Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जातीय विभेदविरुद्ध निर्मम बन
जातीय विभेदविरुद्ध निर्मम बन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ११, २०८१

मार्च २१ अर्थात् तीन दिनअघिमात्र नेपालले पनि अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनायो । तर प्लेकार्ड बोकेर अधिकारकर्मी यो दिवस मनाइरहँदा सिरहाको एक गाउँको परिवारको भने जातकै कारण उठीबास भएको थियो । सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा डोजर चलाएर दीपक मल्लिकको घरै भत्काइयो ।

चैत १७ देखि हुने भनिएको महायज्ञका लागि ३० वर्षदेखि बस्दै आएको दीपकको घरमा फागुन १० गते डोजर चलाइयो । गाउँपालिकाका अध्यक्ष शिवजी यादवको मिलेमतोमा आयोजक बजरंगी बाबाले घर भत्काउन लगाएका थिए । बजरंगीको साथमा शिवजी र वडा ५ का पूर्ववडाध्यक्ष दिलीप यादव पनि साथ लागेका थिए । 

संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेकोमा त्यसयता हरेक वर्ष २१ मार्चलाई विश्वभर विविध कार्यक्रम गरी जातीय विभेद उन्मूलन दिवसकोरुपमा मनाउने गरिन्छ । नेपाल पनि उक्त महासन्धिको पक्ष राष्ट्र हो । जातका आधारमा ठूलो असमानता र विभेद व्याप्त नेपालमा अहिले पनि जातीय विभेद र अत्याचारका घटना जारी रहेको औरहीको घटनाबाट प्रस्ट हुन्छ । 

Hardik health

चार वर्षअघि जाजरकोटका नवराज विकको हत्या भएको थियो भने दलितमाथि हुने हिंसा अझै घट्न सकेको छैन । जबकि, नेपालले सन् १९७१ मै उक्त महासन्धिलाई अनुमोदन गरेको थियो । नेपालले कानुन बनाएरै जातीय विभेद र छुवाछूतलाई दण्डनीय हुने व्यवस्था गरेको छ भने २०६३ सालमा पुनःस्थापित संसद्ले जातीय भेदभावमुक्त राष्ट्र घोषणासमेत गरेको थियो । वर्तमान संविधानमा जातका आधारमा हुने भेदभावलाई दण्डनीय हुने प्रावधान छ । जातीय छुवाछूत तथा भेदभाव कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । 

तर व्यवहारमा भने राज्यका निकायको जिम्मेवार पदमा रहेकै व्यक्तिहरूको संरक्षणमा दलित समुदायमाथि भेदभाव, अन्याय र अत्याचारका घटना भइरहेका छन् । औरहीमा छोइछिटो हुन्छ भनेर दलितको घर नै हटाएपछि प्रशासनले दुवै जनालाई नियन्त्रणमा लिएको छ भने सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल गृह मन्त्रालयमा तानिएका छन् । घर नै भत्काउन लगाउने आयोजक बजरंगी बाबा भने पक्राउ परेका छैनन् । जातको आधारमा जनप्रतिनिधिबाटै यस्तो घटना हुनु लज्जास्पद हो । पीडकलाई हदैसम्मको कारबाही होस् ।
 


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शान्ति सुरक्षा कायम गर
शान्ति सुरक्षा कायम गर बिहीबार, असोज ३०, २०८२
युएईको रोजगारी खुलाउन तत्काल पहल गरियोस्
युएईको रोजगारी खुलाउन तत्काल पहल गरियोस् बुधबार, असोज २९, २०८२
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गर 
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गर  मंगलबार, असोज २८, २०८२
महाधिवेशनमा जान कांग्रेसको अलमल किन ?
महाधिवेशनमा जान कांग्रेसको अलमल किन ? सोमबार, असोज २७, २०८२
राजनीतिक अस्थिरताले पर्यटनमा धक्का
राजनीतिक अस्थिरताले पर्यटनमा धक्का आइतबार, असोज २६, २०८२
सरकार, चुनावी वतावरण सिर्जना गराऔं
सरकार, चुनावी वतावरण सिर्जना गराऔं शुक्रबार, असोज २४, २०८२
राहत र पुनर्स्थापना कार्य प्रभावकारी बनाऊ
राहत र पुनर्स्थापना कार्य प्रभावकारी बनाऊ बिहीबार, असोज २३, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP