Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
विश्व
  • Home
  • विश्व
  • रुस र युक्रेनबीच ‘व्ल्याक सी’ र उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति
रुस र युक्रेनबीच ‘व्ल्याक सी’ र उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १३, २०८१

वासिङ्टन - संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताका क्रममा रुस र युक्रेनले ‘व्ल्याक सी’ र ऊर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न मङ्गलबार सहमति जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दशौँ हजार मानिसको ज्यान लिइसकेको युद्धको शीघ्र अन्त्यका लागि जोड दिइरहेका बेला अमेरिकी वार्ताकारहरूले साउदी अरबको राजधानी रियादमा युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच तीन दिनसम्म छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको कार्यालय (ह्वाइट हाउस) ले जारी गरेको वक्तव्यमा भनिएको छ, “दुबै देश ‘सुरक्षित नेभिगेसन सुनिश्चित गर्न, बल प्रयोग अन्त्य गर्न र ‘व्ल्याक सी’मा सैन्य उद्देश्यका लागि व्यापारिक जहाजको प्रयोग रोक्न सहमत भएका छन्।दुबै देशमा ऊर्जा पूर्वाधारमा आक्रमणमा प्रतिबन्ध लगाउने उपायहरू पनि खोजी गर्ने सहमति भएको संयुक्त राज्य अमेरिकाले जनाएको छ ।

यसैबीच, क्रेमलिनले रूसको कृषि क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेपछि मात्र ‘ब्ल्याक सी’ मा आक्रमण रोक्ने सम्झौता लागू हुने बताएको छ ।रुस र संयुक्त राज्य अमेरिकाले गत हप्ता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको ३० दिने ग्यास (इन्धन)को पाइपलाइन, विद्युत गृह र तेल प्रशोधन केन्द्रमा लागू हुने ऊर्जा युद्धविराममा सहमति जनाएका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पको चर्को दबाबपछि कूटनीतितर्फ फर्केका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहायता र गुप्तचर आदानप्रदानमा केही समयका लागि प्रतिबन्ध लगाउनेलगायत सम्झौताले काम गर्छ कि गर्दैन भनेर अहिले नै भन्न नसकिने तर ती ‘सही कदम’ भएको बताएका छन् ।जेलेन्स्कीले किएभमा आयोजित पत्रकार सम्मेलनमा भने, “वार्तामा भविष्यमा युद्धविरामका लागि तेस्रो पक्षलाई ल्याउने विषयमा पनि छलफल भएको छ ।दुवै पक्षसँग सम्बन्ध कायम गरेको टर्कीले ‘ब्ल्याक सी’को अवस्थाको अनुगमन गर्न सक्ने र मध्यपूर्वी राष्ट्रले ऊर्जा सम्झौताको पर्यवेक्षण गर्न सक्ने उनले बताए । 

Hardik health

 कृषि क्षेत्रबारे प्रस्ताव 

सन् २०२२ मा युक्रेनमाथि आक्रमणको आदेश दिएदेखि नै पश्चिमा राष्ट्रहरूले पुटिनलाई बहिष्कृत गरेकोमा यसको अन्त्य गर्दै ट्रम्पले पदभार ग्रहण गरेपछि पुटिनसँग सीधै वार्ता गरेका  थिए । यस सहकार्यको बदलामा संयुक्त राज्य अमेरिकाले रुसप्रति चालेको पहिलो ठोस कदममा ह्वाइट हाउसले ‘रुसी कृषि र मल निर्यातका लागि ‘विश्व बजारमा पहुँच पुनस्र्थापना गर्न मद्दत गर्ने’ बताएको छ।

संयुक्त राज्य अमेरिकाले रूसी कृषिमा प्रत्यक्ष रूपमा प्रतिबन्ध लगाएको थिएन तर अन्तर्राष्ट्रिय लेनदेनको लागि प्रयोग गरिने भुक्तानी प्रणालीमा पहुँचलाई सीमित गरेको थियो।यो मुद्दा रुसका लागि एउटा प्रमुख चर्चाको विषय बन्यो। रुसले विश्वका विकासशील मुलुकहरूलाई अमेरिकी नीतिहरूले उच्च मूल्यमा योगदान पुर्याइरहेको बताएको थियो।

मस्कोले रुसी कृषि बैंक र खाद्यान्नको अन्तर्राष्ट्रिय व्यापारमा संलग्न अन्य वित्तीय संस्थाहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएपछि र सरल अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा पुनः जोडिएपछि मात्र यो सम्झौता लागू हुने बताएको छ ।जेलेन्स्कीले अमेरिकी निर्णयबारे आफूलाई पूर्ण जानकारी नभएको बताउँदै चिन्ता व्यक्त गर्नुभएको छ । 

