Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजावादीविरुद्ध एमाले पनि सडकमा 
राजावादीविरुद्ध एमाले पनि सडकमा 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, चैत ८, २०८१
दैलेखका दुल्लुमा जरा अभियानमा जुट्दै एमाले नेता कार्यकर्ता ।
  • माओवादी, नेकपा एस, नेकपा र नेसपापछि सत्ता नेतृत्व दल एमाले राजावादी गतिविधिको विरुद्ध आन्दोलनमा

 

  • देशभर ११ चैतमा एमाले जनप्रदर्शन, गणतन्त्रवादी शक्तिसँग कार्यगत एकतादेखि आन्दोलनमा सहकार्यसम्म
  • कांग्रेस र रास्वपाको छैन राजावादीविरोधी कार्यक्रम 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले राजावादीको बढ्दो गतिविधिविरुद्ध शक्ति प्रदर्शन गर्ने भएको छ । देशभरका सबै वडामा एमालेले शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो । 

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल समाजवादी पार्टी (नेसपा)ले राजावादीको गतिविधिलाई निस्तेज पार्नेगरी आन्दोलन घोषणा गरिसकेको पृष्ठभूमिमा एमालेले पनि प्रतिरोधी आन्दोलन घोषणा गरेको हो । 

पार्टी महासचिव शंकर पोखरेलका अनुसार यही ११ चैतमा देशभरका सबै वडामा एमालेको जनप्रदर्शन हुनेछ । हाल जारी जरा अभियानलाई नै जनपरिचालनमा रुपान्तरण गर्न निर्देशन दिइएको पोखरेलले बताए । 

Hardik health

उनले भने, ‘जरा अभियानका कार्यक्रमहरू अब परिचालनतिर केन्द्रित हुनेछ ।’प्रमुख विपक्षी माओवादीसहितका समाजवादी धाराका शक्तिहरूले राजावादीविरुद्ध काठमाडौंमा यही १५ चैतमा शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यही दिनदेखि राजावादीहरू निरन्तर आन्दोलनमा जाने भएका छन् । यस्तो अवस्थामा एमालेले भने चार दिनअघि (११ चैत)देखि नै शक्ति प्रदर्शन थाल्ने भएको हो ।

यसअघि संसद्देखि राजावादीको गतिविधिलाई एमाले सांसदहरू प्रतिवाद गर्थे । बिहीबार पनि एमाले सांसद सरस्वती सुब्बाले वर्तमान नेपालको संविधानले राजा नचिन्ने र फेरि राजा फर्केर आउने नसोच्न राजावादीहरूलाई चेतावनी दिएकी थिइन् । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको बलमा शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहले घुँडा टेकेको भन्दै २१औँ शताब्दिमा कसैले रैती बन्न नचाहेको बताइन् । यसअघि एमाले सांसदहरू रघुजी पन्त, प्रमुख सचेतक महेश बर्तौलालगायत सांसदहरूले संसददेखि प्रतिवाद गरेका थिए । 

अब भने सडकमा पनि एमाले प्रतिवादमा उत्रिने भएको हो । १८ चैतमा जिल्ला–जिल्लामा एमालेले जनप्रदर्शन गर्ने भएको छ । सोही दिन काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रूपन्देही, पर्सा र झापामा भने मोटरसाइकल ¥याली निकालिने महासचिव पोखरेलले जानकारी दिए । उनका अनुसार जनपरिचालनको तेस्रो कार्यक्रम प्रदेश स्तरीय हुनेछ । २४ देखि ३० चैतसम्म धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभा हुनेछ । राजधानी उपत्यकामा पनि सभा हुने भएको छ । तर, मिति भने टुंगो लगाएको छैन । 

यससँगै राजावादी गतिविधिको प्रतिवादमा एमालेले गणतन्त्र पक्षधरको ध्रुवीकरण–एकतालाई दोस्रो कार्यक्रमका रूपमा अगाडि सारेको छ । त्यसका लागि विपक्षीमा रहेका नेताहरूसँग संवाद गरिने भएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिए । तर, ओली–दाहाल सम्बन्ध सुदृढ छैन । यद्यपि, राजावादीको गतिविधिविरुद्ध कार्यगत एकता गर्न पनि ओली तयार रहेको भट्टराई बताउँछन् । 

‘थुप्रै मुद्दामा सत्ता पक्ष र विपक्षबीच बेमेल होलान् तर व्यवस्था जोगाउने सन्दर्भमा हामी एक ठाउँ उभिएर प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्नैपर्छ । त्यसका लागि सबै गणतन्त्रवादीहरूबीच सहकार्य आवश्यक छ, त्यसका लागि प्रचण्डसँग संवाद अघि बढाउन सम्माननीय प्रधानमन्त्रीज्यूले चाहनुभएको छ,’ उनले भने । 
उनले माओवादी, नेकपा एस, नेकपासँगै नेसपाले गर्ने गणतन्त्र रक्षार्थको प्रदर्शनलाई एमालेको सहयोग हुने बताए । विगतमा पनि तत्कालीन राजाको निरङ्कुशताविरुद्ध मिलेरै लडाइँ लडेको र अहिले पनि त्यसरी नै सडकदेखि सदनसम्मै प्रस्तुत भएर राजावादीविरुद्ध सशक्त प्रतिवाद गर्ने उनको भनाइ छ । 

यसबाहेक एमालेले बुद्धिजिवी र नागरिक समाजसँग अन्तर–संवाद गर्ने भएको छ ।राजावादीले राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापनासँगै प्रदेश खारेजीको एजेन्डा अघि सारेको छ । गत ७ फागुनमा पूर्वराजा ज्ञानेन्द्रले एक भिडियो सन्देश जारी गर्दै देश संकटमा रहेको र अब साथ दिन आग्रह गरेका थिए । त्यसपछि २५ फागुनमा काठमाडौं आउने क्रममा उनको स्वागतमा हजारौँ राजावादी सडकमा निस्किएका थिए । गणतन्त्र पक्षधरहरू पनि झस्किएका थिए ।

यहीबीच ज्ञानेन्द्रको चाहनाअनुसार पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा राजावादीहरू आन्दोलनमा जाने भएका छन् । तर, राजावादी मूल शक्ति राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समर्थ छैनन् । पूर्वपञ्च केशरबहादुर विष्टले पनि सुवेदीले पनि असहयोग गर्ने भएका छन् । यद्यपि, राजावादीहरूले आन्दोलन गर्ने भएका छन् । राजावादीको आन्दोलनविरुद्ध नै सत्तारुढ एमालेसँगै विपक्षी समाजवादी मोर्चा जाने भएका हुन् ।  

तर, कांग्रेस र रास्वपाको शंकास्पद मौनता छ । दुवै दलले राजावादीको आन्दोलनविरुद्ध कुनै प्रतिरोध कार्यक्रम सार्वजनिक गरेका छैनन् । कांग्रेसका केही सांसदहरूले राजतन्त्रको विरोध त गरेका छन् तर संस्थागत रूपमा पार्टीले राजावादीको गतिविधि उभिने निर्णयसम्म गरेको छैन । रास्वपा सांसदहरूले त विरोधसम्म गरेका छैनन् । 
 


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि शुक्रबार, मंसिर २६, २०८२
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे शुक्रबार, मंसिर २६, २०८२
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस शुक्रबार, मंसिर २६, २०८२
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने शुक्रबार, मंसिर २६, २०८२
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती  शुक्रबार, मंसिर २६, २०८२
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP