काठमाडौं- नेपाल झाँक्री संघले राष्ट्रिय झाँक्री सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन आउँदो पुस २९ गते काठमाडौंमा हुने झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङले बताए।
यसका लागि देशभरका झाँक्रीहरुको तथ्याङ्क संकलन शुरु भएको थिङले बताए। 'सम्मेलनका लागि हामी देशभरको झाँक्रीको डाटा कलेक्सन गर्दैछौ। सम्मेलन पुस २९ गते काठमाडौंमा हुने पक्का भएको छ,' अध्यक्ष थिङले भने।
नेपालको मौलिक बोन धर्म, संस्कार, संस्कृति तथा ऐतिहासिक पहिचानको संरक्षण र प्रवर्धनको उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको उनले बताए।