उनले भने, “यो स्थिति कमजोर हुनु र प्रतिबन्धहरू कमजोर हुनु हा भन्ने हामी विश्वास गर्छौं ।” वार्तामा सहभागी युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले काला सागर सम्झौताका बारेमा विस्तृत अध्ययन भइरहेको बताएका छन् । उनले यदि रुसी युद्धपोतहरू ब्ल्याक सीको पूर्वी भागबाट हटेमा युक्रेनलाई आत्मरक्षाको अधिकार प्रयोग गर्ने पूर्ण अधिकार हुने बताए । युक्रेनले यसै महिनाको सुरुमा अमेरिकाले प्रस्ताव गरेको बिनाशर्त युद्धविरामका लागि सहमति जनाएको थियो, तर रुसले यसलाई अस्वीकार गरेको थियो।

 ‘नेपोलियन र हिटलर’

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले मस्को व्यापक युद्धविरामका लागि सहमत हुन नजिक पुगेको र काला सागरमा पानीजहाज लाई प्राथमिकता दिएको कुनै संकेत दिएनन् ।संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको यसअघिको सम्झौताले युक्रेनको बन्दरगाहबाट लाखौं टन खाद्यान्न र अन्य खाद्यान्न निर्यात सुरक्षित रूपमा पठाउन अनुमति दिएको थियो, तर रुसले यो आफ्नो व्यापारका लागि फाइदाजनक नभएको गुनासो गरेको थियो।

अमेरिकाले कृषि निर्यातको घोषणा गर्नुअघि लाभरोभले पश्चिमा देशहरूले ’नेपोलियन र हिटलर’ले जस्तै रुसलाई ‘नियन्त्रण’ गर्न खोजेको आरोप लगाएका थिए।जेलेन्स्कीले कुन कुन देशले आफ्नो देशमा शान्ति सैनिक पठाएर सम्भावित युद्धविराम सम्झौताको निरीक्षणका लागि सेना परिचालन गर्न सक्छन् भन्ने पेरिसमा हुन लागेको शिखर सम्मेलनबाट आफूले स्पष्ट हुने अपेक्षा गरेको बताउनुभएको छ ।

साउदी अरबमा वार्ता भइरहेको समय रुस र युक्रेन दुवैले जमिनमा आक्रमण बढाइरहेको दाबी गरेका छन् । युक्रेनले आफ्नो हवाई प्रतिरक्षा एकाइले मङ्गलबार रुसले प्रक्षेपण गरेका १३९ मध्ये ७८ वटा ड्रोन खसालेको बताएको छ ।युक्रेनको उत्तरपूर्वी सहर सुमीमा एक दिनअघि एक आवासीय क्षेत्रमा रुसी आक्रमणमा परी २३ बालबालिकासहित मृत्यु हुनेको सङ्ख्या १०१ पुगेको र एक वयस्क र एक बालकको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।रुसले महिनौँदेखि युद्धमोर्चाका केही क्षेत्रमा प्रगति गरेको छ र मङ्गलबार दक्षिणी र पूर्वी युक्रेनका थप दुई गाउँकब्जा गरेको दाबी गरेको छ ।


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
हसिना मुद्दाको विरोधमा अवामी लिगद्वारा आह्वान गरिएको ‘लकडाउन’ ले बंगलादेश ठप्प
हसिना मुद्दाको विरोधमा अवामी लिगद्वारा आह्वान गरिएको ‘लकडाउन’ ले बंगलादेश ठप्प शुक्रबार, कात्तिक २८, २०८२
युद्धविराम सम्झौता अन्तर्गत १५जना प्यालेस्टिनीको शव प्राप्त
युद्धविराम सम्झौता अन्तर्गत १५जना प्यालेस्टिनीको शव प्राप्त शुक्रबार, कात्तिक २८, २०८२
अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु
अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु शुक्रबार, कात्तिक २८, २०८२
चीनको औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशतले वृद्धि
चीनको औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशतले वृद्धि शुक्रबार, कात्तिक २८, २०८२
किएभमा रूसी आक्रमण, एकको मृत्यु, दर्जनौँ घाइते
किएभमा रूसी आक्रमण, एकको मृत्यु, दर्जनौँ घाइते शुक्रबार, कात्तिक २८, २०८२
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी शुक्रबार, कात्तिक २८, २०८२
आर्थिक अनियमिततामा संलग्न भएको आरोपमा फ्रान्सेली व्यापारीलाई १२ वर्ष जेल
आर्थिक अनियमिततामा संलग्न भएको आरोपमा फ्रान्सेली व्यापारीलाई १२ वर्ष जेल शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP