Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #संसद
  • #विदेसिनेको संख्या
  • #दुर्घटना
  • #रेमिट्यान्समा रेकर्ड
  • #गाजा
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार
ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ५, २०८१

वासिङ्टन -  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार फोनमा कुराकानी गर्दै छन् । यो फोनवार्ता मस्कोको आक्रमणको तीन वर्षभन्दा बढी समयपछि युक्रेनमा युद्ध रोक्नका लागि सम्भावित महत्त्वपूर्ण कदम हुनसक्छ ।

दुवै पक्षले वासिङ्टन र मस्कोबीच भएका हालका वार्ताहरूबारे आशावादी धारणा व्यक्त गरेका छन् तर ३० दिने युद्धविरामको सबैभन्दा कठिन बुँदाहरू समाधान गर्न उच्चस्तरीय वार्ता मात्र सक्षम हुने कुरामा सहमत भएका छन् । युक्रेनले युद्धविरामका लागि सहमति जनाएको छ तर किएभ र युरोपेली राजधानीहरूलाई पुटिनले समय कटाइरहेको हुनसक्नेमा आशङ्का छ र ट्रम्प आफूले सम्बन्ध पुनःस्थापना गर्न चाहने नेता विरुद्ध दबाब प्रयोग गर्न इच्छुक हुनुहन्छ कि हुन्न भन्ने कुरामा सन्देह छ ।

 “हामी धेरै महत्त्वपूर्ण कुराकानी गर्न जाँदैछौँ”, ट्रम्पले सोमबार पत्रकारहरूलाई भने , “हामी एक अति महत्त्वपूर्ण चरणमा पुग्दैछौँ ।”   “अन्तिम सम्झौताका धेरै तत्वहरूमा सहमति भएको छ, तर अझै धेरै बाँकी छ”, ट्रम्पले पछि आफ्नो ट्रुथ सोशल नेटवर्कमा भने, “म राष्ट्रपति पुटिनसँगको भेटका लागि निकै उत्सुक छु ।”

पुटिनले गत हप्ता युद्धविरामको विचारसँग आफू सहमत भएको तर ट्रम्पसँग छलफल गर्न चाहेको भन्दै यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा आफूसँग ‘गम्भीर प्रश्नहरू’ रहेको चेतावनी दिएका थिए ।मस्कोले दक्षिणी र पूर्वी युक्रेनका भागहरू कब्जा गरेपछि अमेरिकी अधिकारीहरूले युक्रेनले कुनै पनि सम्झौतामा क्षेत्र छोड्नुपर्ने सम्भावना रहेको स्पष्ट पारेका छन् ।

Hardik health

ट्रम्पले आइतबार उनी र पुटिनले ‘केही सम्पत्ति विभाजन गर्ने’ बारे छलफल गर्ने बताए । यसमा जमिन र विद्युत् संयन्त्रहरू समावेश छन् : यो सम्भवतः दक्षिण युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो मस्को–नियन्त्रित जापोरिझ्झिया आणविक संयन्त्रका सन्दर्भमा भनिएको हो ।

अमेरिका–युक्रेन विभाजन 

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि युक्रेनमा अमेरिकी नीतिमा पूर्ण परिवर्तन आएको छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना पुटिनसँग कुरा गरेको घोषणा गरेर विश्वलाई चकित पारेका थिए । यसले रुसी सेनाले युक्रेनमा आक्रमण जारी राखेसम्म रुसी राष्ट्रपतिलाई अलग्याउने पश्चिमी प्रयासहरूलाई तोडेको थियो ।

त्यसयता उनले रुसी राष्ट्रपतिसँग ‘धेरै पटक’ कुरा गरेका छन्  । पुटिनका लागि उनले विगतमा बारम्बार प्रशंसा व्यक्त गरेका थिए । यद्यपि कुनै पनि वार्ताको औपचारिक रूपमा घोषणा गरिएको थिएन । ट्रम्पका विशेष दूत स्टिभ विटकफले संयुक्त युद्धविराम योजनाको विवरण प्रस्तुत गर्न गत बिहीबार मस्कोमा पुटिनसँग तीन घण्टा बैठक गरेका थिए  । उक्त योजनाले युद्धमा ३० दिनको विरामको परिकल्पना गर्दछ ।

तर वासिङ्टनको मस्कोसँगको सम्बन्ध सुधार हुँदा युक्रेनसँगको सम्बन्ध निकै जटिल बनेको छ । ट्रम्पको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फेब्रुअरी २८ मा ओभल अफिसमा विवाद भएको थियो । उक्त विवादका कारण संयुक्त राज्य अमेरिकाले किएभलाई दिने अर्बौं डलरको सैन्य सहयोग अस्थायी रूपमा निलम्बन गर्न पुग्यो । जेलेन्स्की पछि युद्धविराम योजना र संयुक्त राज्य अमेरिकालाई युक्रेनको दुर्लभ खनिज भण्डारमा प्राथमिकताको पहुँच दिने सम्झौता दुवैमा सहमत हुन बाध्य हुन् ।


प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
बङ्गलादेशद्वारा पाकिस्तानलाई माफी माग्न आग्रह
बङ्गलादेशद्वारा पाकिस्तानलाई माफी माग्न आग्रह सोमबार, भदौ ९, २०८२
भान्सद्वारा भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ
भान्सद्वारा भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ सोमबार, भदौ ९, २०८२
मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन
मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन सोमबार, भदौ ९, २०८२
जेलमा रहेका पूर्व नेतालाई पूर्व राष्ट्रपतिहरूको समर्थन
जेलमा रहेका पूर्व नेतालाई पूर्व राष्ट्रपतिहरूको समर्थन आइतबार, भदौ ८, २०८२
उत्तर कोरियाद्वारा हवाई रक्षा परीक्षण
उत्तर कोरियाद्वारा हवाई रक्षा परीक्षण आइतबार, भदौ ८, २०८२
 मोदीको कर कटौतीको वाचा
 मोदीको कर कटौतीको वाचा आइतबार, भदौ ८, २०८२
अन्टार्कटिकामा  भूकम्प
अन्टार्कटिकामा  भूकम्प शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP