Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दुई गुटमा विभाजित भए राजावादी
दुई गुटमा विभाजित भए राजावादी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, चैत ६, २०८१

 

  •  नवराज सुवेदी नेतृत्वको आन्दोलनबाट अलग्गियो राप्रपा
  • आफ्नो पूर्वघोषित आन्दोलनलाई अगाडि बढाउने निर्णय 

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहसँग जीवनको उत्तराद्र्धमा तेस्रोपटक गद्दीमा आसीन हुने हुटहुटी छ । श्रीपेच फेरि लगाउने असम्भवप्रायः सपना उनमा देखिन्छ । त्यसका लागि राजावादीहरूलाई सडकमा ओराल्दै छन् । विगतमा चिसो सम्बन्ध रहेको पूर्वपञ्च नवराज सुवेदीको काँधमा आफूलाई राजाका रूपमा गद्दीसीन गराउने जिम्मा सुम्पिएका छन् । जिम्मेवारी बहन गर्न वृद्ध नेता सुवेदीले स्वीकारे । उनैले तेस्रो जनआन्दोलन घोषणा गरिसके । 

संसद्मा राजतन्त्र फर्काउने एजेण्डाधारी दल राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्रै हो । तर, शाहले लिङ्देनलाई विश्वास गरेनन् । वृद्ध नेता सुवेदीसँग भने भरोसा गरे । यसपछि लिङ्देनले पनि जनआन्दोलन परिचालन समितिमा नरहने बताए । मंगलबार पार्टीको कार्यसम्पादन समिति बैठक बसाएर उनले पूर्वघोषित आन्दोलनका कार्यक्रम गर्ने निर्णय लिए । 

निर्णयअनुसार राप्रपाले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना, प्रदेश संरचनाको खारेजीलगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा घोषणा भएका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । ‘आन्दोलन परिचालन मूल समितिको बैठकबाट आन्दोलनका आगामी कार्यक्रमहरू तय गर्ने निर्णय गरिएको छ । राप्रपाले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने र आन्दोलनको घोषणापछि पार्टीका सबै गतिविधिहरू आन्दोलन केन्द्रित गर्ने निर्णय लिएको छ,’ प्रवक्ता मोहन श्रेष्ठले मंगलबार प्रभावसँग भने ।

यो निर्णयसँगै राप्रपा सुवेदीले हाँक्ने तेस्रो जनआन्दोलनमा नहुने भएको छ । अलग्गै आन्दोलनमा जाने भएको छ । यस्तो अवस्थामा आन्दोलन त्यसै कमजोर हुने टिप्पणी हुन थालेको छ । राप्रपाका एक पदाधिकारीका अनुसार पूर्वराजा ज्ञानेन्द्रले सडक र सदनबाट राजा फर्काउने अभियानमा वर्षौंदेखि लागेको राप्रपालाई अविश्वास गर्नु राजतन्त्रप्रतिको राप्रपाको प्रतिबद्धतामै प्रश्न उठ्ने विषय हो । उनले शाहको यस्तो गतिविधिले राप्रपालाई आन्दोलनबाट टाढै राख्ने पनि बताए । ‘गणतन्त्रवादीहरूसँग लड्ने हामी, भिड्ने हामी, राजतन्त्र पुनःस्थापनाको आवाज गुञ्जयमान बनाउने हामी तर अहिले नेतृत्वचाहिँ उहाँ (नवराज सुवेदी)लाई दिनु कुन कोणबाट ठीक हुन्छ ?,’ ती नेताले बताए । 

राजा ल्याउने भन्दै राप्रपाले यसअघि गठन गरेको केन्द्रीय आन्दोलन परिचालन समिति महामन्त्री डा. धवलशमशेर जबराको नेतृत्वमा छ । समितिको नेतृत्वमा यसअघि धनगढीसहित केही स्थानमा प्रदर्शन भए । २५ फागुनमा पूर्वराजा शाह पोखराबाट काठमाडौं आउने भएपछि राप्रपाले आन्दोलन स्थगित गरेको थियो । मंगलबारको बैठकसँगै राप्रपा अलग्गै आन्दोलन गर्ने निर्णयमा पुगेको हो । 

अर्थराजनीतिक विश्लेषक हरि रोका राजावादीको आन्दोलन ढिसमिसको अवस्थामा पुगेको बताउँछन् । ‘आन्दोलन परिचालन समिति र सल्लाहकार समितिमा ज–जसलाई राखियो, धमाधम बस्दिनँ भनिरहेका छन् । यो भनेको आन्दोलन एक तरिकाले विसर्जनउन्मुख जस्तै हो,’ उनले भने । 

गत सात फागुनमा पूर्वराजा शाहले देश संकटमा रहेको भन्दै एकपटक साथ दिन देशवासीलाई आह्वान गरेका थिए । त्यसपछि राजावादीहरूको माहोल सडकमा ओर्लिनेसम्मको भयो । तर, उनले चाहेजस्तो सजिलो राजतन्त्र पुनःस्थापना गर्ने छैन । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार राजावादीहरूलाई गणतन्त्रको उदारतालाई कमजोरी नठान्न र राजतन्त्रको कलाविहीन नाटक मञ्चन नगर्न चेतावनी दिइसकेका छन् । उनले गणतन्त्र आउनुमा भिलेनकै रूपमा भए पनि ज्ञानेन्द्रको भूमिका रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले वंशगत शासन प्रणाली मानिने राजतन्त्र पुनःस्थापनाको माग हास्यास्पद रहेको टिप्पणी गरेको छ । यस्तो अवस्थामा मूल राजावादी शक्ति राप्रपा नै राजावादीहरूको आन्दोलनबाट टाढा देखिने भएको छ । पूर्वपञ्च केशरबहादुर विष्ट आन्दोलनमै नदेखिने भएका छन् । यसले आन्दोलनको गर्भमै राजावादीहरूको दुईतिर फर्काइ देखिएको छ । ज्ञानेन्द्रको राजा हुने उत्कट चाहनामा राजावादीहरूको यस्तो गतिविधिले तुषारापात हुने विश्लेषकहरुको भनाइ छ ।
 


प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP