो अवसरमा मन्त्री शाहीले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ बारेमा जानकारी गराएका थिए । जलवायु जोखिममा रहेका पहाडी राष्ट्रहरू र अतिकम विकसित देशहरूका लागि, न्यायपूर्ण सङ्क्रमण मार्गहरू विकसित अर्थतन्त्रहरूको भन्दा फरक रहेको उल्लेख गरे । उनले सीमित स्रोत र पूर्वाधारका कारण, जोखिममा रहेका देशहरूले जलवायु जोखिमको असमान अनुपात सामना गर्नुपरेको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराए ।

पिटर्सवर्ग संवादमा सहभागी हुन मन्त्री शाही यही चैत १० गते त्यसतर्फ प्रस्थान गरेका थिए । विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ ।

उक्त संवादमा विशेष गरी जलवायु परिवर्तनको अन्तरराष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने, र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।जलवायु वार्ताहरूमा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलोपटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी भएको हो । कार्यक्रममा मन्त्री शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायुविज्ञ मञ्जित ढकाललगायत सहभागी हुन् । 
 


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जियोकले ३५ जिल्लाका दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै
जियोकले ३५ जिल्लाका दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै शुक्रबार, माघ ९, २०८२
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल शुक्रबार, माघ ९, २०८२
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान शुक्रबार, माघ ९, २०८२
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो शुक्रबार, माघ ९, २०८२
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP