Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रथम राष्ट्रिय पानी सम्मेलनः नौबुँदे काठमाडौँ घोषणापत्र जारी
प्रथम राष्ट्रिय पानी सम्मेलनः नौबुँदे काठमाडौँ घोषणापत्र जारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ११, २०८१

काठमाडौं -   जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्व तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा प्रथम राष्ट्रिय पानी सम्मेलन सम्पन्न भएको छ । नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१ लाई सार्थक बनाउने उद्देश्यका साथ शनिबारदेखि सुरु भएको उक्त सम्मेलन नौबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आइतबार साँझ सम्पन्न भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यतामा दुई दिनसम्म चलेको सम्मेलनले तीन तहका सरकार बीचको समन्वय र सहकार्य, विकास साझेदार संस्था, सामुदायिक संस्थालगायत अन्य सरोकारवाला समेतको संलग्नतामा एकीकृत नदी वेसिन योजनाअनुसार जल सुशासन हुने गरी जलस्रोतको दिगो उपयोग, संरक्षण, व्यवस्थापन र नियमन गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्मेलनले पानीको प्रयोग तथा संरक्षणसँग सम्बन्धित नीतिगत एवं कानुनी व्यवस्थामा पानीको समुचित उपयोग तथा संरक्षण सम्बन्धमा सरोकारवाला सरकारी तथा गैरसरकारी संस्थाको सबलीकरण, संस्थागत क्षमता विकास, प्रदेश सरकार र स्थानीय तहले आफ्ना नीति तथा कानुनको तर्जुमा गर्दा तीन तहबीच कानुनी सामञ्जस्यता कायम गर्ने र सबै तहका सरकारहरुले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

Hardik health

यसैगरी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहकार्यमार्फत जलस्रोतको विकास गरी सामाजिक र आर्थिक रूपान्तरणमा टेवा पुग्ने गरी सहकार्यको नीति अवलम्बन गर्ने, प्राकृतिक विपद् व्यस्थापनका लागि पूर्वतयारी योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने, जलवायु परिवर्तनका कारणले पारेको प्रभावलाई न्यूनीकरण गर्न नवीनतम् प्रविधिको अवलम्बन एवं जलवायु उत्थानशील कार्ययोजनामार्फत पानीको समुचित उपयोग तथा संरक्षण गर्दै खानेपानी, सिँचाइ, जलविद्युत्लगायतका जलस्रोतका क्षेत्रमा दिगो संरचना विकास र सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पानी सम्मेलनले जलस्रोतको क्षेत्रमा अध्ययन तथा अनुसन्धानको विस्तार गर्नका साथै पानीको समुचित उपयोग तथा संरक्षणका लागि रैथाने ज्ञान, सीप एवं प्रविधिलाई समेत समावेश गरी उपलब्ध ज्ञान तथा तथ्याङ्कको वैज्ञानिक अभिलेखीकरण, विश्लेषण तथा प्रयोग अभिवृद्धि गर्न एकीकृत सूचना प्रणाली निर्माण एवं सुदृढीकरण गरी दीर्घकालीन एकीकृत योजना तर्जुमा गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसैगरी, जलस्रोतसँग सम्बन्धित सबै सरोकारवालाले जलस्रोतको उपयोग तथा व्यवस्थापनका लागि साझा मञ्चको विकास गरी समुदायको नेतृत्व सबलीकरण र क्षमता विकासका साथै असल अभ्यासको निरन्तरता र विस्तारका लागि काम गर्ने बताइएको छ । जलवायु  परिवर्तनबाट उत्पन्न हुने क्षति तथा नोक्सानीको परिपूर्ति गर्न हरित जलवायु कोषबाट प्राप्त हुन सक्ने स्रोत र साधनलाई जलस्रोत क्षेत्रमा उच्चतम उपयोग गर्ने सम्मेलनले प्रतिबद्धता जनाएको छ ।

नेपालको समृद्धि जलविद्युत्, कृषि, सिँचाइ, पर्यटन र खानेपानीलगायतका क्षेत्रमा जलस्रोतको प्रभावकारी उपयोग गर्दै आर्थिक रूपान्तरण, औद्योगिक विकास, रोजगारी सिर्जना गर्ने र क्षेत्रीय व्यापारलाई सक्षम बनाउने आधार तयार गरी दिगो विकासमार्फत समृद्धि हासिल गर्न पहल गर्ने बताइएको छ । यसैगरी, सरोकारवालासँगको समन्वय र सहकार्यमा जल तथा ऊर्जा आयोगले नेतृत्वदायी भूमिका निर्वाह गरी एकीकृत जलस्रोत व्यवस्थापन, बहुउपयोग, संरक्षण तथा नियमन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

वातावरणीय सन्तुलन कायम राख्न, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न, तथा जलस्रोतको उचित उपयोग र संरक्षण गर्न एवं जलस्रोतमा प्रदूषण हुन नदिन प्रतिबद्ध रहँदै आगामी वर्षमा पनि यस्ता सम्मेलनलाई निरन्तरता दिने आयोगका सचिव मधुप्रसाद भेटुवालले जानकारी दिए ।  


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP