Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जनआक्रोश बढाउने कदम
जनआक्रोश बढाउने कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १३, २०८१

लामो रस्साकस्सीपछि सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको नेतृत्वबाट हटाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने निर्णय गरेसँगै सरकारविरोधी माहोल बढेको छ । सरकारको यो स्वार्थपूर्ण निर्णयले जनआक्रोश बढाउने काम गरेको छ । 

मन्त्रिपरिषद्ले घिसिङलाई बर्खास्त गरेको विषयमा सोमबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले झूठो बोले । उनै मन्त्री गुरुङले मंगलबार सुशासनका लागि घिसिङलाई हटाइएको प्रस्टीकरण दिन भ्याए । प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्रकरणलाई ‘तिल’सँग तुलना गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले भने ‘जनतामा निराशा छाएको बेला हटाउनु गलत’ भन्दै ‘फेस सेभिङ’ गरिरहेको देखिन्छ ।

कुलमान एक कुशल कर्मचारी हुन् । देशमा १८ घण्टा लोडसेडिङ भइरहेको समयमा प्राधिकरणको नेतृत्व सम्हालेर कुलमानले नाम कमाए । उनको कुशल व्यवस्थापनकै कारण प्राधिकरण नाफामा पनि छ । कानुनीरुपमा उनी अझै पनि चार महिना प्राधिकरणको नेतृत्वमा बस्न पाउँछन् । तर एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएको दिनदेखि नै कुलमानलाई हटाउन लागिप¥यो । जसकारण कुलमानले भदौयता प्राधिकरणमा राम्ररी कामै गर्न पाएनन् । सरकारले गत भदौबाटै उनलाई निशाना बनाउन सुरु गरेको थियो । ओलीको मोहोरा बने ऊर्जामन्त्री दीपक खड्का । 

Hardik health

विवादैविवादकाबीच ऊर्जामन्त्री बनेका खड्कालाई प्रयोग गर्न कांग्रेसलाई पनि सजिलो बन्यो । किनभने कुलमान कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला दोस्रोपटक प्राधिकरणमा नियुक्त भएका हुन् । कामकै कारण कुलमान राजनीतिक वृत्तदेखि सर्वसाधारणसम्म लोकप्रिय बन्न सफल भएकाले हत्तपत्त हटाउन हच्किएको थियो कांग्रेस । तर एमाले नेतृत्वले भने उनलाई देखिसहेन । कारण अहिले प्राधिकरणमा पुनःनियुक्ति पाएका हितेन्द्रदेव शाक्यको ठाउँ उनले ‘रिप्लेस’ गरेका थिए । शाक्य एमालेको सरकार हुँदा प्राधिकरणको नेतृत्वमा पुगेका व्यक्ति हुन् । २०७७ को अन्त्यतिर उनलाई ओलीले उक्त पद थमाइदिए पनि २०७८ साउनको अन्तिममा उनी बाहिरिनुपरेको थियो ।

अन्धकार हटाएर उज्यालो छाइदिएको कुलमानले दोस्रो कार्यकालमा बंगलादेशसँग बिजुली व्यापारको ढोका खोलिदिए । किनेर बिजुली बालिरहेको नेपालले बेच्न पनि सक्छ भन्ने उदाहरण उनकै पालामा भयो । तर जब देशकै उद्योगीबाट डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठेन, कुलमानको पद धरापमा प¥यो । उनले बक्यौता उठाउन हरप्रयास गर्दा पनि सरकारले सघाएन । बरु विभिन्न आयोग बनाएर कुलमानलाई दुःख दिने काम सरकारले ग¥यो । जाँदाजाँदा पनि कुलमानले यो बक्यौता उठाउने प्रयास गरेका थिए । तर सरकारले पदबाटै बर्खास्त गरेपछि उनको केही जोर चलेन ।  

सरकारले कुलमानलाई अटेरीको भिल्ला भिराए पनि बक्यौता उठाउन सरकारले समन्वयकारी भूमिका निभाउनुपर्ने थियो । जसरी कुलमानलाई गल्हत्याएर पठाइएको छ, त्यही बक्यौता उठाउने जिम्मेवारी अब शाक्यको काँधमा आएको छ । कुलमान नेतृत्वमा रहेको बेला बक्यौता नतिर्ने उद्योगीले के शाक्य नेतृत्वलाई तिर्ला ? के ऊर्जामन्त्री खड्का यो मामलामा अब्बल देखिएला ? यदि यही तिल हो भने यो भोलि पहाड नबनोस् प्रधानमन्त्रीज्यू ।
 


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
स्टण्ट र प्रतिशोध होइन, विधिको शासन बुझ
स्टण्ट र प्रतिशोध होइन, विधिको शासन बुझ मंगलबार, असार १६, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP