Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • मनपरि मूल्य बढाउने उद्योगीकै पक्षमा उभिए उद्योगमन्त्री
मनपरि मूल्य बढाउने उद्योगीकै पक्षमा उभिए उद्योगमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ६, २०८१

आजसम्म पाउनुभएको थियो सिमेन्ट । १२ घण्टा लोडसेडिङ हुने भए अब त्यो पनि पाउनुहुन्न । मूल्य अझ बढ्न सक्छ । डिजेलबाट चलाउन परे ६०–७० रुपैयाँ बढ्न सक्छ । हामीलाई यसरी पटक–पटक किन छलफलमा बोलाउनुभयो ? हामीले हाम्रो उद्योग चलाउनु पर्छ । हामी अब आउँदैनौं ।
ध्रुव थापा
सिमेन्ट उत्पादक

काठमाडौं– संसद्को उद्योग समितिमा उद्योगीहरुले उद्योगमा लोडसेडिङ हुन थालेको भन्दै सिमेन्टमा अझै मूल्य बढाउने चेतावनी दिएका छन् । उद्योगीले ‘कार्टेलिङ’ गरेर सिमेन्टको मूल्य बढाएको गुनासो बढेपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मंगलबार उद्योगीलाई समितिमा डाकेको थियो ।

उक्त बैठकको सुरुमै उद्योगीलाई दुःख दिने नियतले बारम्बार बोलाएको भन्दै सिमेन्ट उद्योगी ध्रुव थापाले अक्रोश पोखे । ‘हामीलाई यसरी पटक–पटक किन छलफलमा बोलाउनुभयो ? हामीले हाम्रो उद्योग चलाउनुपर्छ । हामी अब आउँदैनौं,’ थापाले असन्तुष्टि जनाए । त्यसपछि सांसदहरु पनि आक्रोशित बने । सांसद रणेन्द्र बराइलीले थापाको धम्कीपूर्ण भाषा समितिलाई मान्य नहुने चेतावनी दिए । ‘ध्रुवजीको धम्कीपूर्ण भाषा मान्य छैन । तपाईंलाई घाटामा सिमेन्ट बेच्नुस् हामीले पनि भनेको होइन । कसको आडमा हो यस्तो धम्कीपूर्ण भाषा ?,’ बराइलीले प्रश्न गरे । 

तपाईंले विद्युत् प्राधिकरणको पैसा नतिरेको भन्ने आरोप छ । यो गुनासो छ भनेर तपाईंको कुरा सुन्न बोलाइएको हो । त्यही स्थितिमा हो भने हामीले पनि उद्योगीले यति ठग्यो भन्नुपर्ने हुन्छ । आफ्ना कुरा लुकाउन लोडसेडिङ देखाउनुभएको छ । यो मान्य छैन । -सूर्यमान दोङ,सांसद

Hardik health


सांसद डोलप्रसाद अर्यालले पनि उद्योगीको बोल्ने शैली शोभनीय नभएको तर्क गरे । ‘सिमेन्ट उद्योगीको भाषा अलि भएन । तपाईंले जहाँ बोलाउनुभयो त्यहाँ आउँदिन भन्ने कुरा शोभनीय भएन,’ अर्यालले भने ।अर्का सांसद सूर्यमान दोङले उद्योगीले धम्की फिर्ता नलिए संसदीय समितिमा बसिरहन उचित नहुने बताए । ‘उद्योगीहरुले धम्की फिर्ता नलिने भए हामी यहाँ नबसौं ।

यहाँ बस्दैनौं । धम्की खानका लागि हामीले तपाईंलाई यहाँ बोलाएको होइन,’ दोङले भने ।सांसद रमा कोइराला पौडेलले बैठक कसले बोलाएको भनी प्रश्न गरिन् । ‘यो बैठक सभापतिले बोलाउनुभएको हो कि निर्माण व्यवसायीले ? सिमेन्ट उत्पादकको कुरा मान्य छैन । धम्की मान्य छैन,’ कोइरालाले भनिन् ।

मूल्य अझै बढ्ने उद्योगीको चेतावनी
उद्योगीले अवस्था यसैगरी अघि बढे मूल्य अझै बढ्ने चेतावनी दिए । ‘आजसम्म पाउनुभएको थियो सिमेन्ट । १२ घण्टा लोडसेडिङ हुने भए अब त्यो पनि पाउनुहुन्न । मूल्य अझ बढ्न सक्छ । डिजेलबाट चलाउन परे ६०–७० रुपैयाँ बढ्न सक्छ,’ सिमेन्ट उत्पादक थापाले भने ।

उद्योगी विष्णु न्यौपानेले अहिले लागत नै प्रतिबोरा ७० रुपैयाँसम्म बढेको दाबी गरे । ‘हामीले बढी विद्युत् मागेको होइन । डिमाण्ड चार्जले पनि लागत बढाइरहेको छ । सरकारले १०–१५ प्रतिशत नाफा सिमेन्टमा तोकेको हुन्छ । अधिकांश उद्योगले नोक्सान बेहोरेका छन् । बिजुलीमा २२ रुपैयाँ परेको छ युनिटको । अहिले लागत ७० रुपैयाँसम्म बढेको छ,’ न्यौपानेले भने ।

उद्योगीको उक्त दाबीको प्रतिवाद गर्दै सांसद दोङले आफ्नो कुरा लुकाउन लोडसेडिङलाई दोष दिनु आपत्तिजनक भएको बताए । विद्युत् प्राधिकरणको शुल्क नतिर्ने उल्टै समितिलाई चेतावनी दिने कुरा मान्य नहुने उनको भनाइ थियो । ‘तपाईंले विद्युत् प्राधिकरणको पैसा नतिरेको भन्ने आरोप छ । यो गुनासो छ भनेर तपाईंको कुरा सुन्न बोलाइएको हो । त्यही स्थितिमा हो भने हामीले पनि उद्योगीले यति ठग्यो भन्नुपर्ने हुन्छ,’ दोङले भने, ‘आफ्ना कुरा लुकाउन लोडसेडिङ देखाउनुभएको छ । यो मान्य छैन ।’

एमाले सांसदहरुले भने सिमेन्ट र छडको मूल्य बढ्नुमा सरकारकै साथ रहेको आरोप लगाए । एमाले सांसद अमृतादेवी अग्रहरीले यसरी आमजनतालाई ठग्ने काम गर्न नहुने सुझाव दिइन् । ‘उद्योग मन्त्रालयले दोषीको भूमिका निभाइरहेको छ कि जस्तो लाग्यो । मन्त्रालयले नभनी बढाउन सक्छ ?,’ अग्रहरीले प्रश्न गरिन् । एमालेकै सांसद लक्ष्मी महतो कोइरीले मन्त्रीकै आडमा उद्योगीले मनपरि गरेको दाबी गरे । ‘अहंकार भएका सिमेन्ट उद्योगी छन् ।

उद्योगपतिजी म पनि इँटा भट्ट चलाएर आएको हो । तपाईंलाई पाठ सिक्ने मौका आयो । मन्त्रीको आडमा तपाईंहरु यस्तो हुनुभएको हो कि । तपाईंले पहिला आफ्नो भाषा सुधार्नुस्,’ कोइरीले भने ।निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कार्टेलिङ गरेर सिमेन्टको मूल्य बढाउँदा पनि सरकारले प्रोत्साहन गरिरहेको आरोप लगाए । ‘उत्पादन कटौती गरेर मूल्य बढाइएको छ । अनावश्यक अभाव गरिएको छ,’ सिंहले भने । यसले गर्दा निर्माण व्यवसायी मारमा परेको उनको भनाइ थियो । ‘हालै स्टिल उद्योगले मूल्य प्रतिकेजी ७६ बाट ९० बनाएको छ । यसको मारमा निर्माण व्यवसायी छन्,’ उनले भने, ‘मूल्यवृद्धि अविलम्ब खारेज गरी कार्टेलिङमा सहभागी उद्योगीलाई कारबाहीका लागि निर्देशन गर्न अनुरोध गर्दछौं ।’

अहिले हामी खुलाबजारमा छौं । वस्तुको मूल्य निर्धारण व्यवसायीले गर्छ । हामीले अवलम्बन गरेको कानुनी व्यवस्थाले यही भनेको छ । यद्यपि, सरकार र व्यवसायीबीच भएको सहमतिविपरीत कसैले मूल्य लिएको भए सरकार कारबाही गर्न तयार छ । 
Damodar-Bhandari_Minister-1737609164.jpg
दामोदर भण्डारी
मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति

उद्योगमन्त्री भण्डारी उद्योगीकै पक्षमा
उद्योगमन्त्री दामोदर भण्डारीले भने उद्योगीकै पक्षमा आफू रहेको अभिव्यक्ति दिए । मन्त्री भण्डारीले उद्योगमा लोडसेडिङ जारी रहेको र यसको समाधानका लागि सरकार लागिरहेको दाबी गरे ।‘हिजो हामीले लोडसेडिङमुक्त भन्यौं तर आज पनि लोडसेडिङ छ । यो सरकारको कमजोरी हो । लोडसेडिङमुक्त गर्न सरकारले पहल गर्ने छ,’ मन्त्री भण्डारीले भने, ‘मूल्य बढेको विषय खोज्ने हो भने यसको अनेक कारण छन् । हाम्रो स्रोत साधनको बढी प्रयोग नै उचित हुन्छ ।

हेटौंडा र उदयपुर सिमेन्टले पनि बोरामा १५० रुपैयाँ घाटा खाएको छ । सरकार र व्यवसायीबीच भएको सहमतिविपरीत कसैले मूल्य लिएको भए सरकार कारबाही गर्न तयार छ । दुवै पक्षलाई मिलाएर लिनुपर्ने छ । उद्योगमन्त्री उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

खुलाबजारमा उद्योगीले नै मूल्य निर्धारण गर्ने उद्योगमन्त्रीको दाबी थियो । ‘अहिले हामी खुला बजारमा छ । वस्तुको मूल्य निर्धारण व्यवसायीले नै गर्छ । हामीले अवलम्बन गरेको कानुनी व्यवस्थाले यही भनेको छ,’ मन्त्री भण्डारीले भने । उद्योग समितिले मूल्य घटाउन उद्योगीलाई तत्काल निर्देशन दिन सुझाव दिएको थियो तर समितिका सभापति अब्दुल खानले कुनै निर्देशन दिएनन् ।
 


प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP